झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २२ माघ । विद्यालय स्थापनाको सातौं वार्षिकोत्सवको अवसर पारेर नवोनित एकेडेमी अर्जुनधाराले पत्रकारसहित दुईजनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार रेजिना गौतम र शारीरिक सुगठन खेलाडी रामबहादुर दाहाल रहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमा शिवाकोटीको अध्यक्षता तथा प्याब्सन इकाई समिति अर्जुनधाराका अध्यक्ष रुद्र सिटौलाको प्रमुख आतिथ्यतामा सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि, अध्यक्ष, संस्थापकद्वय विश्वनाथ बास्तोला र मिना बास्तोलाले सम्मान पत्र र अविरले सम्मान गरेका थिए । पत्रकार गौतम जनआन्दोलन साप्ताहिककी कार्यकारी सम्पादक तथा कञ्चनजंघा एफएमकी संवाददाता हुन् । कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाले नृत्यसहित आफूभित्र रहेका अन्तरनिहित क्षमता प्रस्फुटन गर्दै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै…

Read More

भद्रपुर, २२ माघ । चर्को नारावाजीका साथ सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले झापाको सदरमुकाममा विरोध प्रर्दशन गरेको छ । सरकारविरुद्ध झापा जिल्लामा सडक आन्दोलनमा उत्रेको झापा कांग्रेसले लोकतान्त्रिक आचरण विपरीत सरकार चलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागसहित जिल्ला प्रशासन कार्यालय झापा अगाडि प्रर्दशन गरेको हो । कांग्रेस झापाले ‘केपीको पाराले, दुःख पाए साराले’ भन्दै महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ओली सरकारले सत्तामा बसिरहनुको औचित्य नभएकाले तत्काल राजीनामा दिनु पर्ने माग गरेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको समेत माग गरिएको थियो । त्यसैगरी निर्मला पन्तको हत्यारा जोगाएको, स्वास्थ्य शिक्षा विधेक तोडमोड गरी माफियातन्त्रको…

Read More

काठमाडौँ, २२ माघ । करिब दुई सातादेखि सिमरा बस्दै आउनुभएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिनुभएको छ । पूर्वराजाले सोमबार बेलुकासम्म २ सय ५० जनाभन्दा बढीसँग भेट गर्नुभएको छ । नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्यतराई र पूर्वी तराईको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले तराईका राजावादीलगायत विभिन्न व्यक्तिसँग भेट गर्नुभएको छ । भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आग्रह गरेका थिए । सिमरास्थित प्रभु शमशेरको निवासमा बस्दै आउनुभएका ज्ञानेन्द्रले हिजो सोमबार सिमरास्थित राममन्दिरमा पूजाअर्चना गर्नुभएको थियो । केही दिन सिमरा बसाइपछि उहाँ सपरिवार झापा जाने कार्यक्रम रहेको छ । पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना र केही आफन्तसँग सिमरा बस्दै आउनुभएका ज्ञानेन्द्र करिब…

Read More

काठमाडौं, २२ माघ । सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएको थियो । त्यसअघि कर्णली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएको थिए । सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु…

Read More

काठमाडौं, २२ माघ । अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै अंकुश लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ। संसद्बाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेपछि यो विधेयकले विज्ञापन व्यवसाय र सञ्चार जगत्लाई मात्र प्रहार गर्नेछैन, यसले अभिव्यक्ति स्वतन्त्रतालाई समेत कुण्ठित गर्नेछ। ‘यसका प्रावधान दमनकारी छन्,’ वरिष्ठ अधिवक्तासमेत रहेका राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले सोमबार नागरिकसँग भने, ‘विज्ञापन गरेबापत…

Read More

बनियानी, २२ माघ । झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच सोमबार दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । बालकको मृत्युपछि अस्पतालमा तनाव सिर्जना भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको सर्वपक्षीय छलफलपछि पीडित परिवार र अस्पताल प्रशासनबीच दुई बुँदे सहमति भएको प्रहरी नायब निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । घटनामा अस्पतालको लापर्वाही भए÷नभएको छानबिन गर्न मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा…

Read More

काठमाडौँ, २२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी हिन्दुराष्ट्र पुनस्र्थापनालगायतका माग राखी देशव्यापीरुपमा गर्न लागको संघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न पार्टीका सम्पूर्ण संयन्त्र परिचालन गर्ने भएको छ । दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमिति बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक परिस्थिति र भावी कार्यदिशासम्बन्धी राजनीतिक कार्यपत्र सर्वसम्मतले पारित गर्दै संघर्षका कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको हो । सोमबार सम्पन्न बैठकले पार्टीको मागका बारेमा आउँदो फागुन ७ गते उपत्यकामा प्रधानमन्त्री, प्रदेश राजधानीमा मुख्य मन्त्री र जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, १९ माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार व्यावसायिक वातावरण निर्माण गर्न लागेको बताउनुभएको छ । नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले आर्थिक विकास आवश्यक रहेको बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी छ”, उहाँले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताउँदै उद्योग क्षेत्रको विकासका लागि आवश्यक ऐन कानून निर्माणमा सरकार लागेको बताउनुभयो । मुलुकको विकासका लागि कृषि, पर्यटन र जलस्रोतमा विशेष ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ थियो । उद्योग…

Read More

भरतपुर, १९ माघ । चितवनको माडीमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पियनसिप पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । आज सम्पन्न फाइनल प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो । पहिलो सेटमा २५–१८ ले जितेको पुलिस दोस्रो सेटमा १९–२५ ले पराजित भएको थियो भने लगातार तेस्रो सेटमा २५–१९ र चौथो सेटमा २५–१८ आफ्नो पक्षमा पार्दै पुलिसले उपाधि उचालेको हो । यस्तै आज सम्पन्न तेस्रो स्थानका लागि भएको खेलमा चुलो भलिबल क्लब नारायणगढलाई ३–० को सेटमा पराजित गदै सशस्त्र प्रहरी बल९एपिएफ०ले तेस्रो स्थान सुरक्षित गरेको हो । प्रथम…

Read More

काठमाडौँ, १९ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्यभने समायोजन गरेको छैन् । इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट प्राप्त नयाँ मूल्यबमोजिम निगमलाई ग्यासमा प्रतिसिलिण्डर अझै ३२ रुपैयाँ ६८ पैसा घाटा रहेको छ । मूल्य समायोजनसँगै निगमलाई समग्रमा १५ दिनमा रु एक अर्ब १६ करोड नाफा हुनेछ । आइओसीले शुक्रबार १५…

Read More