झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १५ माघ । ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् । कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन बाँकी छ भन्नेकुृरा थाहा नहुने सस्पेन्सन बृज डिभिजनले जनाएको छ । कुनै पनि झोलुङ्गे पुलको ठेक्का सम्झौता गर्दा त्यो ठेकेदार कम्पनीसँग दक्ष प्राविधिकलगायत जनशक्ति कति छन्, उपकरण कति छ र काम गर्नका लागि बंैकमा जम्मा गरेको रकम ९सिड मनि० कति छ हेरेर मात्रै ठेक्का गर्ने गरिएको डिभिजनका इञ्जिनीयर हुमाकान्त मिश्रले बताउनुभयो । एउटै ठेकेदारले त्यही जनशक्ति, ‘सिड मनि’ र उपकरण देखाएर धेरै ठाउँमा कामको ठेक्का लिने गरेको उल्लेख गर्दै…

Read More

काठमाडौँ, १५ माघ । सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले एउटा नयाँ काम गरेको छ, नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ लाई शहीद घोषणा गरिएकोे छ ।” यो सम्मानले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना…

Read More

काठमाडौँ, १५ माघ । सरकार र स्थानीय जनताको साझेदारीमा १२ सहलगानी खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो । आर्थिक वर्ष २०६९÷७० देखि थालिएको सहलगानी खानेपानी आयोजना ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानीय जनसमूदायको लगानीमा निर्माण गरिएको हो । यस्तै ३९ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीन वर्षमा ति आयोजना सम्पन्न गरिसक्नुपर्नेछ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहलगानी खानेपानी आयोजनाका प्रमुख प्रदीप मुडवरी १२ आयोजनाबाट तीन लाख २४ हजार व्यक्ति लाभान्वित भएको बताउनुहुन्छ । “सरकार र स्थानीयको सहभागिता रहने हुँदा समयमा आयोजना सम्पन्न गर्न…

Read More

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बधाई दिनुभएको छ । आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपाली टोलीले प्राप्त गरेको सफलताले खेल जगतमा नेपाल उदीयमान शक्तिका रूपमा देखिएको उल्लेख गर्नुभएको छ । प्रधानमनत्री ओलीले खेलकुद क्षेत्रको विकासका लागि सरकारले थप ध्यान दिनेमा प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । बधाई सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ– “एक दिवसीय क्रिकेट शृङ्खला जित्दै नेपाललाई गौरवशाली सफलता दिलाएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई । अन्तर्राष्ट्रिय क्रिकेटमा प्राप्त यस सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान शक्तिको रूपमा देखिएको छ, खेलकुद क्षेत्रको…

Read More

काठमाडौँ, १५ माघ । नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एकदिवसीय क्रिकेटको बरियतामा समावेश भएको छ । दोस्रो एक दिवसीय सिरिज जितेसँगै आइसिसीले नेपाललाई बरियतामा समावेश गरेको हो । युएइमा जारी सिरिज घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा २–१ को जित निकालेपछि नेपाल आइसिसीको बरियतामा परेको हो । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएइलाई चार विकेटले हराउँदै नेपालले नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको हो । युएइविरुद्धको सिरिज जितेपछि नेपालले बरियताको १५औँ स्थान हासिल गरेको छ । आइसिसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि ६ खेल खेलेको नेपालले १५२ अङ्क पाएको आइसिसीले जनाएको…

Read More

इनरुवा, १५ माघ । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिनुभएको हो । उहाँले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गर्नुभएको थियो । प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालासहित इनरुवा नगरपालिकाका प्रमुख मेहता र कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले संयुक्त रूपमा पुरस्कार वितरण…

Read More

गौरादह, १५ माघ । झापाको गौरादह नगरपालिकाले नगरबासीको गुनासो सुन्न सार्वजनिक सुनुवाई गरिरहेको छ । नागरिकका असन्तुष्टि र सुझाव लिने उद्देश्यले नगरपालिकाले नगरक्षेत्रका सबै वडामा चारदिने सार्वजनिक सुनुवाई भइरहेको छ । गत माघ १३ गतेदेखी शुरु भएको सार्वजनिक सुनुवाई माघ १७ गतेसम्म नपाका विभिन्न वडामा सञ्चालन गरिने छ । सार्वजनिक सुनुवाई पहिलो दिन आइतबार वडा नं. ४ र ५ मा गरिएको थियो भने दोस्रो दिन सोमबार वडा नं. ७ मा गरिएको थियो । नगरपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरे पनि रहेक कार्यक्रममा स्थानीयबासीको न्यून सहभागिता रहेको छ । न्यून उपस्थितिका बीच पनि वडाबासीहरुले नगर सरोकारका विषयमा दर्जनौँ प्रश्न गरेका थिए ।…

Read More

विराटनगर, १५ माघ । १ नम्बर प्रदेशको सोलुखुम्बु र मोरङ जिल्लामा सोमवार आगलागी हुँदा अन्दाजी ६२ लाख मूल्य बराबरको क्षति भएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–२ का रेन्जि शेर्पाको घरमा आगलागी हुँदा अन्दाजी ५७ लाख २ हजार ७ सय रुपैयाँ बराबरको क्षति भएको छ । आगलगीबाट शेर्पाको घरमा भाडामा लिएर बस्दै आइरहेका सोताङ गाउँपालिका–४ लाखमान तामाङको परिवार बस्दै आएकोमा दिउँसो सवा १ बजे बिद्युतको मिटर बक्स सर्ट भएर आगलागी भएको थियो । आगलगीबाट घरसहित घरभित्र रहेको नगद १ लाख २० हजार, काठपात,अन्नपात, भाडावर्तन, लत्ताकपडा र ३ तोला चाँदी जलेर नष्ट भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी…

Read More

मोरङ, १५ माघ । मोरङको विराटनगरबाट प्रहरीले स्कुटरको साईट प्यानलमा लुकाई राखेको लागूऔषधसहित सोमबार १ जनालाई पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उप–महानगरपालिका–३ बस्ने बर्ष ३२ को संजय कुमार ठाकुरलाई लागूऔषध सहित राती ८ बजे पक्राउ गरेको हो । भारतको जोगवनीबाट को. २१ प ९८९६ नम्बरको स्कुटरमा नेपाल तर्फ आउँदै गरेका उनलाई शंकालागि चेकजाँच गर्ने क्रममा स्कुटरको साईड प्यानलमा लुकाई राखेको लागूऔषध एभिल–५० एम्पुल, लुपिजेसिक–५० एम्पुल र डाईजेल्याव ५० एम्पुल फेला परेको थियो । बिराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका ठाकुरलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय रानीमा…

Read More

सन्तोष शर्मा झापा, १५ माघ । झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । झापाको कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा अघि सारेको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । तीन वटै गाउँपालिकाको सिमाना जोडिएकाले साझेदारीमा गर्नका लागि ‘वी थ्री’को अधारणा अघि सारिएको उहाँले बताउनुभयो । ‘गाउँपालिकाको आय स्रोत न्यून छ’, उहाँले भन्नुभयो, ‘एक्लैले केही गर्न सक्ने अवस्था छैन, त्यसैले एकले अर्कालाई सहयोग गरे विकासको लक्ष्य हासिल गर्न सहज हुन्छ ।’ गाउँपालिकाबासीको विकासको चाहनालाई सकर्थता दिन पनि यो अवधारणा कारगार सावित हुने उहाँको विश्वास छ । तीन…

Read More