
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
व्यापारी–व्यवसायी वृत्तमा छुट्टै पहिचान बनाएका नाम हो– झापा कनकाई नगरपालिका निवासी त्रिलोचन चिमरिया । कनकाई उद्योग बाणिज्य संघको भोलि (बिहीबार) हुने निर्वाचनमा उहाँ अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । सोही चुनावी सेरोफेरोमा रहेर झापा अनलाइनले उहाँसँग गरेको छोटो कुरानकानी– आगामी पुस १२ गते हुने कनकाई वाणिज्य संघको अध्यक्षमा पदका लािग तपाईंले उम्मेद्वारी दिनु भएको छ के का लागि हो तपाईको उम्मेद्वारी ? कनकाई नगरपालि र झापा गाउँपालिका क्षेत्र भित्र हरेका व्यवसायीहरुको सांगठनिक संस्थाका रुपमा यो संस्थाले व्यावसायीहकहरुको हक र अधिकारको सुश्चितताको विकास गरी कार्यान्वयनमा ल्याएर स्तन्त्र रुपमले व्यवसाय गर्नको निडर रुपले लगानी गर्न सक्ने वातावरणको सिर्जना गर्नको लागि अध्यक्ष नै…
गंगा पराजुली पशुपतिनगर, ११ पुस । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् । जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो । कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास…
राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्णः अध्यक्ष दाहाल काठमाडौँ, ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ । गत मङ्सिर २९ गतेदेखि शुरु भएको उक्त बैठक अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष दाहालले उक्त बैठकमा भएको बहसले आपसमा एकताबद्ध भई राष्ट्रिय अभिभारा पूरा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेता बेदुराम भुसालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले सङ्गठन सुदृढिकरणका लागि एउटा कार्यदल गठन गरी अघि बढ्न सकिने विचार व्यक्त गर्नुभयो । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म…
काठमाडौँ, ११ पुस । सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को तेस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे प्रारम्भ हुने गरी सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । संसद्को हिउँदे अधिवेशनका रुपमा रहने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा लिने गरिन्छ । संसद्को यो अधिवेशन विधेयकमाथि छलफल र पारित गर्ने विषयमा नै केन्द्रित रहने बताईको छ । आगामी फागुन २१ गते अर्थात ९सङ्घीय संसद्को पहिलो बैठक बसेको एक वर्षभित्र० नेपालको संविधानसँग बाझिने कानून संशोधन गरेर संविधानसम्मत बनाई सक्नुपर्ने कार्यभार रहेको हुँदा यो अधिवेशन निकै महत्वपूर्ण रहने छ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले…
काठमाडौँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिनियाँ जनक्रान्तिका नेता माओत्से तुङको जन्मजयन्तीको अवसरमा एक शुभकामना सन्देश दिँदै श्रमजीवी जनताका लागि माओको योगदान अविस्मरणीय रहेको बताउनुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत महान् नेता माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभएको स्मरण गर्नुभएको छ । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभएको छ ।
कैलाली, ११ पुस । नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई बिहान पौने ९ः०० बजे अस्पताल पु¥याइएलगत्तै चिकित्सकले मृत घोषित गरेको सेती अञ्चल अस्पताल प्रमुख कृष्णबहादुर बोहराले जानकारी दिनुभयो । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको छ भने उनी कान्छी आमा विष्णा ओडसँग हुर्केका थिए ।
प्रकाश धौलाकोटी तेह्रथुम, ११ पुस । तीन वर्ष पहिले तमोरमा आएको बाढीले खोलामा पाइने माछा सखाप पारेपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका तमोर किनारका माझी विचल्लीमा परेका छन् । ताप्लेजुङका उत्तरी गाउँमा खसेको पहिरोसँगै आएको बाढीले तमोर नदीमा रहेका धेरै माछा बगाएपछि माझीको रोजीरोटी नै खोसिएको छ । तेह्रथुम र पाँचथरका माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्राघाटलगायत तमोर किनारमा रहेका माझी परम्परागत पेशाबाट विस्थापित भएका हुन् । तमोर किनारका यी बस्तीमा करीब १५० माझी परिवारको बसोबास रहेको छ । पहिरो खसेपछि तमोरमा आएको बाढीले ढुङ्गा, मुढा, रुख, बुटासँगै माछा मारेर गुजारा चलाउने आफूहरूको रोजीरोटी पनि सँगै बगाएको आठराई गाउँपालिका–५, छातेढुङ्गाको माझीगाउँका…
मुलुकमै एउटा भिन्न पहिचान स्थापित गरेको कनकाई नगरपालिका यतिबेला व्यापारी–व्यवसायीको चुनावले तातेको छ । कनकाई उद्योग बाणिज्य संघको भोलि (बिहीबार) हुने निर्वाचनका लागि १६ पदमा ३२ प्रत्यासी प्रतिस्पर्धा गर्दै छन् । नेतृत्व लिन संयुक्त व्यवसायीको प्यानल र समावेशी लोकतान्त्रिक समूहका व्यवसायी जुटेका छन् । संयुक्त प्यानलका अध्यक्षका प्रत्यासी मिनाल तिम्निा र समावेशीतर्फका अध्यक्षका प्रत्यासी त्रिलोचन चिमरिया दुवै कनकाई क्षेत्रका स्थापित व्यवसायी हुन् । यही चुनावी पेरिफेरिमा रहेर झापा अनलाइनले संयुक्त प्यानलका अध्यक्षका प्रत्यासी मिनाल तिम्सिनासँग गरेको कुराकानीको संक्षेप– व्यापारी–व्यवसायीहरुको पक्षमा काम गर्ने भन्दै १७ बुँदे प्रतिबद्धतासहित चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ जित्ने आधारहरु के–के छन् ? हामीले जित्ने प्रमुख आधार…
सुनसरी, ११ पुस । सुनसरीको कोशी गाउँपालिका-७ मा भएको सवारी दुर्घटनामा परी ८ बर्षीय बालकको मृत्यु भएको छ । मंगलवार अपरान्ह १६ः५५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको म्ी घ ऋद्यः ज्ञघढड नम्बरको जिपले कोशी गाउँपालिका–७ हरीपुर बस्ने बिध्यानन्द सदाको ८ वर्षीय छोरा आनन्द सदालाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारको क्रममा साँझ १७ः२५ बजे मृत्यु भएको थियो । जिप चालक र जिप दुवै सिमा प्रहरी चौकी भाण्टावारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बिर्तामोड, ११ पुस । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि झापाको बिर्तामोड–२ का खड्गबहादुर कन्दङ्वा लिम्बूले सहयोगका लागि याचना गरेका छन् । विगत तीन वर्षदेखि दुवै मृगौलामा समस्या देखिएपछि दुई वर्षदेखि मृगौलाको डायलसिस गराउँदै आएका उनले थप उपचारका लागि आर्थिक अभाव भएसंगै सहयोगको याचना गरेका हुन् । श्रीमती बुद्धमाया लिम्बूले मृगौला दिने भए पनि मृगौला प्रत्यारोपणमा लाग्ने खर्च नभएका कारण ज्यान बचाइदिन आग्रह गर्दै सबैसँग सहयोगको आग्रह गरेका हुन् । यसैबीच, उनको सहयोग संकलनका लागि राजु राईको संयोजकत्वमा खड्गबहादुर बचाऊ अभियान शुरु गरिएको छ । समितिमा बादल राई, होमकुमार लक्सम, आशबहादुर लक्सम रहेका छन् । मृगौला प्रत्यारोपणका लागि २० लाख…