
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ माघ । झापाको भद्रपुर नगरपालिका–१ हिमाली चोकमा बिहीवार टेम्पो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । चारआली–केचना सडक खण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको मे १ ह ३५९१ नं.को टेम्पो आँफै अनियन्त्रित भई दिउँसो साढे १२ बजे दुर्घटना भएको थियो । दुर्घटनामा टेम्पोका चालक भद्रपुर नगरपालिका–६ बस्ने ५३ वर्षकी निन्दु माझी, ३ वर्षकी रैनी माझी, झापा कचनकबल गाउँपालिका–१ बस्ने ४० वर्षकी आमोदी माझी र तत्काल वतन नखुलेको ५० वर्षकी फूलमुनिया साह घाइते भएका हुन् । दुर्घटनामा घाइते सबैलाई उपचारको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टेम्पो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिए…
भद्रपुर, २४ माघ । युवा संघ नेपाल झापा ३ नम्बर क्षेत्रीय समितिले सामाजिक उत्थान तथा नागरिक दायित्व अन्तर्गत विपन्न परिवारलाई झुल वितरण गरेको छ । दक्षिणी झापाको हल्दिवारी ३ स्थित ढडुवाका १ सय २१ परिवारलाई लामखुट्टे जन्य रोगबाट बचाउन सामाजिक उत्थान तथा नागरिक दायित्व कार्यक्रम अन्र्तगत झुल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवार पहिचान गरी बाम एकताको युवा संघले प्रति परिवार एक थानका दरले झुल प्रदान गरेपछि स्थानीय विपन्न नागरिकको मुहारमा हाासो छाएको थियो । हात मुख जोर्न हम्मे हम्मे परेका बेला झुल पाउँदा हर्ष लागेको स्थानीय रत्नमाया त्रिखत्रीको भनाइ छ । युवा संघ झापा क्षेत्र…
भद्रपुर, २४ माघ । झापाको विर्तामोड स्थित भद्रपुर सडकबाट दक्षिण तर्फ चल्ने यात्रुवाहक सवारी साधनलाई ट्राफिक प्रहरीले विभेद गरेको केही बस व्यवसायीले आरोप लगाएका छन् । सहरीकरणको बढ्दो चापलाई मध्यनजर गरी केही महिना यताबाट भद्रपुर सडकमा यात्रु चढ्ने र ओहल्ने नियम लगाएपनि सवारी साधन(बस)ले घण्टौँसम्म रोकेर राख्ने गरेको उनिहरुको गुनासो छ । किचकबध वस ,मिनी वस तथा ट्याक्सी कम्पनी प्राली भद्रपुर २ बाट सञ्चालित यात्रुवाहक सवारी साधनलाइ भने ट्राफिक प्रहरीले स्टेण्ड राख्न नदिएर विभेद गरिएको उनिहरुको आरोप छ । नियम भने सवैलाइ एउटै हुनु पर्ने प्रालिका अध्यक्ष फागू सुब्बाले बताए । ‘अन्य वसलाइ घण्टौँसम्म वसिरहदा पनि केही नगर्ने तर, किचकबध…
काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालय संस्कृति केन्द्रीय विभाग र कुलचन्द्र गौतम स्मृति संस्थाबीच बहुउद्देश्यीय भवन निर्माण गरी संस्कृत, साहित्य, वेद, योगलगायत विधामा अध्ययन÷अनुसन्धान गर्ने सहमति भएको छ । त्रिविका उपकुलपति प्राडा तीर्थराज खनियाँले सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा अनुसन्धान केन्द्र खोल्ने प्रयत्न पवित्र काम भएको बताउँदै विद्वानहरुको नाममा स्थापित सङ्घसंस्थाले विश्वविद्यालयका केन्द्रीय विभागसँग सहकार्य गर्दा प्राज्ञिक गतिविधि बढ्ने बताउनुभयो । स्मृति संस्थाका अध्यक्ष डा प्रसन्नचन्द्र गौतमले संस्कृत र नेपाली साहित्यका विद्वान कुलचन्द्र गौतमको नाममा त्रिभुवन विश्वविद्यालयमा प्राज्ञिक अध्ययन एवं अनुसन्धान हुनु मुलुककै लागि गर्वको विषय रहेको बताउनुभयो । उहाँले विभागको नाममा चार हजार वर्गफिटको भवन निर्माण गरी प्राज्ञिक एवं अनुसन्धानका कार्य…
काठमाडौँ, २४ माघ । प्रेस काउन्सिल नेपालले प्रदेश नं ३ अन्तर्गत ‘क’ नम्बरमा वर्गिकरणमा परेका विभिन्न पत्रपत्रिकाको अनुगमन गर्ने भएको छ । काउन्सिलले प्रदेश नम्बर ३ का काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक १० जिल्लाका पत्रपत्रिकाको अनुगमन गर्न लागेको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । “यो अनुगमन प्रेस काउन्सिलले गर्ने स्वअनुगमन हो, आचारसंहिता अनुगमन छापा शाखा आफैँले जिम्मेवारीबोधले ओतप्रोत भई यस्तो अभियान गर्न लागेको हो”, उहाँले भन्नुभयो । सूचना प्र्रविधि÷अभिलेख÷आचारसंहिता अनुगमन (विद्युतीय) र आचारसंहिता अनुगमन (छापा) शाखाका संयोजकसमेत रहनुभएका खनालले यसका लागि निश्चित मापदण्ड बनाइएको बताउनुभयो । उहाँका अनुसार यसका लागि अनुगमनको क्षेत्र, अनुगमन गर्ने मिडिया, अनुगमनको…
