झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज  आयोजित पत्रकार भेटघाटमा उहाँले काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काङ्ग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताउनुभयो । “नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो ।

Read More

हिलिहाङ, १७ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले वाइड बडी जहाज खरीद प्रक्रियामा रु चार अर्ब बढी घोटाला भएको भनिए पनि सरकारले खरीद प्रक्रियामा संलग्नलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान पार्टीका कार्यकर्तासँगको भेटघाटमा पूर्वसिँचाइमन्त्री यादवले देशमा भ्रष्टाचार र हत्याहिंसा बढेको, ३३ किलो सुनकाण्डमा संलग्नलाई अहिलेसम्म पक्राउ गरी कारवाही गर्न नसकेको, निर्मला पन्त हत्याकाण्डका दोषी पत्ता लगाउन नसकेको जस्ता क्रियाकलापले सरकार कमजोर भएको विचार व्यक्त गर्नुभयो । यस्तै विनाप्रतिस्पर्धा अरुण तेस्रो भारतलाई र बूढीगण्डकी चीनको कम्पनीलाई दिएर सरकारले भ्रष्टाचारको चरमसीमा नघाएको उहाँको भनाइ थियो । अहिले काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता…

Read More

काठमाडौं १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनुभएको छ । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ…

Read More

इलाम, १७ पुस । मेचीका चार जिल्लाको पर्यटकीय स्थल र सांस्कृतिक विषयको प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ५ गतेदेखि शुरु भएको मेची पर्यटकीय क्षेत्र महोत्सव आज सम्पन्न भएको छ । महोत्सवको समापन अवसरमा प्रदेश नं १ का उपसभामुख सरस्वती पोख्रेलले पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गर्न सबै जुट्नुपर्ने बताउनुभयो । मेची क्षेत्र पर्यटन प्रवद्र्धन समितिका महासचिव देवी पौड्यालले आउँदा चार वर्षसम्म वर्षेनी मेचीका चार जिल्लामा हुने यो महोत्सव आउँदो वर्ष ताप्लेजुङमा गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो । महोत्सवमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राम्हण जातिका जातीय वेशभूषा र बाजागाजासहित पदयात्रा निकालिएको थियो । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सन्थाल नाच,…

Read More

सान नेपाल गौरादह, १७ पुस । गौरादह नगरपालिकामा बेथिति र विसङ्गति बढेको भन्दै सरोकारवालाहरु सोको नियन्त्रण र नियमन गर्न हदैसम्मको उपाय अपनाउने प्रयत्नमा जुटेका छन् । जनप्रतिनिधिहरु आफू खुसी चलेको, कर्मचारीलाई जनप्रतिनिधिले नियन्त्रणमा राखेर काम गराउन असफल बनेको र कमाउ धन्दामा लागेको आरोप लगाउँदै आएका नागरिक अगुवाहरुले सोमबार नगरपालिकामा अल्टिमेटम सहितको माग पत्र बुझाएका छन् । सुशासनका लागि खबरदारी गर्ने उद्देश्यले संघर्ष समितिले अल्टिमेटमसहति माग पत्र बुझाएको हो । अनियमितता र अन्योलपूर्ण स्थितिले नगरपालिकालाई ठूलो चुनौती थपिएको संघर्ष समितिले जनाएको छ । नगरपालिकामा बुझाइएको माग पत्रमा जनस्तरबाट आएका गुनासा र सुझावहरुलाई समेत समावेश गरिएको संघर्ष समितिका अध्यक्ष राजकुमार दाहालले बताए…

Read More

बिर्तामोड, १७ पुस । बिर्तामोडको भद्रपुररोडमा सञ्चालित ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको आज भव्य शुभारम्भ हुँदैछ । फर्निचर सोरुमको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नेछन् । युवा व्यवसायी प्रनिल धिमालले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय फर्निचर उपलब्ध गराउने उद्देश्यले ‘सोफा इम्पेरीयम प्रिमियम’ सञ्चालनमा ल्याइएको बताए । सोरुम करिब रू १ करोड ४० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । सो रुममा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकाले सबैलाई उपयुक्त हुने उनको भनाइ छ । न्यूनतम दुई हजार ५०० देखि १ लाख ५० हजार रुपैयासम्मका एलसेट सोफा, दराज, अफिस…

Read More

बनियानी, १७ पुस । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रू १४ लाख बराबरको क्षति भएको छ । झापाको बाह्रदर्शी गाउँपालिका–५ स्थित सातडिग्रीका बलबहादुर दर्जीको एक तल्ले कच्ची घरमा सोमबार आगलागी हुँदा करिब रू ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भई दर्जीको घरमा सोमबार दिउँसो १ः३० बजे आगलागी भएको हो । आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा करिब २ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएइको छ । त्यस्तै, कचनकवल गाउँपालिका–४ स्थित खुट्टामुनीमा ८ बिघा क्षेत्रफलमा लगाइएको धानको कुनिउमा सोमबार आगलागी हुँदा रू ६ लाख बराबरको क्षति…

Read More

यज्ञराज आङ्देम्बे दमक, १६ पुस । प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिनुभयो । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष…

Read More

बिर्तामोड, १६ पुस । मोरङको विराटनगरस्थित एक रेष्टुरेन्टबाट ल्यापटप चोरेर झापाको बिर्तामोडमा बेच्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवल–२ का ३० वर्षीय रविन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोनी कम्पनीको ल्यापटप विराटनगरस्थित महाराज रेष्टुरेन्टबाट चोरी गरी ल्याएको र बिर्तामोड–५ किरात चोकमा बिक्री गर्न लागिएको भन्ने गोप्य सूचनाका आधारमा ल्यापटप र स्पिकरसहित नेपाललाई पक्राउ गरिएको हो । थप अनुसन्धानको लागि बरामद सामानसहित नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रहरीले जनाएको छ ।

Read More

सान नेपाल गौरीगञ्ज, १६ पुस । गौरीगञ्ज गाउँपालिका भित्र सेवा गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई गाउँपालिकाले साइकल वितरण गरिएको छ । गाउँपालिकाभित्र रहेका ४ वटा स्वास्थ्य केन्द्रका ४० जना महिला स्वयम्सेविकाहरुलाई एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले साइकल वितरण गरेका हुन् । गाउँपालिकाले स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही ७ हजार मूल्य बराबरको साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै अध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवामा स्वयम्सेविकाहरुले प्रभावकारी तवरले काम गर्न सकुन् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए । यसअघि स्वास्थ्य स्वयम्सेविकाहरु हिँडेरै सेवा पु¥याउने गरेका थिए । गाउँ–गाउँमा पैदल हिँडेर स्वास्थ्य सेवा पु¥याउन विभिन्न कठिनाई आउने भएकाले साइकल वितरण गरिएको गौरीगञ्ज गाउँपालिका…

Read More