झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

तेह्रथुम, ११ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका–२ बसन्तपुर बजारमा बिहीवार भएको आगलागीबाट अन्दाजी १ करोड ५० लाख मूल्य बराबरको क्षति भएको छ । अपरान्ह पौने ५ बजे सोही स्थान बस्ने लाल बहादुर याखाको घर भाडामा लिएर सुनसरी रामधुनी नगरपालिका(२ घर भएका छेदन साहले संचालन गरेको किराना पसलमा संगै बिक्रिको लागि राखेको पट्रोलबाट अचानक आगलागी भएको थियो । आगलागीबाट साहको ढुंगा माटोले बनेको, टिनको छानो भएको २ तले घर पसलमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा सोही पसलमा काम गर्दै आएका वर्ष ५० को गोपाल गुरुङको हात तथा खुट्टा जलेर घाइते भई उपचारको लागि स्थानीय स्वास्थ्य…

Read More

झापा, ११ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीवार मट्टितेल बोकेको ट्याङकर दुर्घटना हुँदा अन्दाजी ८ हजार लिटर मट्टितेल नष्ट भएको छ । राती साढे ८ बजे भारतको सिलिगुढीबाट बिराटनगर तर्फ मट्टितेल बोकेर जाँदै गरेको को १ ख १७८८ नम्बरको ट्याङकर स्टेयरिङ फेल हुँदा अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा ट्याङकमा भएको अन्दाजी ८ हजार लिटर मट्टितेल पोखिएर नष्ट भएको छ भने चालक र सह(चालक सकुशल रहेको प्रहरी चौकी केर्खाले जनाएको छ ।

Read More

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासी नचाउने भएकी छन् । १६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ उनले आफ्नो प्रस्तुति मार्फत विराटनगरवासी नचाउने भएकी हुन् । आयोजक मिस्टी डान्स गाइजले इटहरीका एक कार्यक्रम गर्दै ‘एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव’ को बारेमा जानकारी दिएको हो । ग्लोबल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए । महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सव हेर्नका हर्नेका लागि आयोजकले टिकट शुल्क समेत राखेको छ ।

Read More

काठमाडौँ, ११ माघ । एलपीजी बोटलिटङ प्लान्टले सर्वसाधारणको ज्यानै जाने गरी खाना पकाउने ग्यासको सिलन्डर उत्पादन गर्दै आएका छन् । ग्यासको सिलिन्डर पड्केर दिनहुँ सर्वसाधारणको ज्यान जाने र घाइते हुने घटना भइरहँदा पनि उद्योगी सचेत हुनुको साटो सिलिन्डर बम उत्पादन गरिरहेका छन् । सिलिन्डरको भल्व बिग्रिएपछि नयाँ प्रयोग गर्नुको साटो त्यसैलाई मर्मत सम्भार गरी आफूखुसी प्रयोग गर्दै आएको तथ्य बाहिर आएको छ । त्यति मात्र होइन, सिलिन्डरको हाइड्रोस्टेटिक नियमितरुपमा परीक्षण गर्नुपर्ने मापदण्ड भए पनि उद्योगीले बेवास्ता गरेको भेटिएको छ । गुणस्तर तथा नापतौल विभागले बिहीबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । आजको अन्नपूण पोस्ट दैनिकमा खबर छ…

Read More

काठमाडौँ, ११ माघ । काठमाडौँ प्रहरीको हिरासतमा छन्– पाँचथर फलैँचा गाउँपालिका रविन कुमार चिमोरिया । उनको व्यवहारले प्रहरीलाई आश्चर्यमा पारिदिएको छ । अरु अभियुक्त समातिएपछि बयान फेर्छन् । तर चिमोरियाले भने सधैँ सही बताउँछन् । चिमोरियाविरुद्ध ६ अभियोग प्रहरीम

Read More

काठमाडौँ, १० माघ । चिकित्सा शिक्षा विधेयक संसद्बाट शुक्रबार पारित गर्नैपर्ने अडानमा सत्तापक्ष छ भने प्रमुख प्रतिपक्षी कांग्रेस जसरी पनि रोक्नेमा । त्यसैले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ । मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्साघम्सी र तनावपछि बैठक स्थगित भएको थियो । संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ । तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे मुठभेड हुने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ११ माघ । ‘स्लो बिट’को हार्मोनियम धुनमा गुनगुनाइरहेको पुरुष स्वर छ । धुन र गुनगुन दुवैले नारायणगोपालको पना चिनाउँछ । स्वरसम्राट् नारायणगोपाल बितेको २८ वर्षपछि उनले रियाज गरिरहेको अडियो रेकर्ड भेटिएको छ । त्यही धुनमा शब्द, स्वर र वाद्यवादन भरेर पुनर्जीवन दिइने भएको छ । केही समयअघि फेला परेको उक्त संगीतमा विष्णुबाबु देवकोटाको शब्द, प्रदीप श्रेष्ठको एरेन्ज (वाद्यसंयोजन) र रामकृष्ण ढकालले स्वर दिनेछन् । नारायणगोपालका गीत संगीत र उनका अप्रकाशित सामग्रीको खोजी गर्दै आइरहेका नवराज लामाले उक्त धुन फेला पारेका हुन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ११ माघ । सरकारले बाहिरी मुलुकबाट भित्रिने अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको छ । अनावश्यक वस्तुको आयात बढी भई मुलुकको व्यापार घाटा बढ्दै गएपछि त्यस्ता वस्तुलाई रोक्ने तयारी सुरु भएको हो । मुलुकमा आयातदर बढ्दै गएपछि व्यापार घाटा चुलिदै जाँदा यसलाई कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनावश्यक वस्तुको आयात रोक्ने तयारी गरेको हो । अनावश्यक वस्तुको आयात रोक्न मन्त्रालयले तथ्यांक संकलन गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले मु्लुकमा अनावश्यक नभएका वस्तु आयात रोक्न लागिएको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ११ माघ । नेपाली कांग्रेसले सरकार र सभामुख गैरजिम्मेवार ढंगले प्रस्तुत भएको निष्कर्ष निकालेको छ । पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पु¥याएको, डा. गोविन्द केसीको मागलाई बेवास्ता गरेको, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना नै संवैधानिक परिषद्को बैठक राखी नियुक्तिका निर्णयहरु गरेकोप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौं, १० माघ । दशौं सिमरा गोल्डकप फुटबलको उपाधिका लागि फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने भएका छन् । सिमरा रंगशालामा विहीबार भएको सेमिफाइनलमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १(० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारको जितमा फोडे फोफनाले निर्णायक गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको थ्रीस्टारले दोस्रो हाफमा गोल गर्न सफल भयो । थ्रीस्टारका लागि खेलको ७१औं मिनेटमा फोडे फोफनाले गोल गरेका थिए । बाँकी समयमा दुबैतर्फबाट गोल हुन नसक्दा फोडेको गोल नै निर्णायक बनेको हो । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लबलाई १(० गोलअन्तरले…

Read More