झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १५ माघ । काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे ।…

Read More

काठमाडौँ, १५ माघ । पूर्वयुवराज पारस शाहको करिब एक घण्टाको पाटन बसाइ सोमबार धेरैको लागि चासोको विषय बन्यो । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित महादेव मन्दिर र हिरण्यवर्ण महाविहारको पूजा गर्न उहाँ पाटन जानुभएको थियो । अपराह्न १२ बजे मंगलबजारस्थित दरबार क्षेत्रमा आइपुग्दा शाहलाई स्वागत गर्नेको भीड बाक्लिएको थियो । शाहको प्रतिक्षामा बिहान १०ः१५ देखि मंगलबजारमा जमघट शुरु भएको थियो । शाहलाई सुरक्षा दिन ललितपुरका विभिन्न स्थानबाट युवाको अलग–अलग समुह आएको थियो । पाटनमा डेढ घन्टाअगाडि पूजामा व्यस्त हुनुभएको उहाँलाई एक्कासी छाती दुखेपछि आफन्त शीतल सिंहले अस्पताल भर्ना गराउनुभएको थियो । पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरेको बताइएको छ…

Read More

काठमाडौं, १५ माघ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ मा पार्टीको १४ औँ महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले महाधिवेशनको तालिका प्रस्ताव गरे पनि सभापति शेरबहादुर देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् । देउवाले साढे ५ वर्षमा मात्रै महाधिवेशन हुने बताए । ‘उहाँले (पौडेल) पढ्नुभयो, सकियो । महाधिवेशन साढे ५ वर्षमा मात्रै हुन्छ,’ देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए । अग्रिम महाधिवेशनको माग गर्दै पौडेल पक्षले देउवाको जवाफबाट असन्तुष्ट बनेको छ । पौडेलले कार्यकाल बढाउनु अनैतिक हुने भन्दै आलोचना गरेका छन् ।

Read More

काठमाडौं, १५ माघ । सात सय पाँच वर्षअघि भारतमा भएको श्रीराम तारकब्रह्म महायज्ञ नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको उक्त महायज्ञ सुनसरीको बराह क्षेत्र चतारधाममा यही माघ २७ गते सुरु हुनेछ । हरित, स्वच्छ, स्वावलम्बी, समृद्धि र संस्कारी नेपालको कामनासहित चतराधामस्थित जगतगुरु रामानन्दाचार्य सेवापीठमा उक्त महायज्ञ माघ २६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक जगतगुरु श्रीरामानन्दाचार्य सेवा पीठ एवं महायोगी सिद्धबाबा आध्यामित्कम प्रतिष्ठान भक्तपुरले विज्ञाप्तिमार्फत जानकारी दिएको छ ।

Read More

पोखरा, १४ माघ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराउनुभयो । तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेशसभा सदस्यमा विजयी हुनुभएका उहाँ शपथ लिनु अगाबै कर्तव्य ज्यान मुद्दामा कारागार चलान भएपछि हालसम्म शपथ हुन सकेको थिएन । सर्वोच्च अदालतको आदेशमा पुस ६ गते कारागर मुक्त भएपछि उहाँले पुस ११ गते प्रदेशसभा सचिवालयमा शपथका लागि निवेदन दिनुभएको थियो । शपथपछि उहाँले सरकारको कामको आधारमा सहयोग गर्ने बताउनुभयो । समग्र प्रदेशका साथै आफ्नो निर्वाचन क्षेत्रमा बाटोघाटो, शिक्षा…

Read More

दमक, १४ माघ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले देशको समृद्धि र विकासमा युवा शक्तिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । झापाका उत्कृष्ट पाँच युवालाई आज सम्मान गर्दै उहाँले युवाको सीप र दक्षतालाई देशमा नै लगानी गर्न युवाहरु स्वयं लाग्नुपर्ने बताउनुभयो । शिक्षा र सीपमा युवालाई आकर्षित गरी युवाको बढ्दो विदेश पलायनलाई निरुत्साहित गर्न प्रदेश सरकार गम्भीर रहेको उहाँको भनाइ थियो । अध्ययन र रोजगारीका लागि युवा विदेशिने क्रममा नरोकिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दक्ष युवाहरुलाई देशमै रोजगारीका अवसर सृजना गर्न सरकार प्रयत्नशील छ ।” युथ एक्सन नेपालले जिल्लाका विभिन्न पेशा–व्यवसाय र सामाजिक क्षेत्रमा उत्कृष्ट युवालाई…

