
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, २४ माघ । बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो । गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ स्ट्रिटसमेत नेपाल आउनुभएको थियो । उहाँहरुले तीनसम्म मेचीनगर, विर्तामोड, दमक, भद्रपुर नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कार्यरत अग्निनियन्त्रयक तथा नगर प्रहरीलाई विपत् व्यवस्थापनसम्बन्धी तालीम प्रदान गर्नुहुने नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो । मेचीनगर–६ काँकडभिट्टा निवासी गुरुङ बेलायत फोक्सटन क्षेत्रका नेपालीमूलको पहिलो पूर्वकाउन्सिरसमेत हुनुहुन्छ । यसअघि गुरुङको सक्रियतामै भारतीय राजदूतावासमार्फत एउटा…
काठमाडौँ, २४ माघ । सर्वोच्च अदालतले एनसेल बिक्रीबापतकोे लाभकर कसले तिर्ने भन्ने विवादको मुद्दामा एनसेल र मलेसियन कम्पनी एक्जिएटा दुवैले नै लाभकार तिर्नुपर्ने फैसला सुनाएको छ । सरकारी वकिल हरिशङ्कर ज्ञवालीका अनुसार सर्वोच्च अदालतको सो आदेशपछि एनसेल र एक्जिएटा कम्पनीले सरकारलाई करीब रु ३८ अर्ब कर तिर्नुपर्छ । सो कर नतिरेसम्म एनसेललाई करीब रु सात अर्ब लाभांश देश बाहिर लानसमेत रोक लगाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको बृहत् पूर्ण इजलाशले आज एनसेल बिक्रीबापतको लाभकर कम्पनी नियन्त्रणमा लिएर सञ्चालन गर्नेले नै तिर्नुपर्ने फैसला गरेको हो । एनसेल बिक्रीबापतको लाभकर…
सिन्धुली, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखाँेचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उहाँले भन्नुभयो । सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयोे ।…
बनेपा, २४ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उहाँले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ ।” संयोजक डा भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताउनुभयो । उहाँले अरू…
मोरङ, २४ माघ । मोरङको रंगेली नगरपालिका–३ रंजनी भन्ने स्थानमा अग्नी प्रसाद पनेरुको गाई गोठमा गए राती आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बरबारको क्षति भएको छ । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो । आगलागीबाट गोठमा भएको सखुवाको चिरान काठ ६ सय थान, क्लवको प्लाष्टिकको कुर्सी ५० थान, गिलास ५० थान, प्लेट १०० थान र गोठ नजिकै रहेको ३ बिगा खेतको परालको टाल पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा…
सुनसरी, २४ माघ। सुनसरीको देवानगंज–३ नयाँहाटमा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री घाइते भएका छन् । भित्री सडक खण्डमा कप्तानगंजबाट–देवानगंज तर्फ आउँदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री देवानगंज–४ बस्ने ५० वर्षका देवनारायण मेहेता घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते मेहतालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएको प्रहरी चौकी कप्तानगंजले जनाएको छ । ठक्कर दिने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सल्यान, २४ माघ । सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनले परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, २४ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए । ओलीले बुधबार बिहान बालुवाटारमा कान्तिपुरलाई संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ ९राष्ट्रपति० ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि भयो । दुई–तीन शब्द बढी गएको हो ।’ ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा…
धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका–७ बस्ने जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर–सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
विराटनगर, २३ माघ । प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१०ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्रस्तुत भयो । मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री कार्कीले प्रदेश नं १ मा विद्युत् उत्पादन, वितरण, वातावरण र स्थानीयस्तरमा दिन सकिने क्षतिपूर्तिलाई व्यवस्थित गर्न सो…