
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १८ माघ । नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एउटा वक्तव्य दिए। दाहालको वक्तव्यमा अमेरिकाको कडा निन्दा गरिएको थियो। भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको र सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको भन्दै आलोचना गरिएको थियो। यसअघि क्रिमिया, कतार, माल्दिभ्स, आदिका राजनीतिक संकटबारे नेपाल र यहाँका नेताले मुखै खोलेका थिएनन्। तर एकाएक भेनेजुएलाबारे दाहाल बोलेपछि राजनीतिक र कूटनीतिक वृत्तमा तरंग गएको छ। दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले दिएको वक्तव्य सरकारकै पनि ‘करिब’…
काठमाडौं, १८ माघ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोविन्द केसीले आमरण अनशन थालेको बिहीबार २३ दिन पुगेको छ । सरकारले पन्ध्रौँ अनशनका क्रममा आफूसँग गरेको सम्झौता उल्लघंन गरेको भन्दै डा। केसीले गत पुस २५ गतेदेखि सोह्रौँ अनशन सुरु गरेका हुन् । डा। केसीसँग सहमति विपरीत प्रतिनिधिसभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको छ । डा। केसीको स्वास्थ्य अवस्था उच्च जोखिममा पुग्दासमेत उनको जीवन रक्षाका लागि सरकारले चासो देखाएको छैन । सरकारले अनशनको २३ औँ दिन नाघ्दा पनि डा। केसीसँग वार्ता गर्न वार्ताटोली गठन गरेर मानवीय संवेदना देखाउन सकेको छैन । डा। केसीसँग सरकारले वार्ताटोली गठन गरेर औपचारिक…
काठमाडौं, १८ माघ । सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस(सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न सम्झौता गरेको हो । फाउन्डेसन र उक्त महानगरबीच रङ्गशाला बनाउन सम्झौता भएपछि विवाद भएको हो । आजको नेपाल समाचार पत्रमा खबर छ ।
काठमाडौँ, १८ माघ । कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् । यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब एक सय कन्टेनर कोलकातामा बन्दरगाहमा अलपत्र परेका छन्…
काठमाडौं, १८ माघ । युरोपेली वायुको प्रभावका कारण पुनः देशैभरिको मौसम प्रभावित भएको छ । बुधबार नेपाल भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले हल्का वर्षा र हिमपात दोहोरिएपछि फेरि चिसो बढेको छ । आज शुक्रबार र भोलि शनिबार पनि यस्तै प्रभाव यथावत् रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । शुक्रबार काठमाडौंको मौसम केही खुला भए पनि पूर्ण रुपमा नखुल्ने रु अन्यत्रको मौसम पनि दिनभर जसो प्रभावित रहने महाशाखाका मौसमविद् वरुण पौडेलले बनाउनु भयो । अहिलेको मौसमी प्रणाली गत साताको जस्तो प्रभावकारी र निरन्तर झरी गराउने प्रकृतिको नभए पनि मौसम भने प्रभावित बन्ने उहाँले जानकारी दिनुभयो । आजको नेपाल समाचार पत्रमा…
चन्द्रकला भण्डारी भद्रपुर, १७ माघ (रासस) । बहुप्रतिक्षित मेची पुलको उद्घाटनपछि छैसठ्ठी वर्षदेखिको सपना पूरा भएको भन्दै भद्रपुरका राजनीतिज्ञ, उद्योगी, व्यवसायी र सर्वसाधारण हर्षित भएका छन् । प्रधानमन्त्री केपी ओलीले आज साँझ भद्रपुर–५ मा भारतको गलगलियासँग सीमा जोडिएको मेची पुलको उद्घाटन गर्नुभएको हो । धेरैपल्ट शिलान्यास भएको पुलका रुपमा पनि मेची पुल चर्चित छ । पञ्चायती कालमा यो पुलको निर्माणका लागि जनस्तरमा सङ्कलन गरिएको चन्दा रकम हिनामिना भएको विषयमा आन्दोलनसमेत भएको थियो । विसं २००९ मा भद्रपुरका सुरजमल अग्रवालको अध्यक्षतामा मेची पुल निर्माणका लागि पहिलोपल्ट समिति गठन भएको इतिहास पाइएको छ । प्रधानमन्त्री केपी ओलीले आज साँझ पुलको पश्चिमी मुखमा…
दमक, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिक्षा अब विश्व बजारमा बिक्न सक्ने मापदण्डको हुने बताउनुभएको छ । उहाँले अबको शिक्षा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन खाँचो रहेको र त्यस लक्ष्य प्राप्तिका लागि सरकार क्रियाशील रहेको बताउनुभयो । झापाको कमल गाउँपालिका–३ केर्खास्थित शहीद धर्मभक्त माविको स्वर्णमहोत्सव समापन समारोहलाई आज सम्बोधन गर्दै प्रम ओलीले शैक्षिक सुधार र विकासका लागि सरकार प्रयत्नशील भएको बताउनुभयो । देशको शिक्षा व्यावहारिक हुन नसकेको चर्चा गर्दै उहाँले अब शिक्षालाई व्यावहारिक तथा रोजगारीमूलक शिक्षाका रुपमा विकास गर्न सरकारले काम गर्नेछ भन्नुभयो । उहाँले भन्नुभयो, “देशको शैक्षिक समस्या सुधार गरेर शिक्षाको गुणस्तर अभिवृद्धिसँगै विश्वबजारसँग प्रतिस्पर्धा…
बनियानी, १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले पूर्वपश्चिम रेलमार्ग सञ्चालन गर्ने सङ्कल्प गरेको छ, मेचीदेखि महाकालीसम्म रेल दौडाएरै छाड्छौँ ।” रेल र पानी जहाजका कुरा हावा नभएको बताउँदै प्रधानमन्त्री ओलीले जनताका सपना पूरा गर्न सरकार अठोटका साथ लागिपरेको बताउनुभयो । सरकारले नेपाल र भारतसँगको नजीकको बन्दरगाहबाट पानी जहाज सञ्चालन गर्न लागेको बताउँदै उहाँले कोशी नदीमा पनि पानी जहाज सञ्चालनका लागि अध्ययन भइरहेको जानकारी दिनुभयो । मेचीपुलको उद्घाटनसँगै लामो समयदेखि भद्रपुरवासीको सपनाका पूरा भएको उहाँले उल्लेख…
ललितपुर, १७ माघ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्कले) जडान गरेको प्रविधि ‘किसान कल सेन्टर’मा यही माघ १४ गतेसम्म २५३ फोन आएको छ । किसानलाई विभिन्न सेवा तथा सुविधा पु¥याउने उद्देश्यका साथ नार्कले गत वर्षको चैतदेखि यो प्रविधि सञ्चालनमा ल्याएको हो । गत वर्षको चैतदेखि असार मसान्तसम्म ५७ कल आए, त्यसमा २२ वटा सम्बोधन भएँ, बाँकी ३५ वटा कल सम्बोधन हुन नसकेको नार्कका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिनुभयो । “एउटै किसानले लामो समयसम्म प्रश्न गर्ने भएकाले उक्त ३५ वटा कल सम्बोधन गर्न असफल भयौँ”, उप्रेतीले भन्नुभयो, “चालु आर्थिक वर्षको अहिलेसम्ममा १८३ कल आएका छन्, नार्कले…
वालिङ, १७ माघ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । नेकपा अध्यक्ष दाहालले भन्नुभयो, “देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरु लगानीका लागि नेपालमा आउँदैनन् ।” नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै नेकपा उहाँले जटिल ऐननियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको बताउनुभयो । भूमि व्यवस्था,…