
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पु¥याउने बताउनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ ।…
काठमाडौँ, १३ पुस । राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा बिहीबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो । बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएकामा सो समाचारको खण्डनसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुुभयो ।
गोपाल काफ्ले बिर्तामोड, १२ पुस । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालयले गठन गरेको सम्भाव्यता अध्ययन कार्यदलको पुष ६ गते बसेको बैठक र यसले निर्धारण गरेको कार्यतालिका अनुसार आजदेखि सरोकारवालाहरुसँग दृष्टिकोण संकलनको सुरुवात गरेको हो । कार्यदलले आज बिर्तामोडको कोहेड कलेजमा झापाका विभिन्न राजनीतिक दलको नेतृत्व, सांसदहरु, पूर्वमन्त्री, स्थानीय तहका जनप्रतिनिधिहरु, प्राध्यापक, विद्यार्थी संगठन तथा स्ववियूको प्रतिनिधित्वमा दृष्टिकोण संकलन सुरु गरेको हो । कार्यदलको संयोजकमा प्रा. डा. महेशराज दाहाल तथा सदस्यहरु डा. देवी क्षेत्री दुलाल, पितकुमार श्रेष्ठ, उमानाथ ओली, उमानाथ रिजाल, रुपेश खतिवडा, उद्धव शर्मा, रमेश रोका र सदस्य सचिवमा सूर्य…
मोरङ, १२ पौष । मोरङको विराटनगर महानगरपलिका–१४ बाट १ लाख २५ हजार रुपयाँ बराबरको अबैध समान बरामद भएको छ । आज दिउँसो CRV जतुवाको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र खेलौना गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाईएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
विराटनगर, १२ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गर्नुभयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणको काम जेनतेन ढङ्गले नभई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नीति, संरचना र योजना विपद् जोखिम न्यूनीकरणमैत्री छ भन्दै विकास र समृद्धिको कुरा गर्दा विपद् जोखिमलाई पनि न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ भन्नुभयो । उहाँले प्रदेश नं १ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन…
काठमाडौँ, १२ पुस । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले आयोजना निर्माणको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पनी सिएमसीले के कारणले काम रद्द ग¥यो यस विषयमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले चारदशक लामो प्रयासमा आयोजना सम्पन्नको अन्तिम समयमा ठेकेदार कम्पनीले काम छाड्नु दुःखद् रहेको चर्चा गर्दै मेलम्चीको खानेपानी काठमाडौँमा आउँछ भन्ने प्रश्न उपत्यकावासीले गर्न थालिसकेका छन् भन्नुभयो । सांसद बहादुरसिंह लामा र राजेन्द्र लिङ्देनले २९ वर्षमा ९३ प्रतिशत काम मात्र सो खानेपानी आयोजनाले सम्पन्न गरेको उदाहरण दिँदै बाँकी…
काठमाडौँ, १२ पुस । काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् । स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ । लागुऔषध नियन्त्रणसम्बन्धी कार्यशाला समुदाय–प्रहरी साझेदारी अवधारणाको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत साइबर…
झापा, १२ पुस । प्रदेश नम्बर १ का १४ जिल्लामा भएको सवारी जाँचमा ७४१ वटा सवारी कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सवारी चलाएका कारण दैनिक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीको प्रदेश १ कार्यालय इटहरीले २४ घण्टे विशेष सवारी चेकिङअन्तर्गत कारवाही गरेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । प्रसाईंका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ जना, मोटरसाइकलमा तीनजना चढ्ने १४ जना, बिना हेल्मेट मोटरसाइकल चलाउने १० जना, क्षमताभन्दा बढी मालसामान ढुवानी गर्ने ११५, सवारी चालक अनुमति पत्र बिना सवारी चलाउने ४२ चालक कारवाहीमा परेको उहाँले जानकारी दिनुभयो ।…
तेह्रथुम, १२ पुस । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ । जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी रकम जम्मा भएको र अझै देश विदेशमा जम्मा भएको रकम आउन बाँकी रहेकाले स्वदेश फर्काउन आवश्यक रकम सङ्कलन भइसकेको अभियानले जनाएको छ । जोगीलाई स्वदेश फर्काउन समाजसेवी राधिका पोखरेलले रु एक लाख प्रदान गर्नुभएको छ । यस्तै युवटुवर भाग्य न्यौपानेले पनि जोगीका बारेमा भिडियो बनाई सहयोग सङ्कलन गरी रु…
काठमाडौँ, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरा इतिहास झल्कने र आधुनिकता टल्कने हुने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो । नेपालीको प्यारो धरहरा पटक पटक भत्किएको बताउँदै उहाँले भन्नुभयो, “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन, नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ…