
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीको हित र रक्षाको निम्ति विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार पार्टीको प्रवास विभागद्वारा काठमाडौँमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रवासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रिने पैसालाई राष्ट्रको वृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने बताउनुभयो । अध्यक्ष थापाले मुलुकको आर्थिक समृद्धिमा प्रवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै लाखाँै सिर्जनशिल नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो । नेपालको कूल आयको ३० प्रतिशत विप्रेषणको रुपमा देशमा भित्रीरहेको भन्दै नेपाली जनसङ्ख्या ठूलो हिस्सा विदेश पलायन हुनु तथा विप्रेषणको सही…
बनेपा, १४ पुस । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिनुभयो । “खटाएअनुसार जान तयार नहुने…
विराटनगर, १४ पुस । राष्ट्रसेवक बहुमुखी सहकारी संस्था विराटनगरले साहित्यकार झमककुमारी घिमिरेलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । धनकुटाकी साहित्यकार घिमिरेलाई १६ हजार १११ सहित स्व किशोरी खतिवडा स्मृति पुरस्कारबाट सम्मान गर्ने भएको हो । यही पुस १४ गते हुने संस्थाको २० औँ वार्षिक साधारणसभामा उहाँलाई सम्मान एवं पुरस्कृत गर्नेछ । यसैगरी सभामा रु १० हजार राशीको स्व दधिराम दाहाल स्मृति पुरस्कारबाट जनप्रतिनिधि ताराबहादुर काफ्लेलाई पुरस्कृत गरिनेछ । त्यसैगरी विसं २०७४ को एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छ जना शेयर सदस्यका छोराछोरीलाई पनि नगद पुरस्कारले सम्मान गर्ने संस्थाका अध्यक्ष जीवन काफ्ले जानकारी दिनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध…
भद्रपुर, १४ पुस । झापाको मेचीनगर–१० भानुटोलमा भएको आगलागीमा रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । आगलागीबाट २० घर जलेर पुरै नष्ट भएका र दुई घरमा आंशिक क्षति पुगेको छ । बिहीबार राति छविलाल लिम्बूको घरबाट शुरु भएको आगलागीमा शुरुमै ग्यास सिलिण्डर विष्फोट हुँदा आगो चारैतिर अनियन्त्रित भएर फैलिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । शुक्रबार बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले अग्निपीडितमध्ये विस्थापित भएका १६ परिवारलाई नगद रु १० हजार र अन्यत्र बसोबास भएका चार परिवारलाई रु पाँच हजारका दरले राहत वितरण गरेको अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो । यसैगरी, नेपाल…
काठमाडौँ, १३ पुस । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शुक्रबार यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको बताउनुभयो । “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”,उहाँले भन्नुभयो । नेता सिटौलाले काङ्ग्रेसले यसअघि धेरै समय सत्ता चलाएको छ भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताउनुभयो । नेपालको…