पशुपतिनगर, २४ माघ । इलाम चुलाचुली गाउँपालिका–२ स्थित चाजु खोलामा निर्माण भएको पुल भत्किँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन् । विसं २०७३ वैशाखबाट निर्माण शुरु भएको पुल २०७४ जेठमा सम्पन्न भएको थियो । पुल निर्माण भएको तीन महीनामा पूरै भत्किएपछि जनताले समस्या भोग्न बाध्य भएको गाउँपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा खोलामा पानी नभए पनि वर्षात् लाग्न थालेपछि जनताले समस्या भोग्नुपर्ने भएकाले पुनः पक्की पुल निर्माणका लागि पहल गरिरहेका छौँ । ” चुलाचुलीमा सानाठूला करीब एक दर्जन खोला भए पनि चाजु खोला गाउँपालिकाको केन्द्र जाने बाटोमा पर्ने भएकाले त्यहाँ पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको…
काठमाडौँ, २४ माघ । लेलेस्थित आनन्दवन अस्पतालमा आठ हजार कुष्ठरोगीले उपचार गराएका छन् । गत वर्ष अस्पतालको बहिरङ्ग विभाग ९ओपिडी० मा सात हजार ८०५ र भर्ना भएका ७९१ बिरामीको उपचार भएको अस्पतालले जनाएको छ । रोग लागेपछि अस्पतालमा जचाउनुपर्छ भन्ने भावना बढ्दा अस्पतालमा आउने बिरामी सङ्ख्या बढिरहेको अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताउनुभयो । पहिले कुष्ठरोग लागेपछि धामीझाँक्री कहाँ जाने वा रोग लुकाएर बस्ने गरेका थिए तर जनचेतना वृद्धिसँगै कुष्ठरोगका बिरामी अहिले उपचारका लागि अस्पताल आउने गरेका छन् । उहाँले भन्नुभयो, “कुष्ठरोगप्रति रहेको गलत धारणा कम हुँदै जाँदा उपचारका लागि अस्पताल आइपुग्ने विरामीको सङ्ख्या बढ्दो छ ।” नेपाल कुष्ठरोग निवारण…
नायक रणवीर सिंह अहिले करिअरको सुखद मोडमा छन् । उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा धमाल मच्चाएपछि उनी अहिले हर्षित छन् । रणवीर आफ्नो फरक खालको पहिरन र फ्यानमाझ गर्ने विभिन्न खालका गतिविधीले पनि चर्चामा रहेका हुन्छन् । उनै रणवीर आफ्नो नयाँ चलचित्र ‘गली ब्वाई’को प्रमोशनका क्रममा छन् । तर, यो चलचित्रको प्रमोशनको क्रममा उनले गरेको एउटा क्रियाकलापले उनको चर्को आलोचना भएको छ । साउथ मुम्बइमा आयोजित चलचित्रको गीत सार्वजनिक कार्यक्रममा रणवीर फ्यानको भीडमा जम्प गरेका थिए । उनको यो शैलीलाई फ्यानहरुले केटाकेटी शैली भनेर टिप्पणी गरेका छन् । यता, मुम्बइमा आयोजित लाक्मे फेसन विकमा पनि उनी फ्यानमाझ जम्प गरेका…
भद्रपुर, २४ माघ । नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा लेखनाथ निरौला चयन हुनुभएको छ । आगामी दुईवर्षे कार्यकालका लागि यही माघ २६ गतेलाई तय गरिएको निर्वाचन अगावै सहमति भएपछि निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो । झापाका प्रगतिशील कानून व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनबीच भएको सहमतिबमोजिम चन्द्रगढीमा बुधबार सम्पन्न भेलाबाट प्रगतिशील कानून व्यवसायी एशोसिएशनबाट निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो । प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनले उपाध्यक्ष, सचिव, सहसचिव र चार जना सदस्य पाएको छ । सहमतिअनुसार बारको उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भीम बराल, सहसचिवमा शान्ता पाठक र कोषाध्यक्षमा अर्जुनकुमार बस्नेतलाई निर्विरोध निर्वाचित गरिएको झापा बारले जनाएको छ ।…
काठमाडौं, २४ माघ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात सुरु भएको छ। जम्मुकाश्मिरहुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षाका साथै हिमपात हुने सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिए। ‘अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ। यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले भने, ‘यो अवस्था…