
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ९ माघ । मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा क्यामरुनको दाफिन्स फुटबल टोली र मेची नेत्रालय झापाबीच खेल हुने भएको छ । यही माघ १२ देखि १९ गतेसम्म सुनसरीको इटहरीमा आयोजना हुने प्रतियोगिताको आज खेल तालिका सार्वजनिक गर्दै मदनभण्डारी स्पोर्टस् एकेडेमीले सो जानकारी दिएको हो । प्रतियोगिताअन्तर्गत १३ गते मनाङ–मस्र्याङ्दी क्लब र राष्ट्रिय जागृति क्लब, इटहरीबीच खेल हुनेछ । त्यस्तै १४ गते त्रिभुवन आर्मी क्लब र थ्रीस्टार तथा १५ गते नेपाल पुलिस क्लब र भूटान सिएफसीबीच खेल हुनेछ । खेल तालिकाअनुसार साविकको विजेता थ्री स्टारले क्वाटरफाइनलमै आर्मीसँग प्रतिस्पर्धा गर्नुपरेको छ । अघिल्लो संस्करणको उपविजेता मनाङ–मस्र्याङ्दी…
घोराही, ९ माघ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार महोत्सवमा ५ नं प्रदेशस्तरको पहिचान झल्किने कुखुरापालनजन्य वस्तुको प्रदर्शनी गरिने छ । कुखुरापालनजन्य उत्पादनका प्रशोधित वस्तुको प्रदर्शनी, बिक्री–वितरण गरिने बताइएको छ । महोत्सव यही माघ १८ गतेसम्म चल्नेछ ।
भद्रपुर, ९ माघ । भद्रपुर नगर क्षेत्रमा तीन वर्षयता निर्माण भइरहेको सडक स्तरीकरणका कामका क्रममा सदरमुकाम क्षेत्रको चन्द्रगढी खानेपानी आयोजनाको ६ करोड बढी क्षति पुगेको छ । सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा खानेपानी तथा सरसफाइ समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परेको हो । २० वर्षयता साविकको चन्द्रगढी, भद्रपुर र महेशपुर क्षेत्रका केही वडामा पिउने पानी वितरण गर्दै आइरहेको सदरमुकामको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एकल लगानीमा पाइपलाइन बनाउन नसक्ने भएपछि पानी वितरण प्रभावकारी बन्न सकिरहेको छैन । समितिको कार्यक्षेत्र भित्र समितिले विज्ञ टोली…
काठमाडौँ, ९ माघ । प्रविधिको विकाससँगै समयसापेक्ष भन्सार व्यवस्थालाई सहजीकरण गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले ६७औँ भन्सार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भन्सार सहजीकरण, वर्तमान अवस्था र चुनौती’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले खुला सिमानामा हुने चोरी पैठारीलाई व्यवस्थित गर्नुपर्ने सुझाउनुभएको हो । विभागका महानिर्देशक तोयम रायाले दक्ष जनशक्तिका साथै प्रविधिको व्यवस्थापन गरी भन्सार व्यवस्थापनमा देखिएका चुनौती समाधान गरिने र सेवाग्राहीलाई छिटोछरितो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विभागका निर्देशक मुक्तराम आचार्यले भन्सार जाँचपासमा जोखिम व्यवस्थापन गर्नका लागि भइरहेका प्रयासबारे जानकारी गराउनुभयो । महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायीलाई भन्सार छुटाउन विभिन्न प्रकारका समस्या आउने गरेकाले…
विराटनगर, ९ माघ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ प्रमुख नाराकासाथ विराट जुत्ताचप्पल व्यापार मेला–२०७५ आजदेखि यहाँ शुरु भएको छ । वेस फूटवेयर प्रालि, रोयल फूटवेयर प्रालि, रन सुज, लागीगुराँस फूटवेयर, जय श्रीको म्याजिक, हाइलाइफ र कोसेली छाला जुत्ता उद्योगका उत्पादन राखिएको मेला काठमाडाँै बाहिर पहिलोपटक यहाँ आयोजना गरिएको हो । पन्ध्रदेखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको मेलाले स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र उपभोक्ताको स्वदेशी वस्तुप्रति रुचि बढाउन मेलाले थप टेवा पु¥याउने अनुमान गरिएको छ । नेपालमा वार्षिक सात करोड जोर जुत्ताचप्पल खपतमा स्वदेशी उद्योगका उत्पादन चार करोड जोरमात्र छन । सो क्षेत्रमा कूल लगानी रु १७ अर्ब र कारोवार…
ताप्लेजुङ, ९ माघ । धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई युवालाई कारागार चलान गरिएको छ । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनिल याक्युपा लिम्बूलाई कारागार चलान गरिएको हो । दुवै जनासँग जिल्ला अदालतले जनही रु एक लाख १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेकाले उनीहरुलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उनीहरुले २०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएका थिए । दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
आधुनिक गायक गनिन्द्र भुजेलको सुमधुर आवाजमा रहेको ‘अन्तै घरबार’ बोलको गित सार्बजनिक भएको छ । शब्द तथा संगीत भद्र ओलीको रहेको यस गीतमा प्रेम जोडीको बिछोडिएक कथालाइ देखाउन खोजिएको छ । यस गीतमा गनिन्द्र भुजेलको स्वर रहेको छ । गायक भुजेलले यो भन्दा अगाडि भाग्य एल्बम बजारमा सार्बजनिक गरिसकेका छन । उक्त गीतमा एरेन्ज कमल सौरागको रहेको छ भने सम्पादन कुमार सानु पुनको रहेको छ ।
उर्लाबारी, ९ माघ । मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका बिरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरीद गरी ल्याइएका १० हजार बिरुवा वडा नं १ का उपभोक्तालाई वितरण गरिने वडाध्यक्ष नरबहादुर राईले जानकारी दिनुभयो । गाउँपालिकाको रु एक लाख ५० हजार, प्रदेश नं १ सरकारबाट रु एक लाख ५० हजार र स्थानीयवासीबाट रु तीन लाख लगानीमा रुद्राक्षको बिरुवा खरीद गरिएको…
नवराज फुयाँल काठमाण्डौ, ९ माघ । छोराछोरीको कमाईमा अबदेखि बाबुआमाको पनि हक लाग्ने भएको छ । यसअघि बाबुआमाको सम्पत्तिमा हक दाबी गर्दै आएका छोराछोरीले अबदेखि भने बाबुआमालाई पनि आफ्नो कमाईको हिस्सेदार बनाउनु पर्ने भएको हो । जेष्ठ नागरिसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट हुबहु पास भए छोराछोरीको कमाइको निश्चित रकममा बाबुआमाको हक लाग्ने छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संसदमा प्रस्तुत गर्नुभएको विधेयकमा छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने व्यवस्था राखिएको छ । मन्त्री थापाले पुष २४ गते राष्ट्रियसभामा प्रस्तुत गर्नुभएको विधेयक अहिले छलफलकै क्रममा छ । सोमबार…
काठमाडौँ, ९ माघ । उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । वर्षा रोकिएर घाम लागेमा बिहीबारबाट पूर्वनिर्धारित समयमै खेल सञ्चालन हुने उहाँको भनाइ छ । प्रतियोगितामा आज नेपाल पुलिस क्लब र मकवानपुरको थाहा नगरपालिका, पश्चिमाञ्चल भलिबल क्लब र सेब स्कुल, एपिएफ र ढोरपाटन स्पोर्ट्स क्लब, पुलिस र त्रिभुवन आर्मी क्लब, एपिएफ…