झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ पुस । सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रविबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पुर्याएको छ । औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागमा सूचना अधिकारी सन्तोष केसीले बताए । प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाटै हटाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २३ पुस । नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल बारफेयर शिक्षालयमा अहिलेसम्म सबैभन्दा धेरै चिनियाँ सैनिकले तालिम लिएका छन् । सेनाले आतंकवाद र गुरिल्ला विद्रोहको सामना र नियन्त्रण गर्ने अभ्यास बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगन्जमा सञ्चालन गर्दै आएको छ । सेनाले उपलब्ध गराएको विवरणअनुसार शिक्षालयमा १० हप्ते विदेशी सैनिकलाई काउन्टर इन्सर्जेन्सी तथा जंगल वारफेयर कोर्स सञ्चालन हुँदै आएको छ । आजको नयाँ पत्रिका दैनिकमा छ ।

Read More

बिर्तामोड, २३ पुस । ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ ले नेपाल दशनामी समाज अर्जुनधारा –११ को समूहलाई प्रशिक्षण दिएको छ । उनीहरुलाई ऊँ नमः शिवायको शेयर सदस्य बन्दा हुने फाइदा र नबन्दा हुने बेफाइदाका विषयमा आइतबार सालवारीमा एकदिने प्रशिक्षण दिइएको हो । समुहका अर्जुनधारा–११ अध्यक्ष राधेश्याम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज झापा वरिष्ठ उपाध्यक्ष एलवहादुर गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ठ अतिथि अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, अतिथि प्रदेश नं. १ का सदस्य, सुशिला गिरी, चित्रबहादुर भारती, बयोबृद्ध हर्कराज गिरी, मनप्रसाद भारती, समुहकी सचिव लक्ष्मी भारती लगायत ३२ जना दशनामी बन्धुहरुको सहभागिता…

Read More

सिन्धुपाल्चोक, २३ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो । बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

सान नेपाल गौरादह, २३ पुस । आरम्भ फाउण्डेशनले सामाजिक कार्यमा थप सक्रिय भएर अगाडि बढ्ने लक्ष्यसहित राष्ट्रव्यापी भेला आयोजना गरेको छ । फेलोसिप मीट नामक उक्त भेलामा विभिन्न जिल्लाबाट आएका संस्था पदाधिकारीसहित केन्द्रीय पदाधिकारीको सहभागिता रहेको थियो । बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बालमैत्री वातावरणलाई संरक्षित गर्दै सामाजिक हितका निम्ति अघि बढ्ने मुलभूत उद्देश्यमा रहेर स्थापना गरिएको यस फाउण्डेशनको स्थापना २०७२ साल साउन १८ गते भएको हो । स्थापना भएबाटै सक्रिय रुपमा सामाजिक कार्यमा देखापरेको यस संस्थाको झापा, चितवन, कास्की, लम्जुङ र काभ्रेमा जिल्ला च्याप्टरहरु गठन भइसकेको जानाइएको छ । गौरादहमा सम्पन्न भेलामा संस्थाले आगामी दिनमा सामाजिक रुपमा बहन गर्नुपर्ने दायित्व…

Read More

काठमाडौं, २३ पुस । झापाको बीएण्डसी मेडिकल कलेजलाई तत्काल सम्बन्धन दिने गरी शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पारित गरेको छ । तर, कांग्रेसले फरक मत राखेको छ । उपससमितिको शुक्रबार बसेको बैठकमा संयोजक भैरवबहादुर सिंहले प्रतिवेदन पारित भएको घोषणा गरेका हुन् । प्रतिवेदनमा ‘एउटा विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन सक्ने छैन तर, यो ऐन प्रारम्भ हुनु अघि सम्बन्धन पाइसकेका, आसयपत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला बाहेकका शिक्षण संस्थाको स्थापना र सञ्ञ्चालन गर्न यो उपदफाले बाधा पुग्ने छैन’ भनिएको छ । आसयपत्र लिई मापदण्ड पूरा गरेर सम्बन्धनको पखाईमा रहेको उपत्यका…

Read More

बनियानी, २३ पुस । झापाको गौरीगञ्ज गाउँपालिका–२ हेमनाडाँगीमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज–२ का जोगेन टुडूको घरमा आगलागी हुँदा उनको श्रीमती ४५ वर्षीया सुनिता टुडूको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार राति मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलको टुकीबाट आगो सल्किएर ओछ्यानमा आगलागी सुनिताको मृत्यु भएको हो । घटनाको थप अनुसन्धान पछि शव पोष्टमार्टमका लागि दमकस्थित आम्दा अस्पताल पठाइएको जिप्रका झापाले जनाएको छ । यसअघि झापाको शिवसताक्षी–७ स्थित लालझोडामा मंसिर २५ गते राति आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको थियो । सुतिरहेको अवस्थामा…

Read More

काठमाडौँ, २२ पुस । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आज विमोचन गर्नुभयो । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताउनुभयो । “अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उहाँले भन्नुभयो, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गर्नुभएको छ ।” विमोचन कार्यक्रममा ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’का प्रमुख भोजराज श्रेष्ठ, आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य खड्ग मगर र आदिवासी जनजाति चलचित्र महासङ्घका महासचिव अमर सुनुवारले कलाकार छन्त्यालले आफ्नो म्युजिक भिडियोमा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या उजागर…

Read More

बुटवल, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उहाँले यस अवसरलाई खेर पाल्न नहुने बताउनुभयो । वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को आज बुटवलमा विमोचन गर्दै अध्यक्ष दाहालले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाउनुभयो । उहाँले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा…

Read More

काठमाडौँ, २२ पुस । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो । थ्रिस्स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । खेलको पहिलो हाफको २८औँ मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको दोस्रो हाफको ८८औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले…

Read More