झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भारतको निरन्तर आरोपपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ । अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ । रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर .पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ । पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ । आदेशमा भनिएको छ ‘हामीलाई विश्वास…

Read More

काठमाडौँ, १० फागुन । भूमि व्यवस्था, गरीबी निवारण र सहकारीमन्त्री पद्माकुमारी अर्यालले अबको सवा महीनाभित्र काठमाडौँ उपत्यकाको एउटा मालपोत र नापी कार्यालयलाई प्रविधिको हिसाबले नमूनायुक्त कार्यालय बनाउने घोषणा गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षत्कारमा उहाँले असार मसान्तभित्र काठमाडाँै उपत्यकाका सबै र अबको डेढवर्षभित्र मुलुकका १३१ वटै मालपोत कार्यालयलाई प्रविधिमैत्री बनाउने दृढता व्यक्त गर्नुभयो । मालपोत र नापीमा देखिँदै आएको विकृति र विसङ्गति सुधार्ने भनेको प्रणालीका आधारमा हो, त्यसका लागि सेवालाई प्रविधिसँग जोडेर लैजान र ती कार्यालयलाई सुधार्न प्रयत्न भइरहेको छ, अब पुराना फाइल बोक्ने होइन, पेनड्राइभका आधारमा सेवा प्रदान हुनेछ मन्त्री अर्यालले भन्नुभयो । अहिले नापी…

Read More

नाइजेरिया, १० फागुन । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् । “५९ जना लुटेराहरु मारिएका छन् र भिडन्तका क्रममा हाम्रा सात जना गाउँलेको पनि ज्यान गयो । यो भिडन्त झण्डै चार घण्टा चलेको थियो,” डानिजिग्बा गाउँका निबासी बुबे शेगुले बताउनुभयो । स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताएका छन् । डानमार्क भन्ने अर्को गाउँमा पनि १५ जना लुटेरा मारिएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । उत्तर पश्चिम नाइजेरियाको बिग्रदो शान्ति सुरक्षाको अवस्थाले राष्ट्रपति मोहम्मदु बुहारीमाथि चुनौती बढेको…

Read More

तुलसीपुर, १० फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भन्नुभयो । “तुलसीपुर उपमहानगरपालिकासँग विद्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पु¥याउन लाग्नेछौँ”, उहाँले भन्नुभयो । अर्को फरक प्रसङ्गमा प्रदेश नंं ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा…

Read More

काठमाडौँ, १० फागुन । राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ । कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी÷अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन गरी प्रदान गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा विश्वभर अपाङ्ग दिवस मनाइरहँदा नेपालमा पनि आवश्यकता महसुस गरी स्थापना भएको कोषले अपाङ्ग व्यक्तिलाई चाहिने सामाग्रीसमेत उत्पादन गर्दै आएको छ । कोषका प्रशासन प्रमुख सुनिता पौडेल वार्षिक रुपमा एक हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई कोषले सामाग्री प्रदान गर्दै आएको बताउनुहुन्छ । “केन्द्र र घुम्ती शिविरमार्फत अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आइरहेका छौँ,”उहाँ भन्नुहुन्छ । कोषले गत वर्षमात्र…

Read More

काठमाडौँ, १० फागुन । संयुक्त अधिराज्यले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटमा उक्त देशका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरले आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने दृढता व्यक्त गर्नुभएको हो । नेपाल–बेलायत सम्बन्धका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श भएको भेटवार्तामा बेलायतबाट नेपाललाई निरन्तर सहायता प्राप्त भएकामा मन्त्री ज्ञवालीले हार्दिक कृतज्ञता व्यक्त गर्नुभएको थियो । नेपालको विकास–निर्माण, शान्ति प्रक्रिया, आपत्कालीन सहयोगलगायत बेलायतबाट प्राप्त सहयोग, नेपालको विकासको विश्वासिलो साझेदार तथा बहुआयामिक सम्बन्धयुक्त उक्त देशप्रतिको नेपाल र नेपालीको धारणाजस्ता विषयमा आफूहरूले छलफल गरेको मन्त्री ज्ञवालीले राससलाई जानकारी दिनुभयो ।…

Read More

काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स ९युएई०लाई सात विकेटले पराजित गरेको छ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७।३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो । यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक…

Read More

मङ्गलबारे, १० फागुन । चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत रु ५९ करोड ८२ लाखको बजेट रहेका दुई सडक कालोपत्र गर्ने आयोजना शुरू भएको हो । उक्त बजेटले नेपालटार–शान्तिडाँडा–मङ्गलबारे–धुसेनी–गजुरमुखी–इभाङ–चतुरेमोड–दमक सडकको माङ्सेबुङ–२ इभाङको तिखेगोलाईदेखि माङ्सेबुङ–३ चतुरेसम्म १३।२७९ किलोमिटर सडक कालोपत्र गरिने भएको छ । त्यस्तै सोही बजेटले मङ्गलबारे–पुङफुङ–एकातप्पा–सिकारीभञ्ज्याङ–फाकफोकथुम–रवि सडकको मङ्गलबारे बसपार्कदेखि सिकारीभञ्ज्याङ जाने साढे नौ किलोमिटर सडक…

Read More

काठमाडौँ, १० फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आफ्नो तेस्रो खेल नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा युएईले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । युएई तीन खेलबाट छ अङ्क जोड्दै तालीकाको शीर्षस्थानमा छ । युएईविरुद्व जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्ने अवसर नेपाललाई प्राप्त छ । अघिल्लो महीना थाइल्याण्डमै भएको टी–२० स्म्यास प्रतियोगितामा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । नेपाल भने आफ्नो दोस्रो खेलमा थाइल्याण्डसँग पराजित हुँदै छनोट प्रतियोगिताको दौडमा कमजोर बनेको छ…

Read More

विराटनगर, १० फागुन । प्रदेश नम्बर १ को सुनसरी र उदयपुर जिल्लाबाट प्रहरीले बिहीवार छुट्टाछुट्टै समयमा प्रतिबन्धित लागूऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको धरान उप(महानगरपालिका–६ सेरापुलबाट प्रहरीले बिहीवार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । बेलुका साढे ५ बजेको समयमा प्रहरी चौकी पानमाराबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित विराटनगर महानगरपालिका–२१ रानी बस्ने बर्ष २५ को रुस्तान मियालाई पक्राउ गरेको हो । बा २३ प ५९०९ नम्बरको मोटरसाईकलमा सवार रहेका मियालाई चेकजाँच गर्ने क्रममा शरिर तथा मोटरसाईकलमा लुकाई राखेको अवस्थामा लागूऔषध स्पास्मोप्रोक्सिभोन ट्याब्लेट १ सय ३६ क्याप्सुल बरामद गरेको हो । पक्राउ परेका मियालाई बरामद लागूऔषध र…

Read More