Read More

भद्रपुर, १४ माघ । अधिल्लो सरकारका पालामा सुरु भएका बहु वर्षीय आयोजनाका काम रोकिएको भन्दै नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले विकास आयोजनाका काम सुचारूको मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । क्षेत्रीय सभापति गणेश पोखरेल तथा नवीन विमलीको नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहु वर्षीय आयोजनाका काम सुचारूको मागसहित ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा प्रदेश नम्बर १ कै सार्वाधिक ठूलो सुविधा सम्पन्न ११ करोड २६ लाख २७ हजारमा काम सुरु भएको सभा गृह, गिरिजाप्रसाद स्मृति सभा गृह, प्रशे नं १ को सरकारी मेडिकल कलेजको रूपमा स्थापना गर्ने लक्ष्यका साथ २०…

Read More

भद्रपुर, १४ माघ । दुई दशकयता झापाको सदरमुकाम क्षेत्र चन्द्रगढीमा आयुर्वेदिक उपचारमा सेवारत लक्ष्मी राजवंशी गरिब र असाह्य विरामीको सेवकका रूपमा परिचित छन् । घरायसी जरीबुटीको प्रयोगबाट दीर्घ रोगलगायत हाड जोर्नीका समस्या नियन्त्रण गर्न उपचार सेवा दियरहेका राजवंशीको उपचार सेवाको परिचय भने खासै खुल्न सकेको छैन । विज्ञापन र तडक भडकका पछाडि उनको सेवा गौण बनेको स्थानीय बताउने गर्छन् । पैसा नहुनेले उपचार सेवा पाउन नसक्ने व्यापारमुखी उपचार सेवाको विपरित देखिएका राजवंशीले व्यापारमुखी सेवाबाट टाढा हुँदै नागरिकको आधारभूत अधिकारको स्वरूपमा आफ्नो सेवालाई निरन्तरता दिइरहेका छन् । लक्ष्मी आयुर्वेदिक उपचार केन्द्रको नामबाट भद्रपुर १० चन्द्रगढीमा उपचार सेवा दिइरहेका राजवंशी घरआँगनमै रहेका…

Read More

काठमाडौँ, १४ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रणका लागि आम समुदायको सहयोग आवश्यक रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा खटिने प्रहरी कर्मचारीका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले समुदायको सहभागितामा समाजमा हुने अपराध रोक्न ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम आएको बताउनुभयो । “चौबिसै घण्टा नागरिक र राष्ट्र सेवामा खटिएर इमान्दार प्रयास गर्ने प्रहरीलाई समुदायको समेत उल्लेख्य सहयोग प्राप्त हुनेगरी ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम ल्याइएको हो,” उहाँले भन्नुभयो । महानिरीक्षक खनालले लागुऔषध, घरेलु हिंसा, बाल विवाह, लैङ्गिक सुरक्षाजस्ता सामाजिक अपराध प्रहरी एक्लैको प्रयासले नियन्त्रण गर्न नसकिने भएकाले यसमा नागरिकलाई समावेश गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्दै आगामी दिनमा…

Read More

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक बनाउने पहिलो खेलाडी भएका छन् । युएईविरुद्ध जारी तेस्रो खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । शतक बनाउने क्रममा पारसले १३ चौका र एक छक्का प्रहार गरेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पारसले सोमपाल कामीको सर्वाधिक व्यक्तिगत रनको रेकर्ड समेत तोडेका छन् । सोमपालले गत वर्ष नेदरल्याण्डसँगको एकदिवसीय सिरिजमा ६१ रनको इनिङ खेलेका थिए । पारसले सन् २०१२ को एसिसी ट्रफी प्रतियोगितामा कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका थिए । त्यसपछि सन् २०१६ को नेपालमै भएको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा…

Read More