झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सान नेपालगौरादह, १९ माघ । गौरादह नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । माघ ११ गते सम्पन्न तेस्रो नगरसभाले अनुमानित चालु खर्च तर्फ ५३ लाख ७० हजार घटाएको वताउँदै शुक्रबार पत्रकार सम्मेलन गरि संसोधित बजेट विवरण सार्वजनिक गरिएको हो । नगरसभाले आ.व. २०७५÷०७६ को चालु खर्चलाई संशोधनसहित पारित गरेको छ । गत जेष्ठमा वसेको दोश्रो नगरसभाबाट पास भएको १२ करोड २६ लाख ९० हजार लाई संशोधन गरी ११ करोड ७३ लाख २० हजार बनाइएको छ । जसमध्ये पौष समान्त सम्ममा २ करोड ८४ लाख १६ हजार ३६ रुपैयाँ खर्च भएको देखिएको छ । नगरपालिकाले फजुल खर्च गरेको भन्दै चौतर्फी विरोध…

Read More

झापा, १९ माघ । बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुसाल दूतावासबाट बिदा हुनुअघि गत जनवरी १५ मा प्रधानमन्त्री शेख हसिना वाजेदसँग बिदाइ भेटका लागि ढाकास्थित गणभवन पुगे । भेटमा उनले नेपालीमूलका बंगलादेशीको उचित संरक्षणका लागि अनुरोध गरे । यही मेसोमा प्रधानमन्त्री वाजेदले रहस्य खोलिन् – ‘चिन्ता मान्नु पर्दैन, नेपालीमूलका वीरबहादुरलाई मैले क्याबिनेट मन्त्री नै बनाएकी छु ।’ प्रधानमन्त्रीको कुरा सुनेर राजदूत भुसाल छक्क परेछन् । उनले फोनमा भने, ‘बंगलादेशमा नेपालीमूलका मान्छेको बसोबास छ भन्ने थाहा थियो । तर, नेपालीमूलका मन्त्री नै छन् भनेर प्रधानमन्त्रीले भनेपछि चकित भएँ, गर्व लाग्यो ।’ नेपालीमूलका वीरबहादुर उस्वे सिंह बंगलादेशको क्याबिनेट मन्त्री छन् । गत…

Read More

काठमाडौँ, १८ माघ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनरत डा गोविन्द केसीले आज आफ्नो अनशन अन्त्य गर्नुभएको छ । अनशनस्थल त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर डा केसीले अनशन तोड्नु भएको हो । त्रिवि शिक्षण अस्पतालका सफाई कर्मचारी अमृत पूजारी र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले केसीलाई जुस खुवाई अनशन तोडाउनुभएको थियो । “चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनशन जारी राख्दा असहज अवस्था सिर्जना हुने, बिरामीले थप दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले मैले अनशन तोडेको हुँ,” डा केसीको विज्ञप्तिमा भनिएको छ । उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना…

Read More

खड्काको निधनप्रति झापा अनलाइन परिवार गहिरो दुःख व्यक्त भद्रपुर, १८ माघ । झापाको भद्रपुरबाट प्रकाशित नौलो आवाज साप्ताहिकी सम्पादक सुभद्र खड्काको आज निधन भएको छ ।खड्काको आज भद्रपुर–६ स्थित निवासमा ३ः४५ बजे निधन भएको हो । पत्रकार दीपक अधिकारकी धर्मपत्नी ३४ वर्षीया सुभद्र लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विगत केही वर्षयता उहाँ भरपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको थियो । उहाँको शनिबार बिहान ९ बजे स्थानीय मेची नदीमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।सञ्चार क्षेत्रमा कर्मशील भएर लाग्नुभएकी खड्काको निधनप्रति झापा अनलाइन परिवार गहिरो दुःख व्यक्त गर्दछ ।

Read More

सन्तोष शर्मा बनियानी, १८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को आज उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्यिक र सांस्कृतिक चेतका कारण सफल भएको छ”, उहाँले भन्नुभयो, “साहित्य क्षेत्रकै योगदानका कारण मुलुकमा लोकतान्त्रिक गणतन्त्र आएको हो ।” मुख्यमन्त्री राईले प्रगतिशील गीत, साहित्यिक रचना, उपन्यास पढेर र सुनेर आफू वामपन्थी आन्दोलनमा लागेको स्मरण गर्नुभयो । साहित्यकार तथा राजनीतिज्ञ भवानी घिमिरेको…

