
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, १८ माघ । झापाको अर्जुनधारा नगरपालिका र कमल गाउँपालिकामा भएको दुई घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।झापाको कमल गाउँपालिका–५ सितापुरी चोकमा ट्याक्टरबाट लडेर बिहीबार सह–चालकको मृत्यु भएको छ । साँझ पौने ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ त ५०४२ नम्बरको ट्याक्टरबाट लडेर झापा शिवसताक्षी नगरपालिका–२ का २० वर्षीय सुमन बेस्रा ट्याक्टरबाट लडेर घाइते भएका थिए ।घाइते बेस्रालाई उपचारको लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएकोमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएइको छ । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।यसैबीच, झापा…
रवीन्द्र काफ्ले फिदिम, १८ माघ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मातहतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको तयारी थाल्न निर्देशन दिएसँगै देशैभरका क्याम्पसमा चुनावी गतिविधि शुरु भएका छन् । देशका अधिकांश क्याम्पसमा त्रिविको कार्यतालिकाअनुसार नै स्ववियुको निर्वाचन हुँदै आएको छ तर, पूर्वी पहाडका क्याम्पसमा स्ववियुको निर्वाचन हुन नसकेको १३ वर्ष भएको छ । पूर्वी नेपालमा सक्रिय पहिचान पक्षधर राजनीतिक दलसम्बद्ध विद्यार्थी सङ्गठनले स्ववियुको निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट गरिनुपर्ने अडान राख्दै निर्वाचनमा अवरोध पु¥याउँदा यहाँका क्याम्पसमा निर्वाचन हुन नसकेको हो । पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा २०६२ सालमा स्ववियु निर्वाचन भएको थियो । अधिकांश क्याम्पसमा सहमतिका…
काठमाडौँ, १८ माघ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको नेपाललाई आज हुने घरेलु टोलीविरुद्धको दोस्रो टी–२० क्रिकेट जित्नै पर्ने दबाब रहेको छ । तीन खेलको टी–२० शृङ्खलाअन्तर्गत नेपालले बिहीबार भएको पहिलो खेल गुमाइसकेको छ । नेपाललाई शृङ्खला आफ्नो पक्षमा पार्न आजको दोस्रो खेल जित्नै पर्ने दबाब छ । आजको खेल जित्नसके नेपालले शृङ्खला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृङ्खला आफ्नो पक्षमा पार्नेछ । एक दिवसीय शृङ्खला गुमाइसकेको घरेलु टोली यूएईका लागि टि–२० शृङ्खला जित्न गर या मरको अवस्थामा छ । पहिलो खेल गुमाएर पनि पछिल्ला दुई खेल जितेर एकदिवसीय शृङ्खलामा कब्जा जमाउन सफल नेपाल उच्च…
विराटनगर, १८ माघ । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र व्यापार क्षेत्रबाट मात्र सम्भव भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । नयाँ सामन्तीका रूपमा देखा परेका कुनै पनि बैंक घाटामा नरहेको यथार्थलाई नेपाल राष्ट्र बैंकले बुझ्नु जरुरी छ भन्दै उद्योगी र व्यापारीले मुलुकमा व्यापार घाटा कम…
पोखरा, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा गोविन्द केसीसँग यसअघि गरिएका सम्झौता तोड्दै चिकित्सा शिक्षा विधेयक पास गरेको प्रति आपत्ति व्यक्त गर्नुभएको छ । प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको बताउनुभयो । एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो । विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उहाँले…
सान नेपालगौरादह, १८ माघ । नगरबासीहरुको असन्तुष्टिका मत्थर पार्न गौरादह नगरपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । साविक ५ वटा गाविस मिलेर बनेको बृहत भुगोल समेटिएको गौरादह नगरपालिकाले चार दिनसम्म निरन्तर रुपममा सञ्चालन गरेको सार्वजनिक सुनुवाई गौरादह बजारमा सम्पन्न भएको हो । पहिलो दिन वडा नं. ४ र ५ लाई समेटेर स्कुलचौन स्थित सामुदायिक भवनबाट शुरु गरिएको कार्यक्रम दोस्रो दिन वडा नं. ७ वडा कार्यालय, तेस्रो दिन वडा नं. ९ वडा कार्यालय तथा बिहीबार गौरादह बजारमा सम्पन्न गरियो । सार्वजनिक सुनुवाईमा सहभागीले नगरपालिकाबाट दिइने सेवा अपारदर्शी भएको, कर्मचारीद्वारा सेवाग्राहीमाथि अनावश्यक झण्झट दिइने गरेको, नगरपालिकाले विकास निर्माणको दीर्घकालीन गुरुयोजना बनाउन नसकेको,…
भद्रपुर, १८ माघ । हल्दिाबारीका आदिवासी जनजाति समुदायले घरेलु मदिरा नियन्त्रण अभियानले जातीय संस्कृति तथा परम्परामाथि प्रहार भएको भन्दै आन्दोलित भएका छन् । मेचे, राई, लिम्बू, तामाङ, गुरुङ लगायतका समुदायले जन्मदेखि मृत्युसम्म आवश्यक घरेलु मदिरा निम्न वर्गका लागि रोजगारी समेत भएकोले विदेशी रक्सी स्थापित गर्न प्रशासनले प्रतिबन्धको बाटो समाएको आरोप सहित आन्दोलित भएका हुन् । संस्कृतिको संरक्षण सहित न्युन वर्गीय परिवारको गाँस तथा बाल बच्चा पाल्ने आधारको विकल्प विना झापा प्रशासनले घरेलु उद्योगका रूपमा रहेको मदिरा नियन्त्रण गर्नाले समस्या भएको स्थानीयको दुखेसो छ । स्थानीय जनजाति तथा आदिवासी समिुदायका अधिकाम्स परिवार पाल्ने आधारका रूपमा रहेको घरेलु मदिरा विक्री वितरणमा प्रहरी…
काठमाडौं, १८ माघ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ । उपचार खर्च लगायत नाममा रकम बाँडेको हो । सहायता पाउनेमा पहँुचमा र सम्पन्न पनि छन् । अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिना मन्त्रिपरिषद बैठकबाट निर्यण गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । मंसिरमा मात्र सरकारले एक करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ । मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन । आजको नागरिक पत्रिकामा खबर छ ।
काठमाडौं, १८ माघ । नेपालको २५.२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३.८ प्रतिशत अर्थात् ४० लाख दलित छन् । पहाडमा ९.१ प्रतिशत अर्थात् २७ लाख र तराईमा ४.७ प्रतिशत अर्थात् १४ लाख दलित बस्छन् । पहाडका दलितमध्ये ४२.४ प्रतिशत अर्थात् ११ लाख ५५ हजार र मधेसका दलितमध्ये ४०.२ प्रतिशत अर्थात् ५ लाख ६२ हजार चरम गरिबीको रेखामुनि छन् । यसरी देशभरका…
दमक, १८ माघ । हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा अोलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो । यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो । यस पटक पनि नौँ वर्ष लागेर निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पटक पटक आन्दोलन भए । भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए ।…