झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इनरुवा, १२ माघ । सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिनुभयो । विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताउनुभयो । प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार…

Read More

तेह्रथुम, १२ माघ । माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा काम गर्ने एक कामदारको शुक्रबार लडेर मृत्यु भएको छ । आयोजनामा कार्यरत कञ्चनपुर लालझोडा गाउँपालिका–६ का ४० वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको हो । आयोजनाको पावरहाउस नजिकै करीब ३५ मिटर अग्लो कान्लाबाट शुक्रबार खसेपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल हुँदै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Read More

तेह्रथुम, १२ माघ । तेह्रथुम लालीगुराँस नगरपालिका–२ वसन्तपुर बजारमा बिहीबार साँझ भएको आगलागीबाट पीडित परिवारलाई आठ लाख ७५ हजार राहत वितरण गरेको छ । लालीगुराँस नगरपालिकाले आगालागीबाट पूर्णरुपमा घर क्षति भएका लालबहादुर याख्खालाई रु चार लाख, घर क्षति भएका मिनकुमारी गुरुङलाई रु दुई लाख र रेनुका खड्कालाई एक लाख लाख ५० हजार तथा पसलमा क्षति पुगेका नेतकुमार याख्खालाई रु एक लाख राहत वितरण गरेको प्रवक्ता देवेन्द्र खड्काले जानकारी दिनुभयो । यस्तै घाइते गोपाल गुरुङको उपचारका लागि रु २५ हजार राहत वितरण गरिएको छ । पीडितलाई शुक्रबार साँझ एक कार्यक्रमका बीच नगरप्रमुख अर्जुन माबोहाङ र उपप्रमुख तीला पोखरेलले राहत वितरण गर्नुभएको…

Read More

दमक, १२ माघ । दमकमा यही फागुन १ गतेदेखि १२ गतेसम्म पाँचौ दमक फुडफेस्टिवल तथा सांस्कृतिक पर्यटन महोत्सव–२०७५ हुने भएको छ । खाद्य परिकारहरुसहित स्थानीय क्षेत्रको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यसवर्ष समेत फूड फेस्टिवलसहित हुने भएको हो । होटल व्यवसायी संघ माइपश्चिम समिति दमकले आयोजना गर्ने उक्त फेस्टिवलको तयारी तीव्र पारिएको संघका अध्यक्ष राजन दंगालले बताए । आन्तरिक पर्यटन ,प्रर्वद्धन गर्न टेवा पुरयाँउने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको संघका वरिष्ठ उपाध्यक्ष सुधिर प्रधानले बताए । संघले यसअघि दमक चौंकमा उक्त फेस्टिवल आयोजना गरिआएको थियो भने यसपटक स्थानीय सयपत्री टोल क्षेत्र गर्न लागिएको हो । फेस्टिवलमा दुई सय बढी खाद्य परिकारसहित विभिन्न…

Read More

काठमाडौं, १२ माघ । अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि जनताभन्दा माथि हौँ भन्ने मनोभाव देखियो । सांसदहरुमा परिपक्वता देखिएन भन्ने लागिरहेको छ । प्रतिष्ठित डाक्टरलगायत ठुलो जमातलाई बेवस्था गरिएको छ । सांसदहरुलाई दबाब पनि भयो होला । लोकतान्त्रिक मूल्यमान्यता देखिएन । निष्ठाको अवमूल्यन भयो । दुई तिहाई बहुमत छ भने जे गरे पनि हुन्छ भन्ने देखियो । प्रतिनिधि सभाबाट पारित राष्ट्रिय चिकित्सा विधेयक, २०७५ मा विभिन्न प्रतिवेदनमा रहेका विषय समावेश…

Read More

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय शिक्षा विधेयक पारित भएपछि मुलक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका दुई अस्पताललाई संघीय सरकारअन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला उनीहरुलाई मार्सलको घेराबन्दीमा राखी विधेयक पारित गराएको हो । यसबाट प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तापक्ष दलको दूरी बढेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १२ माघ । सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कदै गएको देखिएको छ । अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रुपमान्तरण भएका छन् । यिनमा धेरै जसो पीडित १८ वर्षमुनिका देखिन्छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १२ माघ । पञ्चायतकालमा विद्यार्थी संगठन पार्टीभन्दा प्रभावकारी थिए । पार्टीको विचार प्रवाहमा पहिलो र प्रभावकारी सारथि थिए, विद्यार्थी संगठन । गणतन्त्र प्राप्तिको आन्दोलनमा पनि पहिलो मोर्चामा उभिएर नारा घन्काउँदै सुरक्षाकर्मीको काँडेतार तोड्ने विद्यार्थी नै थिए । ती विद्यार्थी संगठन अहिले पनि छन्, तर धारविहीन । न उनीहरूको विचारको धार चोटिलो छ। न सांगठनिक नक्सा मजबुत छ। उतिवेला कुनै पनि राष्ट्रिय मुद्दामा देश उचाल्न सबल विद्यार्थी संगठन अहिले आफैँ भत्किएका छन् । अखिल र अखिल क्रान्तिकारी अलग–अलग र गतिहीन तत्कालीन एमाले र माओवादी केन्द्र एकता भएको ८ महिना भइसक्यो । तर, एमालेनिकट विद्यार्थी संगठन अखिल र माओवादीनिकट अखिल क्रान्तिकारी…

Read More

सिन्धुपाल्चोक, १२ माघ । त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्र गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका–३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियौँ,’ उनले भने, ‘तीन वटा कुकुर राखेर खेद्दा पनि केही लागेन ।’ उनी मात्र होइन, गापाका कृषकहरुले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्टाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १२ माघ । प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी प्रस्ट प्रमाण भेटिँदासमेत राष्ट्रिय मानवअधिकार आयोग मौन बस्न थालेपछि प्रहरीले मुठभेडका नाममा पक्राउ गरेर गोली हान्ने घटना बढाउँदै लगेको हो । प्रहरीको आलोचना बालक निशान खड्काको अपहरणपछि हत्या घटनामा संलग्न अजय तामाङ र गोपाल तामाङको गत २१ साउनमा प्रहरीको…

Read More