Read More

कृष्णराज गौतम काठमाडौँ, १८ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणले भूमि अधिकार, स्वामित्वको सुरक्षा, भूमि बजारको सुधारलगायत विषय समावेश गरी भूमि नीति तयार गरेको छ । खाद्य अधिकारको सुनिश्चितता, कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि, किसानको कृषि भूमिमा सहज पहुँच विस्तार गरी गरीबी न्यूनीकरणलाई नीतिमा प्राथमिकता दिइएको छ । भूमिसम्बन्धी विभिन्न समस्याको स्थायी समाधानका लागि भूमिसम्बन्धी नीतिलाई समायानुकूल परिमार्जन गर्न उक्त नीति मन्त्रिपरिषद्मा छलफलका क्रममा छ । वातावरण संरक्षण, जलवायु परिवर्तनका कारणबाट पर्ने असरको न्यूनीकरण, लैङ्गिक समानता, सबै नागरिकका लागि सुरक्षित र व्यवस्थित आवासको व्यवस्था, व्यवस्थित पूर्वाधारको विकासलगायत विषय नयाँ नीतिमा छन् । हाल छरिएर रहेका नीतिगत व्यवस्थासमेत एकीकृत…

Read More

नुवाकोट, १८ माघ । जिल्लाका धार्मिकस्थललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ कविलासमा वैदिक गुरुकुल स्थापना गरिने भएको छ । पञ्चकन्या गाउँपालिका–२ कविलासको ब्रह्मक्षेत्रमा वैदिक गुरुकुल तथा प्राकृतिक नियमानुसारको जीवन पद्धति पुनःस्थापनाका लागि स्वमूल्याङ्कन केन्द्र नेपाल स्थापना गर्ने योजनालाई मूर्तरुप दिन आगामी फागुन १३–२१ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको बृहत् ब्रह्मक्षेत्र विकास कार्यक्रम मूल समितिका अध्यक्ष केदारनाथ पाठकले जानकारी दिनुभयो । वैदिक सनातन धर्म संरक्षण समाज र ब्रह्मक्षेत्र विकास कोषको आयोजनामा हुने श्रीमद्भागवत धनधान्याचल विराट् ज्ञान महायज्ञबाट आर्थिक स्रोत जुटाएपछि वैदिक गुरुकुल स्थापना गरिने वैदिक सनातन धर्म संरक्षण समाजका उपाध्यक्ष महेन्द्र ढकालले बताउनुभयो । कविलास, ब्रह्मक्षेत्रमा विभिन्न ऋषिमुनिले परापूर्वकालमा तपस्या…

Read More

काठमाडौँ, १८ माघ । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बिएस राणाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको लेखक तथा कलाकार घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । करीब ३० वर्ष बेलायतमा बस्नुभएका राणाले त्यहाँ रहँदा विश्वविख्यात साहित्यका शेक्सपियरका नाटकहरुमा अभिनय गर्नुभएको थियो । राणाले विसं २०४१ देखि नेपाली चलचित्रमा पनि अभिनय शुरु गर्नु भई दर्जनाँै चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छायाँ–२, सेतो बाघ, हबल्दार, सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, दासढुङ्गा, बसन्तीगलगायतका चलचित्र…

Read More

काठमाडौँ, १८ माघ अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तानबीचको आज हुने भनिएको तेस्रो खेल लगातार वर्षा भएपछि शनिबारका लागि सारिएको छ । पकिस्तानको फैसलावादमा आज हुने तय भएको तेस्रो टि–२० खेल वर्षाका कारण शनिबारका लागि सारिएको पाकिस्तान नेत्रहीन क्रिकेट काउन्सिललाई उद्धृत गर्दै त्यहाँ रहनुभएका सञ्चारकर्मी गोविन्दराज नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार इस्लामावादको राहुलपिण्डी मैदानमा खेल हुनेछ । यही माघ १५ गते लाहोरमा भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । इस्लामावादमा आइतबार र सोमबार चौथो र पाँचाँै खेल हुनेछ । नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा…

Read More

काठमाडौँ, १८ माघ । काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल अगाडि सडक अवरोध गर्न खोज्ने १७ चिकित्सकलाई आज प्रहरीले पक्राउ गरेको छ । अनशनरत डा गोविन्द केसीको समर्थनमा प्रदर्शन गरी सडक अवरोध गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ । पक्राउ पर्नेमा डा सुमित पाण्डे, डा विशाल अग्रवाल, डा हेमन्त बाँस्तोलालगायत छन् । चिकित्सकले भने शान्तिपूर्ण ¥यालीका क्रममा चिकित्सकलाई पक्राउ गरेको दाबी गरेका छन् । अनशनरत प्राडा केसीको मागका पक्ष÷विपक्षमा आन्दोलन सञ्चालन हुन थालेपछि सर्वसाधारण बिरामीले पाउनुपर्ने आधारभूत र अनिवार्य स्वास्थ्य सेवामा विगतदेखि…

Read More