
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमुख प्रतिपक्षी दल नेपाल काङ्ग्रेसलगायत सबैलाई आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नु सबै जिम्मेवारी भएकामा जोड दिँदै आर्थिक प्रगतिको दिशामा अघि बढ्न सुशासन र विकासको महाभियानमा सहकार्य गर्न आग्रह गर्नुभयो । सम्बोधनको पूर्ण विवरण : सभामुख महोदय, विधेयक अधिवेशनका रुपमा रहेको प्रतिनिधिसभाको यस अधिवेशनको आजको बैठकमा मलाई मेरा भनाइ राख्ने अनुमति दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अहिलेको हाम्रो कार्यभार भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नु र आर्थिक…
द्रोण अधिकारी भद्रपुर, २२ पौष । हुलाकी सडक अन्र्तगत लिङ्क रोडका रूपमा रहेको निर्माणाधीन चारआली—केचना सडकको चन्द्रगढी खण्डको वी पी चौक दक्षिण क्षेत्रमा आज विहानबाट स्थानीयले सडक अवरोध गरेकाकारण आवतजावतमा यात्रुले समस्या भोग्नु परेको छ । सडक निर्माणको दुर्इृ वर्षे अवधिमा व िपी चौक दक्षिण चन्द्रगढीसम्मको लगभग एक किलोमिटर सडक बन्ने नबने निश्चित हुन नसकेको, सडकमा परेका खाल्डाखुल्डीले यात्रा जोखिम बढाएको, सडक निर्माण जिम्मा लिएको निर्माण कम्पनीले सडक लथालिङ्ग बनाएर वेवास्ता गर्दा जनस्वास्थ्यमा नकारात्मक असर परेको भन्दै छिटो निर्माण सम्पन्न गराउन दवाव स्वरूप सडक अवरोध गरिएको हो । निर्माण ठेकेदारले नाली खन्ने र सडक सम्याउने काम अन्य स्थानमा गरेको भए…
केशवराज भण्डारी झापा, २२ पुस । पशुपालन तथा दूध उत्पादक संघ झापाको प्रथम वार्षिक साभा तथा अधिवेसन वाट नेतृत्वमा पुनः लक्ष्मि प्रसाद ( एलपी) सिटौला निर्विरोध अध्यक्ष पदमा चयन भएका छन । सिटौलाकै अध्यक्षतामा सञ्चालन भएको साधारण सभाको खुल्ला सत्रमा भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तवहादुर विष्ठ प्रमुख अतिथी रहेका थिए भने, विसिष्ठ अथितीहरुमा मेचिनगर नगरपालिका मेयर विमल आचार्य, पशु तथा मत्श्य विकास निर्देशनालय पैदेश १ का डा लेखराज दहाल, रहेका थिए भने अन्य अतिथीहरुमा प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालय वजेट महाशाखाका प्रमुख हरिहर पौडेल, पशुपन्छि निर्देशनालय प्रदेश नं. १ का वरिष्ठ पशु विकास…
रमेश लम्साल काठमाडौँ, २२ पुस । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यक्ति वा कुनै पनि सङ्घसंस्थालाई आर्थिक सहयोग नगर्न तथा नगराउन आग्रह गरेको हो । पछिल्लो समयमा समितिलाई अटेर गर्दै बस्नेत र उहाँको समूहले पुनः रकम उठाउन थालेको भन्ने जानकारी आएपछि त्यस्तो सूचना गरिएको आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो । बस्नेतले कोहिनुर हिल हाउजिङ कम्पनी समेतमा सूचना प्रकाशित गरी पुनः रकम उपलब्ध गराउन आग्रह गरेपछि समितिले त्यस्तो सूचना प्रकाशित गरेको हो । भेगासिटीको समेत अध्यक्ष बस्नेत,…
रवीन्द्र काफ्ले फिदिम, २२ पुस । नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएको छ । यही बजेटबाट अहिले लिफ्टिङ तथा पम्पिङ प्रणालीका दुई खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन् । पानीका मुहानहरु सुक्दै गएपछि खानेपानीको चर्को अभाव झेल्दै आएका स्थानीय बासिन्दाको समस्या समाधानका लागि यासोक क्षेत्र खानेपानी आयोजना र आङ्ना मौवा क्षेत्र खानेपानी आयोजना निर्माणाधीन अवस्थामा रहेका खानेपानी तथा सरसफाइ…
