
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, ११ पुस । जापान सरकारले नेपाली कामदारलाई आफ्नो श्रम बजारमा सेवाको अनुमति दिने भएको छ । केही समयअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानी समकक्षीसँगको भेटवार्तामा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेबमोजिम जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो । जापानी अखवार द जापान टाइम्सले जापनी मन्त्रिपरिषद्को आजको बैठकको निर्णय भन्दै प्रकाशन गरेको समाचारमा आगामी पाँच वर्षका निम्ति तीन लाख ४५ हजार जनालाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेका जनाइएको छ । नेपाली आप्रवासी कामदारको सहजीकरणका निम्ति नेपाली भाषा जानेका व्यक्तिलाई जापानी सेवा केन्द्रमा खटाइने पनि समाचारमा उल्लेख छ । कृषि, मत्यपालन, औद्योगिक क्षेत्र…
अर्जुनधारा, ११ पुस । चम्लागाईँ प्रतिष्ठान अर्जुनधारा नगर समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष लक्ष्मीकुमार चम्लागाईँको अध्यक्षता र प्रतिष्ठान झापाका अध्यक्ष माधवप्रसाद चम्लागाईँको प्रमुख आतिथ्यमा आयोजित सभामा स्वागत उपाध्यक्ष मधुसुदन चम्लागाईँले गरेका थिए । सभामा अध्यक्ष लक्ष्मीकुमार चम्लागाईँले प्रतिष्ठानको प्रगति प्रतिवेदन, सचिव गोपीकृष्ण चम्लागाईँले सचिवको प्रतिवेदन र लेखा समिति संयोजक बालकृष्ण चम्लागाईँले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको आगामी कार्ययोजनाहरु नगर समितिले वंशजको खोजी गरी जिल्ला देखि केन्द्र सम्मलाई पूर्णरुपमा सहयोग गर्ने, कुलवंशको निम्ति कल्याणकारी कार्यहरु गर्ने, वंशजका प्रतिभाशाली व्यक्तिको खोजी गरी उनीहरुको परिचय प्रकाशित गर्दै सम्मानित गर्ने, प्रतिष्ठानलाई सक्ष्म र दक्ष…
सागर गौतम खुदुनाबारी, ११ पुस । अर्जुनधारा नगरपालिकाकोे नगर छिर्ने मुख्य प्रवेश मार्गमा निर्माण गरिने गेटको शिलान्यास गरिएको छ । अर्जुनधारा नगरपालिकाले नगर छिर्ने मुख्य प्रवेशमार्गमा नगरको वस्तुस्थिती एवं विशेषता झल्किने आकृतिहरु निर्माणका लागि शिलान्यास गरिएको हो । अर्जुनधारा–६ र बिर्तामोड–५ नगरको सीमा स्थल महानन्द चौकमा निर्माण हुने प्रवेशद्धार गेट सहितको आकृतिहरु निर्माणका लागि प्रदेश सासद बृख प्रधान, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार राना र बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्र शिवाकोटीेले संयुक्तरुपमा शिलान्यास गरेँ । नगरपालिकाका स्वीकृत बार्षिक बजेट अनुसार महानन्द चौकमा स्वागत द्धार र फाइबरका ६ वटा शालिक निर्माणका लागि ३५ लाख लागत बराबरको कार्यक्रम संचालन गरिने भएको…
सान नेपाल गौरादह, ११ पुस । झापाकोे गौरादह नगरपालिकामा देखिएको विकृति र विसंगति अन्त्य गर्न संघर्ष समिति गठन गरिएको छ । गौरादह बजारमा स्वतस्फुर्त रुपमा नगरबासीको भेलाले राजकुमार दाहाल संयोजक र अनिस कार्की सह–संयोजक रहेको ५१ सदस्यीय समिति गठन गरिएको हो । गौरादह नगरपालिकाको नगर सभाले पास गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा ‘अपारदर्शी’ भएको खबर सञ्चारमाध्यमहरुमा प्रकाशन/प्रशारण भएपछि नगरमा केही दिनदेखि चर्चाको विषय बनेको छ । नगरबासीहरुमा नागरिकहरुले तिरेको करको सही सदुपयोग नभएको, ढिलासुस्ती भएको र सुशासनको अनुभुति नभएको भन्दै सर्वत्र चासो र गुनासोहरु आएको भेलामा सहभागीहरुले बताएका छन् । संघर्ष समितिले नगर कार्यपालिकाले गरेका कमि–कमजोरीहरु तत्काल सुधार गर्न…
