झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १० माघ । वरिष्ठ साहित्यकार प्रा मोहनराज शर्माको आज ८१ वर्षको उमेरमा निधन भएको छ । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित उहाँको कलङ्कीस्थित नेशनल अस्पतालमा आज बिहान निधन भएको हो । शर्माका समालोचनाका साथै नाटक, कथा, कविता, उपन्यास, भाषाशास्त्र आदि विषयमा प्रशस्तै कृति प्रकाशित छन् । उच्च शिक्षाको नेपाली विषयमा शर्माका कृतिहरूको अध्ययन गरिन्छ । उहाँको जन्म विसं १९९४ कात्तिकमा काठमाडौँमा भएको थियो । त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्रा डा लक्ष्मणप्रसाद गौतमका अनुसार शर्माका छोरा विदेशबाट आउन समय लाग्ने भएकाले शुक्रबार मात्र अन्त्येष्टि गरिनेछ । शर्माको पार्थिव शरीर आज पशुपतिको शवगृहमा राखिएको छ । डा गौतमले शर्मा…

Read More

झापा, १० माघ । बिशेष सुराकीको आधारमा प्रहरीले झापाको छुट्टाछुट्टै स्थानबाट बुधवार सखुवाको चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सुरुङगा र कन्काई सब डिभिजन बन कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले झापाको कन्काई नगरपालिका–४ बस्ने चन्द्र चौहानको घरमा लुकाई छिपाई राखेको १८ थान २०.३५ क्युबि फिट र कन्काई नगरपालिका–४ बस्ने सुकबहादुर श्रेष्ठले गाईगोठमा लुकाई छिपाई राखेको २३ थान १४.१७ क्यु.बि. फिट काठ बरामद गरेको हो । बरामद गरेको उक्त परिमाणको चिरान काठ कन्कााई सब डिभिजन बन कार्यालय सुरुङ्गामा बुझाईएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

Read More

एउटा फिल्मले घोषणा गरेको मितिमा अर्को फिल्म पनि रिलिजका लागि तयार हुनु आश्चर्यजनक कुरा होइन । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् अनि ५२ वटा हप्तामा कुनै फिल्मले एकल प्रदर्शनको अवसर पाउनु लगभग असम्भव छ । यसबीच पनि केही गिनेचुनेका कलाकारका फिल्मले भने प्रायः सोलो रिलिज पाइरहेका हुन्छन् । गिनेचुनेका कलाकारको लिस्टमा अग्रस्थानमा आउने नाम हो( अनमोल केसी । लगातार उनी अभिनीत फिल्मले बक्सअफिसमा धूम मच्चाएका कारण कुनै निर्माता उनका फिल्मसँग एउटै डेटमा आउन चाहँदैनन् । आउँदै नआएका भने चाहिँ होइनन् तर जुध्न आएका फिल्मको बक्सअफिस रिपोर्ट सुनाउन लायक छैन । गत वर्ष प्रदर्शनमा आएको फिल्म ुकृु पछि अनमोलको स्टारडम…

Read More

विराटनगर, १० माघ । १ नम्बर प्रदेश अन्तर्गत उदयपुर र मोरङ जिल्लाबाट प्रहरी लागूऔषध सहित ७ जनालाई पक्राउ गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३ काली खोला किनारबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । लागूऔषधसहित उदयपुर बेलाका नगरपालिका–४ गुरुङचौरी बस्ने बर्ष ३३ को राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ को अर्जुन राई, बर्ष २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका–३ बसाहा बस्ने बर्ष ३० को मीन बहादुर मगर र सप्तरी सप्तकोशी नगरपालिका–१ बस्ने बर्ष ३६ को मनोज मगरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले खोलाको किनारमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने…

Read More

बिर्तामोड, १० माघ । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी तयारी बारे जानकारी गराइएको हो । हेलिकप्टरमार्फत पुष्पवृष्टि गराउँदै महोत्सवको समुद्घाटन गर्ने आयोजक समितिको तयारी छ । महोत्सव आयोजक समितिका संयोजक प्रकाश शिवाकोटीले मेलाको तयारीबारे पत्रकार सम्मेलनमा लिखित विवरणहरु वाचन गरेका थिए । महोत्सवमा दुई लाखभन्दा बढी मानिसहरु सहभागी भई मेला अवलोकन…

