झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १२ पुस । नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो । करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ । सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न शीर्षकमा दिँदै आएको प्रोत्साहन रकम कटौती गरिरहेका बेला सेनाले उक्त रकम मागेको हो । सरकारले २०१७ को अगस्टमा सम्भावित खर्च मूल्यांकन नगरी द्रूतमार्ग निर्माण आयोजना सेनालाई हस्तान्तरण गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

ललितपुर, १२ पुस । सरकारी कार्यालयमा कुनै गुनासो गर्दा वा सुझाव दिदाँ पैसा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर, स्थानीय तहमा सुन्दै अचम्म लाग्ने यस्तै नियम लागू गरिएको छ । यो नियम धेरै टाढाको पनि होइन, उपत्यकाभित्रकै ललितपुरको गोलावरी नगरपालिकाको हो । यहाँ सेवाग्राहीले कार्यालयको कामकाज वा आफ्नो असुविधाको बारेका कुनै लिखित गुनासो र सुझाव दर्ता नै हुँदैन । नगरपालिकाको बडापत्रमा पाँच सय शुल्क भनेर टाँसिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

गुल्मी, १२ पुस । बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् । कामलाई सानो ठूलो होइन सफलतापूर्वक गर्नुपर्छ जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले अटोरिक्सा चलाउन सुरु गरको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

हेटौँडा, १२ पुस । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १२ पुस । नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौँ, १२ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो । छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए । ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Read More

बारा, १२ पुस । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । आजको कान्तिपुर दैनिकमा छ ।

Read More

बिर्तामोड, ११ पुस । झापाको बिर्तामोडमा पुस १३ गतेदेखि ‘बिर्तामोड महोत्सव २०७५’ हुने भएको छ । असहाय विद्यार्थीका लागि शैक्षिक सहयोग गर्ने उद्देश्यले संयुक्त युवा परिवार झापाको आयोजनामा पुष १३ देखि २५ गतेसम्म महोत्सव हुने लागेको हो । महोत्सवमा व्यापार–व्यवसायको प्रबद्र्धनका लागि विभिन्न कृषि उपज तथा व्यापारिक स्टल राखिने संयुक्त युवा परिवारका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ बताउनुभयो । महोत्सवमा व्यवसायिक र कृषिजन्य गरी ७० वटा स्टल रहने बताइएको छ । आइटी तथा विज्ञान, कम्प्युटर इलेक्ट्रोनिक तथा मेसिनरी, अटो तथा मोटरपार्टस्, शैक्षिक सामाग्री, शैक्षिक परामर्श सेवा, कृषिजन्य उत्पादित वस्तुहरु, श्रृंगारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टलहरु रहने महासचिव बद्री महतले बताउनुभयो…

Read More

काठमाडौँ, ११ पुस । जबर्जस्ती चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई रु छ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला प्रहरीले पहिचान गरी पक्राउ गरेको थियो । उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडाँैका प्रहरी नायब…

Read More

मोरङ, ११ पुस । मोरङको बिराटनगर महानगरपालिका-१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर १ युवतीको मृत्यु भएको छ । आज दिउँसो १२:३० बजेको समयमा आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More