
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासी नचाउने भएकी छन् । १६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ उनले आफ्नो प्रस्तुति मार्फत विराटनगरवासी नचाउने भएकी हुन् । आयोजक मिस्टी डान्स गाइजले इटहरीका एक कार्यक्रम गर्दै ‘एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव’ को बारेमा जानकारी दिएको हो । ग्लोबल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए । महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सव हेर्नका हर्नेका लागि आयोजकले टिकट शुल्क समेत राखेको छ ।
काठमाडौँ, ११ माघ । एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ । त्यति मात्र होइन, सिलिन्डरको हाइड्रोस्टेटिक नियमितरुपमा परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि उद्योगीले बेवास्ता गरेको भेटिएको छ । गुणस्तर तथा नापतौल विभागले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । आजको अन्नपूण पोस्ट दैनिकमा खबर छ…
काठमाडौँ, ११ माघ । काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीम
काठमाडौँ, १० माघ । चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो । संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ । तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे मुठभेड हुने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौँ, ११ माघ । ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् । नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
काठमाडौं, ११ माघ । सरकारले बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको छ । अनावश्यक वस्तुको आयात बढी भई मुलुकको व्यापार घाटा बढ्दै गएपछि त्यस्ता वस्तुलाई रोक्ने तयारी सुरु भएको हो । मुलुकमा आयातदर बढ्दै गएपछि व्यापार घाटा चुलिदै जाँदा यसलाई कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको हो । अनावश्यक वस्तुको आयात रोक्न मन्त्रालयले तथ्यांक संकलन गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मु्लुकमा अनावश्यक नभएका वस्तु आयात रोक्न लागिएको बताए । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसले सरकार र सभामुख गैरजिम्मेवार ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा. गोविन्द केसीको मागलाई बेवास्ता गरेको, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना नै संवैधानिक परिषद्को बैठक राखी नियुक्तिका निर्णयहरु गरेकोप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, १० माघ । दशौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । सिमरा रंगशालामा विहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १(० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफनाले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्न सफल भयो । थ्रीस्टारका लागि खेलको ७१औं मिनेटमा फोडे फोफनाले गोल गरेका थिए । बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसक्दा फोडेको गोल नै निर्णायक बनेको हो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई १(० गोलअन्तरले…
काठमाडौँ, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेड हुनसक्ने चेतावनी दिएका छन्। नेता थापाले सभामुख कृष्णबहादुर महराले सरकारको आदेश पालना गरेर संसदीय मूल्य मान्यता विपरितको गतिविधि गरिरहेको उल्लेख गर्दै मान्य नहुने पनि स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ संसदबाट झुक्याएर पारित गराउने प्रयास सभामुखबाट भएको उल्लेख गर्देै असन्तुष्टि पनि व्यक्त गरे। सभामुख महरा मन्त्रीहरुको इशारामा चल्न गरेको उनको आरोप छ। नेता थापाले भोलि माघ ११ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख महराले आफूहरुसँग परामर्श…
काठमाण्डौ, १० माघ । सरकारले डाक्टर गोविन्द केसीका सबै माग पूरा भएको भन्दै आन्दोलनको कुनै अर्थ नभएको जनाएको छ । मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले नागरिकमुखी चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै आन्दोलनको अर्थ नभएको जनाएको हो । संसदबाट अब विधेयक फिर्ता हुने कल्पना पनि गर्न नसकिने भन्दै उहाँले विधेयक पास हुने ठोकुवा गर्नुभयो । लोकतन्त्रमा संसदको बहुमतको सम्मान हुने भन्दै चिकित्सा शिक्षा विधेयकको टुंगो संसदले लगाउने पनि उहाँले बताउनुभयो डाक्टर केसीले नै विधेयक नपढेको हुनसक्ने भन्दै उहाँले विधेयक पूरै पढ्न पनि डा केसीलाई आग्रह गर्नुभयो ।…