Read More

काठमाडौँ, १० माघ । द्वन्द्वका मानव अधिकार उल्लंघन दोषीलाई उन्मूक्ति दिने गरी सरकारले विधेयक ल्याउने तयारी गरेको छ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई संशोधन गर्न बनेको विधेयक’ मा पीडकलाई जेल जान नपर्ने व्यवस्था गरिएको छ । द्वन्द्वकालमा भएका जुनसुकै घटनाका दोषीलाई नेपालको प्रचलित कानुनअनुसार सजाय नहुने विधेयकमा उल्लेख छ । ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि,’ प्रस्तावित मस्यौदामा भनिएको छ , ‘दफा ३० कसुरमा दोषी ठहरिएको कसुरदारलाई संक्रमणकालीन न्यायका मान्य सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा यस दफाबमोजिमको सजाय गरिनेछ ।’ उक्त विधेयकको ‘दफा ३० क’ मा द्वन्द्वकालीन मुद्दाको सुनुवाइ गरी न्यायिक किनारा लगाउन विशेष…

Read More

काठमाडौं, १० माघ । नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्कोटा र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो । पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त रिट विचाराधीन…

Read More

झापा, १० माघ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न छ सूत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टेकबहादुर खजुम, महासचिव चन्द्र गिरी लगायतको टोलीले बिर्तामोड र अर्जुनधारा नगरपालिका प्रमुखलाई विभिन्न ६ सुत्रीय माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले व्यवसाय सञ्चालनमा सहजता प्रदान गर्न माग गर्दै व्यवसायीले स्थानीय तहबाट कर सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्ने, स्थानीय तहबाट व्यवसायी संघको समन्वयमा उद्योगहरुको अनुगमन गरिनुपर्ने, फर्निचरमा जनशक्तिलाई स्थानीयस्तरमा आवश्यक सिपमुलक तालिमको व्यवस्था गरी दक्षजनशक्ति उपलब्ध गराउनुपर्ने, अन्य देशबाट कामदार ल्याउने कार्य बन्द गर्नुपर्ने तथा ल्याएमा निश्चित मापदण्ड पूरा गर्नुपर्ने, प्रतिबन्धित पुराना घरका…

Read More

शिवसताक्षी, १० माघ । हृदयघात भई कुवेतमा निधन भएका झापा, शिवसताक्षी–९ माइधारका ३७ वर्षीय विष्णुकुमार घिमिरेको परिवारलाई झापाली समाज कुवेतले नगद १ लाख ५० हजार ५ सय रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत कात्तिक ३० गते कुवेतमा निधन भएका घिमिरेको परिवारलाई समाजका उपाध्यक्ष रामजी अधिकारीको नेतृत्वको टोलीले समाजका तर्फबाट प्राप्त भएको उक्त रकम र समाजमा घिघिरे बचत गरेको बचत वापतको रकमसहित एकमुष्ठ १ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । उक्त चेक स्वर्गीय घिमीरेकी धर्मपत्नी निर्मला सुवेदी घिमीरेलाई हस्तान्तरण गरिएको थियो । चेक शिवसताक्षी–९ का वडाध्यक्ष कर्णबहादुर थापा,झापाली समाज कुवेतका उपाध्यक्ष अधिकारीलगायतले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।…

Read More

काठमाडौँ, १० माघ । कांग्रेस सांसद आ–आफ्नो स्थानमा उभिएपछि सभामुख कृष्णबहादुर महराले भने, ‘माननीय प्रकाशमान श्रेष्ठलाई बोल्न समय दिन्छु ।’ सांसदहरु गलल्ल हाँसे ।’ श्रेष्ठ होइन सिंह’ फ्लोरबाट आवाज आएपछि महराले भने, ‘सरी, सरी सिंह ।’ त्यसपछि कांंग्रेस नेता सिंह बोल्न थाले । आज त सभामुखज्यू सुरुमै चिप्लिनुभयो भन्दै मंगलबार संसद्मा गाइँगुई चल्यो । संसदीय प्रक्रियामा हरेक दिनजसो ‘चिप्लिँदै’ आएका छन् , सभामुख महरा । संसदीय प्रक्रियामा ‘चिप्लनु र अपरिपक्वता’ प्रदर्शन गर्नु महराको सामान्य नियतिजस्तै बनेको छ । तर मंगलबारको उनको गतिविधिलाई अपरिपक्वता वा सामान्य चिप्लाई मात्र मान्न तयार छैन, सत्तापक्ष । कांग्रेसले संसद् अवरोध गर्ने जान्दाजान्दै महराले विधेयक पारित…

Read More