
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
धरान, १७ माघ । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका छन् । उनीहरुको चार वटा मोबाइल, एक वटा चाँदीको औँठी एउटा बाला र नगद रु चार हजार ९०० लुटिएको विर्तामोड घर भएका बिमारीका आफन्त अमृतेश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले श्रीमती सम्झना ठाकुरको पित्तथैलीको शल्यक्रिया गरी युनिट १ सर्जरी वार्डमा राखेका थिए । राति चार्ज गरिरहेको बेला उनको मोबाइल हराएको थियो । यस्तै धरानका सनम राईको दुई वटा मोबाइल, ताप्लेजुङकी सीता इजमको दुई वटा औँठी, चुरा,…
चितवन, १७ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महिला विभागले आज जिल्लाको पटिहानीमा आयोजना गरेको पत्रकार महिलाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले आरक्षण प्राप्त गर्नेतर्फ ध्यान केन्द्रित नगरी महिलाले आफूलाई योग्य सावित गर्नेतर्फ केन्द्रित गर्नुपर्ने बताउनुभयो । दाहालले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिनुभयो । उहाँले पत्रकार महिलालाई इङ्गीत गर्दै भन्नुभयो, “तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।” इतिहासको महत्वपूर्ण…
धनकुटा, १७ माघ । १ नं. प्रदेश अन्तर्गत धनकुटा र मोरङ जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा ३ जना घाइते भएका छन् । धनकुटा–६ बसपार्कमा बिहीवार बिहान बसको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् । बिहान सवा ९ बजे झापाबाट यात्रु लिएर संखुवासभा जाँदै गरेको को १ ख ३८६५ नम्बरको बसले बिपरित दिशाबाट आउँदै गरेको बा ६१ प १५८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकलमा सवार मोरङ केराबारी गाउँपालिका–८ का वर्षीय गणेश भण्डारी, पछाडी सवार रहेका सवार उनको भाइ ४४ वर्षीय बलबहादुर भण्डारी घाइते भएका हुन् । घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाइएकोमा थप उपचारको…
भद्रपुर, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबीन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल सहभागी हुनुहुन्छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई विमानस्थलमा स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले आजै अपराह्न नेपालको पुरानो शहर भद्रपुरलाई भारतको सीमावर्ती बजार गलगलियासँग जोड्ने बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका अध्यक्ष…
उर्लाबारी, १७ माघ । मोरङको उर्लावारी नगरपालिका–५ उर्लावारी चोकमा मोटरसाईकलको ठक्करबाट १ जना प्रहरी घाइते भएका छन् । बिहान पौने ९ बजे पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को २० प ६६३२ नम्बरको मोटरसाईकल बिना हेल्मेट आउँदै गरेको अवस्थामा उक्त मोटरसाईकललाई रोक्ने क्रममा डिउटीमा रहेका ट्राफिक प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका श्रेष्ठलाई उपचारको लागि अरनिको हस्पिटल उर्लाबारी पठाईएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । मोटरसाईकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ, १७ माघ । जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज युएईको शारजहाँ गएको छ । यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण विष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिञ्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा गजेन्द्र साउद र विनोद शाक्य गुभाजु, व्यवस्थापकमा सिर्जना ढुङ्गाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हीरादेवी राई हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वमन्त्री लेखराज भट्टले बुधबार बिदाइ गर्नुभएको थियो । वादोरियो टोली भारत जाने…
झापा, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली विहीबार दिनभर झापाका बिभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । काठमाडौँबाट विहान हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल ओर्लने तयारीमा रहेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुन झापा आउन लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षा सतर्कता बढाइएको प्रहरीले बताएको छ । प्रधानमन्त्री ओली बिभिन्न कार्यक्रममा सहभागी हुने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्र तीन दिन अघि देखिनै परिचालित छन् । बाल महोत्सव दमकः दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने छन् । जसको लागि विहान साढे ११ बजे…
भद्रपुर, १७ माघ । भद्रपुर जेसीजको ४३ औं पद हस्तान्तरण सम्पन्न भएको छ । नेपाल जेसीजका अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यमा सन् २०१८ का अध्यक्ष सोम ढुंगेलले सन् २०१९ का अध्यक्ष अनुज खतिवडालाई जेसीज चेन पहिरिएर पद हस्तान्तरण गरेका हुन् । पुष २९ गते सम्पन्न जेसीजको ४३ औं साधारणसभाबाट एक वर्षीय कार्यकालका लागि अध्यक्ष पदमा खतिवडा निर्विरोध चयन भएका थिए भने कार्यकारी उपाध्यक्षमा गगनलाल राजभण्डारी र सविता कोइराला निर्विरोध भएका छन् भने उपाध्यक्षहरुमा क्रमश मनोज भट्टराई, उत्सव कोइराला, मनोज तिम्सिना र रमेश कार्की चयन भएका थिए । सन् २०१८ का अध्यक्ष सोमप्रसाद ढुंगेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय देवीमाया पोखरेल स्मृति…
भद्रपुर, १७ माघ । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखा तथा रोटरी क्लब अफ भद्रपुरको आयोजनामा एकदिने हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरादह स्वास्थ्य चौकीमा सम्पन्न स्वस्थ्य शिविरमा ४१३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । अर्थोपेडिक अस्पताका मेडिकल डाइरेक्टर डाक्टर युवराज खरेलको प्रत्यक्ष संलग्न रहेको शिविरमा डा. समीर कार्की, डा.अनिस ज्ञवाली तथा फार्मेसिष्ट क्षितिज गडतौलाको प्राविधिक टिमले स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको थियो । झापा जिल्लाका विभिन्न क्षत्रेमा रहेका हाडजोर्नी तथा नशा सम्बन्धी बिरामीलाई उनीहरुको…
झापा, १७ माघ । बुद्ध एयरले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा बुधबार रात्रिकालीन परीक्षण उडान गरेको छ । कम्पनीले थप एक खुड्किला पार गर्दै चन्द्रगढी विमानस्थलमा रात्रिकालीन परीक्षण उडान सफल भएको आज एक विज्ञप्तिमार्फत जनाएको हो । हाल उक्त विमानस्थलमा नियमित दुई उडान भर्दै आएको बुद्धले आगामी १० फेब्रुअरीदेखि रात्रिकालीन उडानसँगै दैनिक तीन उडान सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अनुसार आरएनएभी ९एरिया नेभिगेसन० प्रविधिको सहायताले ‘लो भिजिबिलिटी’ र हाल जडान गरिएको रनवे लाइटले अब रातिको समयमा पनि सुरक्षित तरिकाले उडान सञ्चालन गर्न सकिनेछ । यो प्रविधि संसारभरी प्रचलित र सुरक्षित मानिन्छ । यसअघि ‘लो भिजिबिलिटी’ र सूर्यास्तपश्चात उडान रद्द गर्नुपथ्र्यो…