झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सिन्धुली, २४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिका कमलाखाँेचमा निर्मित पक्की पुलको आज उद्घाटन गर्दै उहाँले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताउनुभयो । उहाँले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताउनुभयो । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौँ कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उहाँले भन्नुभयो । सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिनुभयोे ।…

Read More

बनेपा, २४ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशभित्र क्रियाशील पार्टी नै लोकतान्त्रिकीकरण गरिनुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा आज पार्टी जिल्ला समितिले आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयन, ३ नं प्रदेशको नामकरण र राजधानी’ विषयक अन्तरक्रियामा उहाँले पार्टीको बनोटलाई लोकतान्त्रिक नगरेसम्म सुधार नआउने बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो अवस्थासम्म पुग्नुभन्दा अगाडिको सङ्घीय व्यवस्था पनि कुनै वेला अन्त्य गरिनुपर्ने अवस्था आउने भएकाले अहिलेको लागि आन्तरिक सङ्क्रमणकालमा हामीलाई सङ्घीयता चाहिएको छ ।” संयोजक डा भट्टराईले अहिले बनाएको सङ्घीयताको मोडल खिचडी खालको भएको र त्यसमा कुनै खालको आधार नै नबनाई अगाडि सारेको बताउनुभयो । उहाँले अरू…

Read More

मोरङ, २४ माघ । मोरङको रंगेली नगरपालिका–३ रंजनी भन्ने स्थानमा अग्नी प्रसाद पनेरुको गाई गोठमा गए राती आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बरबारको क्षति भएको छ । राती १ बजेको समयमा पनेरुको गोठमा खोले पकाउने क्रममा अचानक चुल्होबाट आगलागी हुँदा बाँसको टाटी बेराले लगाएको टिन र टालीको छानो भएको २ तले गोठमा आगलागी भएको हो । आगलागीबाट गोठमा भएको सखुवाको चिरान काठ ६ सय थान, क्लवको प्लाष्टिकको कुर्सी ५० थान, गिलास ५० थान, प्लेट १०० थान र गोठ नजिकै रहेको ३ बिगा खेतको परालको टाल पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा…

Read More

सुनसरी, २४ माघ। सुनसरीको देवानगंज–३ नयाँहाटमा बुधवार साँझ मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्री घाइते भएका छन् । भित्री सडक खण्डमा कप्तानगंजबाट–देवानगंज तर्फ आउँदै गरेको को ३४ प ८७९८ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदल यात्री देवानगंज–४ बस्ने ५० वर्षका देवनारायण मेहेता घाइते भएका हुन् । ठक्करबाट गम्भीर घाइते मेहतालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाएको प्रहरी चौकी कप्तानगंजले जनाएको छ । ठक्कर दिने मोटरसाईकललाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

सल्यान, २४ माघ । सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको खुलेको हो । परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनले परपुरुषसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको र ती युवकसँग बिहे गर्ने योजना रहेकाले बच्चाको हत्या गरेको स्वीकार गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौँ, २४ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् । भेनेजुएला प्रकरणबारे दाहालको वक्तव्यप्रति असन्तुष्ट अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई सोमबार भेट दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएजस्तै रूपमा लिन अथ्र्याएका थिए । ओलीले बुधबार बिहान बालुवाटारमा कान्तिपुरलाई संक्षिप्त जवाफ दिँदै भने, ‘हाम्रो कुनै विवाद होइन, कहिलेकाहीँ ९राष्ट्रपति० ट्रम्पको पनि टङ स्लिप हुन्छ, हाम्रा प्रचण्डजीको पनि वर्ड स्लिप भएको हो । स्लिप भएपछि भयो । दुई–तीन शब्द बढी गएको हो ।’ ट्रम्पले ह्वाइट हाउसमा सुरक्षा अधिकारीहरूको ब्रिफिङमा…

Read More

धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका–७ बस्ने जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर–सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Read More

विराटनगर, २३ माघ । प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१०ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्रस्तुत भयो । मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेश गर्नुभएको थियो । मन्त्री कार्कीले प्रदेश नं १ मा विद्युत् उत्पादन, वितरण, वातावरण र स्थानीयस्तरमा दिन सकिने क्षतिपूर्तिलाई व्यवस्थित गर्न सो…

Read More

काठमाडौँ, २३ माघ । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ । सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा,…

Read More

काठमाडौँ, २३ माघ । सांसद रामबहादुर विष्ट : विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल ः विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ । मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी…

Read More