
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १० माघ । सरकारले २० जना कामदारलाई मात्रै प्रतिबन्धित मुलुक मलेसिया जानका लागि श्रम स्विकृति दिएको खुलासा भएको छ। बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सचिव कृष्णहरि खड्काले मलेसियास्थित नेपाली दूतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्किृति दिएको जानकारी गराएका हुन्। सरकारले २०७५ साल जेष्ठ २ गते कामदारमाथि म्यान पावर कम्पनीले चरम आर्थिक शोषण गरेकोलगायतका कारण देखाउँदै तत्कालका लागि मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएको थियो। तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही माघ २ गते २० जना कलिङ भिसा लागेकाहरुलाई…
सुनसरी, १० माघ । सुनसरीको ईनरुवा नगरपालिका(४ मिर्मिरे टोलमा घरायससी विवाद हुँदा १ युवतीले प्यारासिटामोल सेवन गर्दा बिरामी परेकी छन् । सिटामोल सेवनबाट सोही स्थान बस्ने शिवनारायण साहको छोरी १९ बर्षकी संगीता साह बिरामी भई ईनरुवा अस्पतालमा उपचार भईरहेको छ । बुधवार राती १० बजे घरायसी विवाद हुँदा उनले २५ वटा प्यारासिटामोल सेवन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ ।
काठमाडौंँ, १० माघ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघ कार्यकर्ताबाट पार्टी कार्यालय सानेपामा घेरिएका छन् । नेसिंघको असन्तुष्ट समुहले पार्टी कार्यालय सानेपामा नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै सभापति देउवालाई घेराउ गरेका हुन्। अगाडिदेखि नै नारावाजी गरेर बसेका नेविसंघ कार्यकर्ता देउवालाई कुरेर बसिरहे । देउवा १ बजे पार्टी कार्यालय पुगेपछि असन्तुष्ट नेविसंघ कार्यकर्ताले चर्को नारावाजी सुरु गरे र देउवालाई घेराउ गर्न थालेका थिए ।
तीर्थप्रसाद भट्टराई डाभोस, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू शासक नभई जनताको सेवक बनी नेपाली जनताको जीवनमा परिवर्तन ल्याउन चाहेको बताएका छन्। स्विट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकअन्तर्गत जारी ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयको सत्रमा उनले आफूले नेपाली जनताका निम्ति प्रजातन्त्रका लागि आधा शताब्दी निरन्तर सङ्घर्ष गरेको र वर्षौँवर्ष कारागारमा कठिनतम समय बिताएको बताए। “नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको तथा यसले लोकतान्त्रिक वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको छ”, उनले भने। प्रधानमन्त्रीले नेपाली लोकतन्त्रमा राजनीतिक अधिकार तथा स्वतन्त्रता व्यापक रहेको पनि बताए। उक्त सत्र सत्ताधारी राजनीतिक उच्च वर्गलाई निराश पार्दै विश्वभरका मतदाता सुधार…
स्विट्जरल्याण्ड, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित देशको चासो र अभिरुचि प्रवर्द्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ । स्विट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले यो कुरामा जोड दिनुभएको हो । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त ?” भन्ने प्रश्न यो सत्रमा राखिएको थियो । उहाँले जी–२० मुलुकका नेता तथा प्रमुख व्यावसायिक व्यक्तिहरुसँग पनि भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री ओलीले स्वीस औषधि उत्पादक संस्था नोभार्टिसका प्रमुख कार्यकारी अधिकृत वसन्त नरसिंह तथा केपीएमजीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत अरुण…
म्याड्रिड, १० माघ । करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन्। मुद्दा सुल्टाउन पहिल्यै तयार पारिएको सम्झौतामा २३ महिने जेल सजाय उल्लेख गरिए पनि अहिंस्रक प्रकृतिको मुद्दा भएको र स्पेनी कानूनानुसार सामान्यतया दुई वर्षभन्दा कम जेल सजाय पाउनेहरू जेल जानु नपर्ने भएकाले उनी जेल बस्नुपर्ने भने छैन। त्यसअघि उनी सञ्चारमाध्यमको नजरबाट जोगिनलाई भन्दै कारमै बसेर अदालत परिसरभित्र प्रवेश गर्न दिन आग्रह गरेका पाँच पटकसम्म युरोपको ’बालन डो’र’ अर्थात् सुनौलो बल पुरस्कार जितेका रोनाल्डो विश्वका उत्कृष्टमध्येका एक फुटबल खेलाडी हुन् । यी स्टार खेलाडीले सन् २०११ देखि २०१४…
खोटाङ, १० माघ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छन्। आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले बताइन्। आमाको निधनले शोकमा पर्नुभएकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको सम्मानमा छोरीले पनि कपाल मुण्डन गर्न पाउनु समाजका लागि नौलो भएपनि ठूलो कुरा नभएको धारणा व्यक्त गरिन। “समाजमा रहिआएको लैङ्गिक विभेद अन्त्य गर्नका लागिे कपाल मुण्डन गरेर सेतो वस्त्र धारणले आफूमा उर्जा मिलेको छ।” उनले भनिन्, “जीवन दिने…
काठमाण्डौ, १० माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए…
बलिउडमा यति बेला मलाइका अरोडा र अर्जुन कपूर उनीहरुको प्रेम सम्बन्धका कारण चर्चामा छन् । यो जोडी कहिले कुनै पार्टी, कहिले डिनर त कहिले बाहिर घुम्न जाँदा एकअर्काका साथ समय बिताइरहेका तस्बिरहरु मिडिया तथा सामाजिक संजालमा छाइरहेका हुन्छन् । तर यसैबीच मलाइका अरोडालाई भने उनका मुकेश नामका ड्राइभरले आफ्ना व्यक्तिगत कुराहरु बाहिर भन्ने गरेको शंका गरेकी छिन् । तसर्थ मलाइकाले ती ड्राइभर विरुद्ध ठूलो निर्णय लिएकी छिन् । भारतीय सञ्चार माध्यममा मलाइका र अर्जुन कपूरबीचको सम्बन्धलाई लिएर अनेकौं खबरहरु आइरहेका छन् । आफ्ना व्यक्तिहरु कुराहरु यसरी बाहिर सार्वजनिक गर्ने अरु कोही नभएर आफ्नै ड्राइभर रहेको कुरा थाहा पाएपछि मलाइका रिसले…
काठमाण्डौ, १० माघ । तपाईंले आफ्नो काम मिलाउन प्रहरीलाई घुस दिन खोज्नुभएको त छैन ? खोज्नुभएको छ भने सावधान ! घुस नदिनुहोस्, प्रहरीले पक्राउ गर्न सक्छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गरेको छ । मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापालाई प्रहरीलाई रु एक हजार ५०० घुस दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो । मङ्सिर २४ गते थापाथलीमा बा८७प ४३३७ नं को मोटरसाइकलका चालक राजु घिसिङलाई ट्राफिक नियमविपरीत ‘यूटर्न’ गर्न खोजेपछि प्रहरीले समात्न खोज्दा रु…