
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थान वरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
गौरादह, १४ माघ । नगरपालिकाभित्रको गतिविधिलाई लिएर बारम्बार प्रश्न उठिरहने गौरादह नगरपालिकाले चारदिने सार्वजनिक सुनुवाई अभियान सञ्चालन गरेको छ । नगरपालिकाले माघ १३ गतेदेखि १७ गतेसम्म विभिन्न वडामा सार्वजनिक सुनुवाईको आयोजना गरेको हो । सार्वजनिक सुनुवाईको पहिलो दिन आइतबार वडा नं. ४ र ५ का वडाबासीहरुको गुनासो सुन्ने गरी तय गरिएको थियो । तर सार्वजनिक सुनुवाईमा वडाबासीहरु उल्लेख्य रुपमा उपस्थित भएर सुनुवाईमा सहभागी बन्लान् भन्ने आसा अनुरुप स्कुलचोनको सामुदायिक हलमा सञ्चालन गरिएको कार्यक्रममा न्युन संख्यामा वडाबासीहरु उपस्थित भएका थिए । यद्यपि थोरै संख्यामा उपस्थित भएता पनि सहभागीहरुले दर्जनौँ प्रश्नहरु राखेका थिए । सहभागीहरुले उठाएका विषयप्रति जनप्रतिनिधिले दिएको जवाफसँग दिए पनि…
घोडाघोडी, १४ माघ । कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् । नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस्था नहुँदा मर्दै गएको हेरालु लालसिङ धाँमीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ गाईबस्तुलाई पिउने पानी नभएको, खानेकुराको अभाव भएको र चिसोको महीना खुला आकाशमुनि हुँदा पनि गाईबस्तु मरेका हुन् । शुरुमा करीब तीन हजारको सङ्ख्यामा गाईबस्तु रहे पनि अहिले जम्मा १५० मात्र छन् ।” नगरपालिकाले ठूलो रकम खर्च गरे पनि पशु चौपायालाई चरीचरन र पानीको उचित व्यवस्था गरिएको…
दमक, १४ माघ । झापाको दमक–३ बेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा आइतबार अपराह्न आगलागी भएको छ । आगलागीबाट त्यहाँका एक दर्जन छाप्रा नष्ट भएका छन् । अपराह्न ५ बजेतिर आगलागी हुँदा शिविरका सात वटा घर पूर्ण रुपमा जलेको थियो भने अन्य पाँच वटा घर आगो निभाउने क्रममा भत्काइएको थियो । आगो बेलडाँगी २ सेक्टर वी ४ की अनिता राईको छाप्रा नं १०२ बाट शुरु भएको थियो । आगो कसरी सल्किएको भन्ने खुल्न सकेको छैन । अहिले आगो नियन्त्रणका क्रममा रहेकाले क्षतिको पूर्ण विवरण आई नसकेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताउनुभयो ।
सुरुङ्गा, १३ माघ । पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए । सो समयमा डाका समूहले गाउँमा हवाई फायर र बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो । दुगडको दाहसंस्कार हातखुट्टा…
भद्रपुर, १३ माघ । अवैध रूपमा भारतीय कुखुरा नेपाल ल्याइने गर्दा नेपाली कुखुरा व्यावसाय धरासयी भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । खुला सिमानाका कारण झापामा भारतीय कुखुरा अवैध आयात गरिदा नियमनकारी निकायले चासो नदेखाउदा नेपालको पोल्ट्री ब्यावसाय धरापमा पर्ने परेको भन्दै व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षण गराएका हुन् । सिमा क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीको बेवास्थाकै कारण प्रतिबन्धित भारतीय कुखुरा व्यापारीहरुले नेपाल भित्राइरहदा समेत प्रशासनको मौनताका कारण नेपाली व्यावसाय धरासायी बन्दै गएको व्यावसायीको गुनासो छ । भारतवाट अवैघ रूपमा विचौलियाहरु मार्फत नेपाल आयात हुने प्रतिवन्धित कुखुरा बन्द गर्न आफुहरुले पटक पटक प्रमुख जिल्ला अधिकारी…
भद्रपुर, १३ माघ । भारतको गणतन्त्र दिवसको अवसर पारेर भद्रपुरमा शुभकामना आदान प्रदान गरिएको छ । नेपाल भारत मैत्री संघको आयोजनामा भद्रपुर स्थित सामुदायिक विकास केन्द्रको सभाहलमा दुई देशका प्रतिनिधि बीच शुभकामना आदान प्रदान गरिएको हो । मैत्री संघका झापा अध्यक्ष प्रदिपमणि रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भारत नेपाल मैत्री संघका गणेश प्रसाद राया, अग्रज पत्रकार चिन्तामणि दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
काठमाडौँ, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हालै प्रतिनिधिसभाबाट पारित भएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक –२०७५’ मा प्रा डा गोविन्द केसीसहित सबै पक्षसँग भएका सम्झौता तथा सहमतिको सार भएकाले अब उक्त विधेयक राष्ट्रियसभाबाट पारित गरेर कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा शिक्षामन्त्री पोखरेलले सो विधेयकमा चिकित्सा शिक्षा आयोगले नक्शाङ्कन गरेका आधारमा मात्र मेडिकल कलेज खोल्न पाइने व्यवस्था भएकाले जथाभावी मेडिकल कलेज खोल्ने विगतको परम्परालाई अन्त्य गरेको बताउनुभयो । उहाँले आफूले सम्मान गर्दै आएका प्रा डा केसीसहित सबै पक्षसँगको भावनालाई टेकेर बनाइएको विधेयक अहिलेसम्मकै सर्वाधिक मूलभूत विषय समेटिएको ठूलो उपलब्धि भएको जिकिर गर्नुभयो ।…
सुनसरी, १३ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लौकही बस्ने त्रिलोचन यादवको धान र पटुवा गोदाममा आगलागी हुँदा अन्दाजी १ करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ । बिहान सवा ९ बजे भएको आगलागीबाट यादवको १ तले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४ सय ५०क्विन्टल धान, अन्दजी १ करोड २५ लाख ७० हजार मूल्य बराबरको ५ हजार मन सनपाट (पटुवा) र अन्दाजी ६० हजार मूल्य बराबरको आंशिक रुपमा घर जलेको छ । उक्त आगलागी दुहबी, ईटहरी र ईनरुवा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो १ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको हो…
मोरङ, १३ माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ मा आइतवार स्कुटर दुर्घटनामा परि २ जना घाइते भएका छन् । बिहान १० बजे पश्चिमतर्फ जाँदै गरेको को ३६ प. ३०३२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुरमा सवार चालक विराटनगर महानगरपालिका–११ बस्ने १९ बर्षका उज्वल खरेल र पछाडी सवार रहेका उर्लावारी नगरपालिका–१ बस्ने १८ बर्षकी सोनु तामाङ घाइते भएकी हुन् । दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि पथरी अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।