
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २२ माघ । झापाको बिर्तामोडमा रहेको मनकामना कलेजको २०औं वार्षिकोत्सव समारोहमा त्यहाँ सेवारत दर्जन हाराहारी प्राध्यापक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान गरिएको छ । आज क्याम्पस परिसरमा आयोजना गरिएको वार्षिकोत्सव समारोहमा अंग्रेजी विषयका उपप्राध्यापक हेमकुमार उप्रेती र पत्रकारिता तथा आमसञ्चार विषयका उपप्राध्यापक गोपाल काफ्लेलाई दीर्घसेवा सम्मान गरियो । यस्तै, जनसंख्या शास्त्रका उपप्राध्यापक डिल्लीराम अधिकारी र लेखाशास्त्रका अर्जुन न्यौपानेले पनि दीर्घसेवा सम्मान पाएका हुन् । स्नातक तह चौथो वर्षका उमेश बरालको अध्यक्षता तथा बिर्तामोड नगरपालिका शिक्षा शाखाका प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यमा वार्षिकोत्सव समारोह गरिएको थियो । औपचारिक सत्र कार्यक्रमको सञ्चालन बी ए तेस्रो वर्षका गोकुल पौडेलले गरेका थिए भने स्नातक…
विराटनगर, २२ माघ । प्रतिबन्धित लागूऔषध सहित प्रहरीले मंगलवार झापा, मोरङ र सुनसरी जिल्लाबाट लागूऔषध सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन सहित सुनसरीको धरान उप–महानगरपालिका–६ पानबारी स्थित स्कुल डाँडाबाट ३ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा को १ प ९९३६ र को २५ प ९५०९ नम्बरको मोटरसाईकलमा सवार सोही स्थान बस्ने २९ बर्षका निराजन मगरको साथबाट ८ सय २० मिलि ग्राम लागूऔषध खैरो हेरोईन फेला पारी बरामद गरेको हो । मगरसँगै मोटरसाईकलमा सवार सोही स्थान बस्ने २९ बर्षका शुसन मगर र धरान–१५ बिशाल चौक बस्ने २४…
इलाम, २२ माघ । इलामको चुलाचुली गाउँपालिका–६ तोरीबारी भन्ने स्थानमा मंगलवार पिकअप दुर्घटना हुँदा चालक सहित ५ जना घाइते भएका छन् । दमकबाट पाँचथरको कन्याटार जाँदै गरेको मे १ ज १६२० नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा आज दिउँसो १ बजे अचानक ब्रेकफेल भई दुर्घटना भएको थियो । दुर्घटनामा परि पिकअपका चालक ईलाम चुलाचुली गाउँपालिका–६ बस्ने ३६ बर्षका नबिन श्रेष्ठसहित पिकअपमा सवार पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने ६५ बर्षका बिष्णु राई, सोही गाउँपालिका–६ कन्याटार बस्ने ५३ बर्षकी भीम कुमारी राई, ५७ बर्षकी शान्ता कुमारी राई र मोरङको मिक्लाजुङ गाउँपालिका–३ बस्ने ८० बर्षका डिकमान राई घाइते भएका हुन् । घाइते मध्ये चालकको…
काठमाडौँ, २२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पु¥याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । “कम्पनी ९टेलिकम० लाई जनताले माया र विश्वास गरेका छन् तर सम्पूर्ण क्षमताको प्रयास चाहिँ अलमल र जिम्मेबारीबाट पन्छिएको जस्तो भएको छ, टेलिकम ‘नम्बर वान’ थियो छ, हुनुपर्छ र चुनौतीविहीन नम्बर वान हुनुपर्छ, एउटा केही विषय आउनासाथ तर्सिने होइन काम द्रुत गतिमा अघि बढाउने हो, को आयो को गयो मतलब हँुदैन,…
रत्ननगर, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनुभएको छ । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भन्नुभयो । “शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्छ ।” राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो । उहाँले गुणस्तरीय, व्यावसायिक र प्राविधिक शिक्षाका लागि विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । राज्यले…
झापा, २२ माघ । गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् । उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय म्यूजिक भिडियोमा छाइरहेकी मोडल हुन् । उनलाई गीतमा मोडल नवीन श्रेष्ठले साथ दिएका छन् । गायिका निशुको शव्द, संगीत र स्वरमा रहेको ‘आइ लभ यू’ बोलको गीतको निर्देशन नवीन के. तिम्सिनाले गरेका हुन् । गायिका निशु ढकालले विशेष अवसर, चाड र पर्वका गीतहरु…
सागर गौतम खुदुनाबारी, २२ माघ । अर्जुनधारा नगरपालिकासँगको सम्झौता पछि वडा–१ कार्यालयमा लगाएको तालाबन्दी नेपाल कम्युनिष्ट पार्टीले खुलेको छ । नगर प्रमुख हरि कुमार रानाको अध्यक्षतामा सम्पन्न छलफलमा प्रदेश सासदद्धय बृख प्रधान, एकराज कार्की, जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेल, बृद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल लगायतको सम्मिलित टोली र विरीङ्ग नदी सरोकारवालाहरुसँग भएको सर्वपक्षीय, सर्वदलीय वार्तामा विरीङ्ग नदी प्रणालीको नदीजन्य सामाग्रीको उत्खननको विषय सहित ७ बुँदे सहमति भएपछि तालबन्दी खोल्न सहमत भएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले माघ १० गते नदीजन्य सामाग्री जथाभावी उत्खनन भएको भन्दै वडा कार्यालयमा बन्द गरेका थिए । सहमति पत्रमा विरिङ्ग खोलाले वर्षेनी गर्दै आएको…
काठमाडौँ, २२ माघ । प्रहरीले नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरसहित सातलाई पक्राउ गरेको छ । पोखरामा गाडी चलाएको विरोधमा पक्राउ परेका नेविसङ्घका नेतालाई रिहाइ गर्न माग गर्दै आज काठमाडौँमा प्रदर्शन गर्दा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेविसङ्घका उपाध्यक्ष नवीन राई, नेविसङ्घ नेता डम्बर सुनार, सञ्जीव ढकाल, सञ्जिव खड्का, सागर पाण्डे र शङ्कर खड्का रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होवीन्द्र बोगटीले विद्यार्थीले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकालाई पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।
काठमाडौँ, २२ माघ ।सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सोमबार सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी सोको कार्यान्वयन गर्ने विषयबाहेक राष्ट्रिय मिडियाका श्रमजीवी कामदार कर्मचारी र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको समेत न्यूनतम पारिश्रमिक निर्धारण गरी कार्यान्वयन गर्ने सम्बन्धी काम कारवाही प्रचलित कानूनी व्यवस्थाको सन्दर्भमा विचारणीय देखिएको छ ।’ इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले प्रधानमन्त्री तथा…
काठमाडौँ, २२ माघ । प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् । विषादी खेतबारीमा किटाणु मार्न प्रयोग गरिने विष हो । सरकारले सन् २००१ मा क्लोरोडेन, डिडीटी, डाइएल्ड्रिन, इण्ड्रिन अल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, बीएचसी, लिन्डेन, फस्फामिडन, अर्गानो मर्करी कम्पाउण्ड, सन् २००७ मा मिथाइल पाराथियन, मोनोक्रोटोफस र सन् २०१४ मा इण्डोसलफान र फोरेट लगायतका २१ थरी विषलाई राजपत्रमा प्रकाशित गरी प्रतिबन्धित विषादीमा सूचीकृत गरेको थियो । ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ मा उल्लेख गरिएको उक्त विषयमाथि कृषि सहकारी तथा प्राकृतिक स्रोत…