काठमाडौँ, ११ पुस । नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमानको अधिकतम तौलमा चलखेल हुँदा झन्डै ९४ करोड रुपैयाँ अनियमितता भएको भेटिएको छ । उडान भर्दाको अधिकतम तौल (एमटीओडब्लू) २ सय ४२ टन क्षमताका दुइटा विमान उपलब्ध गराउने दाबी गरेका तीन कम्पनीको ‘कन्सोर्टियम’ ले पछि २ सय ३० टनका पठाएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, ११ पुस । मंसिर २१ गते कोलकाताको धनकुनीमा ३३ किलो सुन र दुई नेपाली समातिए । त्यो त्रिभुवन विमानस्थलबाट गायब भएकै ३३ किलो सुन भएको र ती व्यक्ति गोरेकै ग्याङका सदस्य भएको निष्कर्ष छानबिन समितिले निकालेको छ । तर सुन फिर्ता आउने त कुरै भएन, तस्करी अनुसन्धान गर्न पनि नेपालले दिल्लीमार्फत कूटनीतिक पहल गर्नुपर्ने भएको छ । सुन र दुई व्यक्ति पक्राउ पर्नेबित्तिकै त्यसबारे भारतीय अधिकारीहरुले कोलकाताको नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएका थिए । सुरुमा उनीहरुले अनुसन्धानमा सघाउने जानकारी नेपाललाई दिएका थिए । तर, पछिल्लो समय भारतीय अधिकारीहरुले बोली फेरेका छन् । अहिले भारतले आफ्नो भूमिमा बरामद सुन फिर्ता…
काठमाडौँ, ११ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह र नेकपाका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच मंगलबार पोखरा विमानस्थलमा जम्काभेट भएको छ । साहित्य सम्मेलनमा सहभागी भएर काठमाडौं फर्किंदै गरेका श्रेष्ठ र बुहारी हिमानी शाह तथा नातिनीहरूलाई लिन पोखरा विमानस्थल पुगेका शाहबीच भेट भएको हो। बुहारी र नातिनीहरूको स्वागतका लागि पूर्वराजा विमानस्थलको भिआइपी कक्षमा प्रतीक्षारत थिए। काठमाडौँ फर्किंदै गरेका श्रेष्ठ पनि विमानस्थलको भिआइपी रुममा पुगेपछि दुवैबीच भेट भएको हो। श्रेष्ठ विमानस्थलको भिआईपी कक्षमा जाँदै गर्दा विमानस्थलमा खटिएका प्रहरी जवानले विमानस्थलमा पूर्वराजा आएको जानकारी गराएका थिए। श्रेष्ठलाई देखेपछि पूर्वराजा शाहले नेता श्रेष्ठलाई नमस्कार गर्दै हालखबर सोधेका थिए। हालखबर सोधपुछपछि श्रेष्ठले पूर्वराजालाई के पढ्दै हुनुहुन्छ…
काठमाडौैँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा दुई अध्यक्षविरुद्ध चार शीर्ष नेता उभिएका छन् । पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयको भूमिका चित्तबुझ्दो नभएको आरोप लगाउँदै चार शीर्र्ष नेता एक ठाउँमा उभिएका हुन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टी सञ्चालन एकलौटी ढंगबाट गरेको र अर्का अध्यक्ष पुष्पकमल दाहालले मौन रहेर समर्थन गरेको आरोप चार शीर्ष नेताले लगाएका छन् । एउटै नेतालाई सरकार र पार्टीको दोहोरो जिम्मेवारी नदिने पूर्वसहमतिविपरीत अध्यक्ष ओलीले आफूनिकटलाई जिम्मेवारी दिएको माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।
काभ्रेपलाञ्चोक, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “जबर्जस्त धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन ।” उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म नहुने बताउनुभयो । मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।” मन्त्री बाँस्कोटाले धर्म मान्ने विषयमा कसैले कसैलाई छिःछिः र दूरदूर गर्नुहुन्न…
मोरङ, १० पौष । मोरङको उर्लावारी नगरपालिका–७ मा भएको आगलागीमा परी १ महिलाको मृत्यु भएको छ । सोमवार साँझ स्थानीय राम बहादुर थापाको काठको बेरा, फुसको छानो भएको १ तले घरमा अचानक आगलागी हुँदा निजकै बुहारी ४५ बर्षीय रिना भन्ने रेनुका थापाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा बेलुका पौने सात बजे पूर्ण रुपमा नियन्यत्रणमा लिइएको थियो । आगलागीमा परी मृतकको छोरा २५ बर्षीय हेमन्त थापा सामान्य घाईते भएका छन् निजको अरनिको अस्पताल उर्लावारीमा उपचार भईरहेको छ भने मृतक शवलाई पोष्टमार्टमको लागि मंगलवारे अस्पतालमा राखिएको छ । आगलागीबाट लत्ता…