झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १० पुस । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र प्रहरी जवान गणेश खवास २०७५ साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषित भएका छन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही दक्षिण सिमावर्ती एरियाहरुबाट हुने चोरी–तस्करी नियन्त्रण, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भूमिका निर्वाह, विभिन्न आपराधिक समूहमा रही अवाञ्छित…

Read More

काठमाडौँ, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म निरपेक्षता संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताउनुभएको छ । ‘क्रिसमस–डे’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा स्मरण गराउनु भएको छ । “सनातनकाल देखि वहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ । प्रधानमन्त्री…

Read More

मोरङ, १० पुस । जहदा गाउँपालिका–१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ । भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो । विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए । दशगजामा रहेको १७४र२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १० पुस । आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घण्टौँ लुँडो खेलिरहिन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १० पुस । गत वर्ष नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १८८१ बिन्दुमा पुग्यो । अहिले ११०० को आसपास छ। यसबाट बजार पुँजीकरण ८ खर्बभन्दा बढीले घटेको छ। यो अवस्था नेपाली अर्थतन्त्रको ऐना हो । यो वर्ष पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर उच्च छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जामा सन्तुलन मिलाउन नसक्दा निक्षेप र कर्जाको ब्याजदर अस्वाभाविक रुपले बढ्न पुग्यो । यसलाई सच्याउन नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको सुरुदेखि नै बचत वृद्धिका आधारमा मात्र कर्जा परिचालन गर्न दिने भयो । राष्ट्र बैंकले यो व्यवस्था लागू गर्न सकेन । कारण आर्थिक वृद्धिदर…

Read More

काठमाडौँ, १० पुस । अब राजनीतिक दलका नेताप पन िसम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ अन्तर्गत छानबिनको दायरामा पर्ने भएका छन् । संसद्मा दर्ता ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विदेयक’ अन्तर्गत सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संसद्को आगामी बैठकमा छलफल हुनेछ । संसद्को हिउँदे अधिवेशन ११ गते सुरु हुँदैछ । उक्त ऐनले ‘स्वदेशी उच्च पदस्थ व्यक्ति’ को परिभाषामा राजनीतिक दलको नेतृत्व र पदाधिकारी पनि समावेश भएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, १० पुस । उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ । गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए । तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा अझै पत्ता नलागेको बताए । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित हुने स्पष्ट पार्नुभएको छ । आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता गजुरेलले भन्नुभयो, “बैठकमा नेता बामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गर्नुभएको हो, उहाँका पीडाहरु छन्, असन्तुष्टिहरु छन्, त्यो भनेको त भावनाको कुरा हो, त्यसलाई सम्बोधन गर्नुपर्छ ।” पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको बताउँदै उहाँले भन्नुभयो, “कम्तीमा पनि २० मिनेटको पर्याप्त समय लिएर हामी नेताहरुले आ–आफ्नो कुरा राख्यौँ, यो बैठकसँगै…

Read More

काठमाडौँ, ९ पुस । अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् । त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक÷एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई बोल्ड आउट गरेका सन्दीपले तेस्रो ओभरमा म्याथ्यु वेडको विकेट लिएका थिए । त्यसैगरी चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटको विकेट लिन सफल भएका थिए । सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिइसकेका छन्…

Read More

काठमाडौँ, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भरपर्दो सहयोगी राष्ट्रको रुपमा जापान रहेको बताउनुभएको छ । हात्तिगौडा सेवा समाजले आज यहाँ आयोजना गरेको ‘नेपालको समृद्धिमा नेपाल जापानबीचको मैत्रीपूर्ण सम्बन्ध’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक विकासमा जापान सरकारले उपलब्ध गराएको सहयोग महत्वपूर्ण र दीर्घकालसम्म सकारात्मक प्रभाव पार्ने खालको रहेको बताउनुभयो । उहाँले नेपालको भौतिक पूर्वाधार, कृषि, शिक्षाका क्षेत्रमा जापानले विनासर्त सहयोग गरेको र नेपालको हितलाई केन्द्रमा राखेको उल्लेख गर्नुभयो । कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षमा दुई मुलुकबीच जनस्तरमा समेत सम्बन्ध विस्तार भएको भन्दै उहाँले आगामी दिनमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ बन्दै…

Read More