काठमाडौँ, २२ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनुभएको छ । आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका रुपमा आफूले विभिन्न समस्या पाएको र अहिले मुलुकले स्वस्थ र सन्तुलित परराष्ट नीति अवलम्बन गर्दै राष्ट्रिय हित अनुकूल परराष्ट सम्बन्धको विकास गरिरहेको दाबी गर्नुभयो । राष्ट्रिय सञ्चार माध्यमका प्रमुखहरुसँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री ज्ञवालीले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप स्वीकार नगर्ने र समृद्धि अनुकूल अन्तर्राष्ट्रिय सम्बन्धको विकास गरिरहेको स्पष्ट पार्नुभयो । उहाँले नेपालको विदेश नीतिको मुख्य आधार राष्ट्रिय हित रहेको पुनःस्मरण गराउनुभयो । सङ्घीयताको सन्दर्भमा कूटनीतिक आचारसंहितालाई समेत परिमार्जन…
काठमाडौँ, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च २५ दशमलव तीन प्रतिशतले वृद्धि भएको र सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको जानकारी दिनुभयो । उहाँले मूल्य वृद्धि ३ दशमलव ७ प्रतिशत रहेको, वैदेशिक सहायता रु एक खर्ब ६२ अर्ब ७२ करोड प्राप्त भएको, उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको र व्यापार घाटा १ दशमलव ५ प्रतिशत घटेको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिपक्षलाई रचनात्मक…
किरण पौड्याल इलाम, २२ पुस । चिया केका लागि पिइन्छ ? जवाफका लागि पर्खनु पर्दैन, स्वादका लागि । हरेक बिहान अधिकांश नेपालीका घरमा चिया पिइन्छ । धेरैले चिया स्वादकै लागि पिउँछन् । हामीले पिउने चिया पनि आ–आफ्नै छन् । कोही चियामा दूध मिसाएर त कोही नमिसाई । हरेक तरिकाले फरक–फरक स्वाद चियामा पाउन सकिन्छ । हामीले पिउने चिया दुईदेखि तीन प्रकारका छन् भने दाम पनि किलोको दुई सयदेखि एक हजारसम्म । तर इलामको एउटा प्रशोधन केन्द्रमा स्वाद र गुणस्तरअनुसार फरकफरक २५ प्रकारका चिया प्रशोधन गरिन्छ । इलाम नगरपालिका–४ को जस्बिरे टी प्रशोधन उद्योगमा बनाइने यी चियाको दाम सुन्दा धेरैलाई विश्वास…
भद्रपुर, २१ पुस । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुरको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रदेश १ का सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम सहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आ.व. २०७४÷७५ को असार मसान्तसम्ममा १ करोड ६३ लाख ४१ हजार ५ सय ९४ रुपैयाँ आम्दानी र १ करोड २९ लाख ३ हजार ६५ रुपैयाँ खर्च सहितकोे प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष अधिकारीले सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप…
काठमाडौँ, २१ पुस । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताउनुभएको छ । त्रिचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका– २६ ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले दुई तिहाईको सरकारले संविधानको भावनाबमोजिम काम नगरेकाले जनताको विश्वसनीयता घटेको बताउनुभएको हो । बहुमतकोे बलमा सरकारले आदलतमा विचाराधिन मुद्दाका आरोपी रेशम चौधरीलाई शपथ खुवाएको र वाइडबडी जाहाज किनबेचमा भएको घोटलालाई पनि ओझेलमा पार्न खोजेको नेता सिंहले उल्लेख गर्नुभयो उहाँले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न बिपी कोइराला र गणेशमान सिंहले राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताउनुभयो । प्रदेश सांसद जीवन डङ्गोलले बिपी कोइरालाले लिएको…