झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १० माघ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए ।…

Read More

काठमाडौँ, ११ माघ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ । प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित गरियोस् भनी प्रस्तुत गर्नुुभएको थियो । चिकित्सा शिक्षा क्षेत्रमा सुधार ल्याउन माग गर्दै पटक पटक अनशन गर्दै आउनुभएका प्रा डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको भावनानुसार सरकारले चिकित्सा शिक्षासम्बन्धी विधेयक संसद्मा ल्याएको हो । यसअघि बैठकमा सभामुख कृष्णबहादुर महराले राज्यको लगानी अभिवृद्धि गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय, भौगोलिक सन्तुलन र सर्वसुलभ तुल्याउने उद्देश्यले संसद्ले राष्ट्रिय चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याएको जानकारी दिनुभयो । प्रतिनिधिसभा, शिक्षा तथा…

Read More

काठमाडौँ, ११ माघ । मुलुकभर मौसम बदली हुनका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली हुन्का साथै अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् विभूति पौखरेले बताउनुभयो । उहाँका अनुसार पश्चिम र मध्यक्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ । राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि शनिबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि केही बढी नै…

Read More

काठमाडौँ, ११ माघ । सरकारले शुरु गरेको अभियानअन्तर्गत हालसम्म ६३ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, भोजपुर सोलुखुम्बु र दोलखालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ । विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने तराईको तुलनामा पहाडी तथा हिमाली जिल्लालाई चाँडो खुला दिशामुक्त क्षेत्र घोषणा भएकोे बताउनुहुन्छ । “तराईका जिल्लामा बढी डुवान हुने, जग्गा कम हुने, गरीबी बढी भएकाले खुला दिशामुक्त घोषणा गर्न ढिलाई भएको हो,”–उहाँ…

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ११ माघ । पूर्वका पहाडी शहरमा वर्षेनी फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् । पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, सिधुवा, तेह्रथुमको वसन्तपुर, लसुने, सङ्खुवासभाको मुढेशनिश्चरे, म्याङ्लुङ, सङ्क्रान्ति र फिदिम बजारमा छुट्टाछुट्टै पहिचानका स्तम्भ बनेका छन् । भेडेटारमा शङ्ख, हिलेमा तोङ्वा, सिधुवामा बन्दाकोपी, लालीगुराँस नगरपालिकाको वसन्तपुरमा गुराँसको रुख, लसुनेमा लसुनको पोटी, शनिश्चरेमा यलम्बरको स्तम्भ, म्याङलुङबजारमा मेयङ, सङ्क्रान्ति र फिदिम बजारमा फाल्गुनन्दको स्तम्भ बनाइएका छन् । विभिन्न अवसरमा…

Read More

तीर्थप्रसाद भटृराई जुरिच (स्वीट्जरल्याण्ड), ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गर्नुभएको छ । जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले यहाँ आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडाँैमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाली जनताले राजनीतिक अधिकार…

Read More

चितवन, ११ माघ । कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ । विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेपछि भर्ना प्रक्रिया स्थगन गरिएको हो । सो सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगन गरिएको बताउनुभयो । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उहाँले यस विषयमा विरोध गरिरहनुभएका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी उहाँहरुलाई कुरा…

Read More

बिर्तामोड, ११ माघ । बिर्तामोड नगरपालिका, सहारा नेपाल र ह्यावीट्याट नेपालको साझेदारीमा बिर्तामोड नगरपालिका वडा न ७ का गरिब,असहाय अपाङ्ग ,एकल महिला, अल्पसंख्यक नागरिकहरुको निम्ति निर्माण हुने ३० वटा सामुदायिक आवास निर्माण सुभारम्भ भएको छ । स्थानीय झुडु किस्कुको घरको शिलान्यास गरी आवास निर्माण आरम्भ भएको छ । बडा नं ७ स्थित मिल डाँडामा आयोजित एक कार्यक्रममा सो आवास निर्माणको प्रदेश सभा सदस्य एकराज कार्की, नगरप्रमुख ध्रुबकुमार शिबाकोटी र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरुपमा गर्नु भयो । सो आवास निर्माण सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले गरिब तथा बिपन्नलाई घर निर्माणसँगै प्रदेशको बजेट अन्तरगत आफ्नो क्षेत्रका सबै फुसका…

Read More

धरान, ११ माघ । सुनसरीको धरान उपमहानगरपालिका–८ सभागृह मार्गबाट प्रहरीले लागूऔषध बिक्रि वितरण गरिरहेको अवस्थामा २ जनालाई रंगेहात पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा बिहीबार साँझ सवा ५ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान–८ बस्ने बर्ष ३५ को ३५ को सन्तोष राई र धरान २ बस्ने गोपाल अग्रवाललाई पक्राउ गरेको हो । उनीहरुलाई लागूऔषध बिक्रिवितरण गरिरहेको अवस्थामा ५ सय मिली ग्राम लागूऔषध खैरो हेरोईन र नगद ३ हजार रुपैयाँ फेला पारी रंगेहात पक्राउ गरेको हो । बरामद लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको…

Read More

उदयपुर, ११ माघ । त्रियुगा नगरपालिका वडा नम्बर १० मृगौला पिडित कृष्ण मग्राती सार्कीलाई त्रियुगा मिडिया ग्रुपको संयोजकत्वमा संकलित रकम हस्तान्तरण गरिएको छ । त्रियुगा मिडिया गु्रपले संचालन गरेको कृष्ण मग्राती सार्की बचाउ अभियानबाट संकलित ४३ हजार रकम त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष प्रकाश खड्का, पत्रकार महासंघका उपाध्यक्ष भोटराज राई र त्यँहाका स्थानियहरुको उपस्थितिमा बिहिबार हस्तान्तरण गरिएको हो । मिडिया ग्रुपमा अध्यक्ष विश्वराज तामाङ सहित मग्रातीको घरमा पुगेको मिडिया ग्रुपको टोलीले अभियानमा संकलन गरेको रकम हस्ताणतरन गरेको हो । अभियान अन्तर्गत उदयपुर प्रवासी समाज दुबईबाट निर्मल खड्काको संयोजनमा संकलित दश हजार, न्यौपाने पुस्तक पसलका प्रोपाईटर काठमाण्डौ निबासी…

Read More