कालिका खड्का काठमाडौ, १३ पुस । ‘मेरो दुवै आँखामा पट्टी बाँँधिएको थियो । बन्दूकको नालले हान्दै लतार्दै लतार्दै जङ्गलतिर लगे । मलाई होश आउँदा शरीरमा कुनै कपडा थिएन । शरीरभरि दाँतले टोकेका घाउ थिए । योनीबाट रगत बगिरहेको थियो ।’ दश वर्ष लम्बिएको सशस्त्र द्वन्द्वमा १२ वर्षकै कलिलो उमेरमा बलात्कारमा परेकी एक महिलाले आफूले भोगेको पीडालाई यसरी सम्झिन् । “सुनसान जङ्गल, रगतले डुबेको निर्वस्त्र शरीर, छाती, कम्मर, तल्लो पेट दुखिरहेको थियो, म न उठ्न सक्थें, न बस्न सक्थें,” उनले भक्कानिदै सुनाइन् – “कसैको सहयोग माग्न चिच्याऔं भनेर प्रयास गरें तर, मुखबाट आवाज निस्केन ।” बाटोमा हिँडिरहेका बेला नेपाली सेनाका दुई…
भद्रपुर, १३ पुस । भद्रपुर नगरपालिका–१० नम्बर वडा कार्यालयले वडाभरि रहेका सडक नामाकरण तथा विद्युत् पोल नम्बरिङ अभियान सुरु गरेको छ । वडाबासीको पहिचान तथा सडक सञ्जाल विवरण जानकारी गराउने उद्देश्यले वडा भित्र रहेका ८५ वटा सडकको नामाकरणसहित ८ सय ६३ वटा विद्युत् पोल नम्बरिङ अभियानको औपचारिक सुरुवात भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ गरेका हुन् । वडाध्यक्ष टेकबहादुर खड्का काजीको अध्यक्षता तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यमा भद्रपुर १० केन्द्रमोड स्थित दशरथ मार्गमा सम्पन्न उद्घाटन कार्यक्रममा कलवलगुरी कृषि सहकारीका अध्यक्ष भीम दाहाल, निजामती कर्मचारीको आधिकारिक ट्रेडयुनियन झापाका अध्यक्ष लक्ष्मीप्रसाद गुरागाई लगायत वडाभरीका टोल विकास संस्थाका अध्यक्षहरू, वडा सदस्यहरू लगायतको सहभागिता…
झापा, १३ पुस । यस वर्ष प्रदेश नं १ मा गत वर्षभन्दा एक लाख २९ हजार मेट्रिक टनले उत्पादन बृद्धि भए भएको छ । प्रदेश नं १ मा यस वर्ष कुल १२ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यस्तै, सात प्रदेशमध्य प्रदेश नं २ मा सबैभन्दा बढी धानको उत्पादन वृद्धि भएको छ । मन्त्रालयका अनुसार प्रदेश २ मा गत वर्षको तुलनामा यस वर्ष दुई लाख नौ हजार मेट्रिक टनले धानको उत्पादन वृद्धि भएको जनाएको छ । उक्त प्रदेशमा यो वर्ष कुल १४ लाख ९५ हजार मेट्रिक टन धान उत्पादन भएको छ । उत्पादकत्वका हिसाबले प्रदेश नं…
बनियानी, १३ पुस । झापा अर्जुनधारा नगरपालिका–५ का कृषक सुवास राजवंशीले उखु बारीमै सख्खर उत्पादन शुरु गर्नुभएको छ । जग्गा भाडामा लिएर उखु खेती शुरु गर्नुभएका राजवंशीले उखु बिक्री हुन छाडेपछि उखुबाट सख्खर उत्पादन शुरु गर्नुभएको हो । “एक त उचित मूल्य पाइँदैन, त्यसमाथि भनेको बेला बिक्दैन,” कृषक राजवंशीले भन्नुभयो, “ऋण गरेरै भए पनि मेशिन किनेर उखुबाट सख्खर बनाउन थालेको हुँ ।” भारतबाट कालीगढ ल्याएर सख्खर बनाउने उद्योग स्थापना गरेको उहाँले बताउनुभयो । अर्काको मेशिन प्रयोग गरेर सख्खर उत्पादन शुरु गर्नुभएका राजवंशीले अहिले आफैले खरीद गर्नुभएको छ । “अर्काको भाडामा लिएँ, खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेशिन…
ताप्लेजुङ, १३ पुस । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ ओदाकमा धारीलो हतियार प्रहारबाट १ जना घाईते भएका छन् । बिहीबार बेलुका १७ बजेको समयमा स्थानीय ओमदी शेर्पा र दावा शेर्पा बीच बादबिबाद हुँदा दावा शेर्पाले ओमदी शेर्पालाई धारिलो हतियार प्रहार गर्दा घुडा मुनी गम्भीर चोट लागि घाईते भएका छन् । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि धरान पठाईएको छ भने दावा शेर्पालाई प्रहरी चौकी साँगुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।