झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृढ रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत् व्यवस्थापन सङ्घर्ष समितिको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले लामो समयसम्म पनि बाढीपीडितले राहत नपाएकामा आफू जानकार रहेको र अब उक्त कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सांसद् गणेशसिंह ठगुन्नाले विगतमा सरकारले राहत दिने निर्णय गरे पनि अझैसम्म पीडितले राहत नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा खिलराज रेग्मीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्ले राहत दिने निर्णय गरेको थियो, तर अहिलेसम्म एक जना पीडितले पनि राहत पाएको छैन, निर्णय गर्ने बेला विभिन्न शर्त राखिएकाले वर्तमान सरकारले…

Read More

सागर गौतम अर्जुनधारा, ९ पुस । पछिल्लो दिनमा अर्जुनधारा नगरको पर्यटकीय विकास र व्यापार प्रर्वद्धन गर्ने उदेश्यले अन्तरक्रिया अगाडि बढाएको छ । यसै क्रममा अर्जुनधारा र माई नगरपालिका बीच दुई पक्षीय प्राविधिक अध्ययन र छलफल समेत अघि बढ्ेको हो । अर्जुनधारा–२ र माई–५ नगरपालिकाको सिमानामा पर्ने साठीमुरे क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न एकिृत कार्यक्रम संचालनका लागि प्राविधिक अध्ययन र छलफल अघि समेत बढाएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार राना, माई नगरपालिकाका प्रमुख दिपक थेवे सहित प्रदेश सासद काजीमान कागतेँ बीच उक्त क्षेत्रको विकासको लागि संक्रियता पूर्वक लागेँसँगै काम अगाडि बढेको हो । उक्त स्थानमा दुई नगरपालिकाको साझेदारीमा…

Read More

झापा, ९ पु्स । झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाका लागि प्रदेश समितिले स्थलगत अनुगमन गरी स्वीकृतिपत्र प्रदान गरेपछि झापा जिल्लालाई यही पौष १३ गते खुल्ला दिसामुक्त घोषणा गर्ने मिति तोकिएको छ । यसअघि पटक पटक मिति तय भए पनि, स्थानीय तह खुल्ला दिसामुक्त घोषणा हुन नसकेका कारण स्थगित हुँदै आएको थियो । मंसीर २७ गते मेचीनगर र हल्दिबारी एकैदिन खुल्ला दिसामुक्त घोषणासँगै झापाका सम्पूर्ण स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका थिए । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेशलाई अनुगमन र स्वीकृतिका लागि पत्राचार गरेको भए पनि अनुगमनमा ढिलाइ भएका कारण पौष १३ का लागि मिति तय गरिएको समितिले…

Read More

काठमाडौँ, ९ पुस । सङ्घीय संसद्, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले महिला हिंसाका घटना नियन्त्रणमा सक्रिय हुन राष्ट्रिय महिला आयोगलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा आज बसेको समितिको बैठकले महिला हिंसाका घटना नियन्त्रण गर्न पहिलेदेखि नै प्रयास भएता पनि पछिल्लो समय झन बढ्दै गएकाले आफ्नो सक्रियता बढाउन आयोगलाई निर्देशन दिएको हो । समिति सभापति निरुदेवी पालले विद्यमान लैङ्गिक नीति, महिलासम्बन्धी पुराना नीति तथा कानून सङ्घीय व्यवस्थामैत्री बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आयोगलाई निर्देशन दिएको जानकारी दिनुभयो । समितिले महिला आयोग ऐन, २०७४ को प्रभावकारी कार्यान्वयनका लागि नियमावली आवश्यक रहेको र हालसम्म नियमावली बन्न नसकेको अवस्थामा…

Read More

काठमाडौँ, ९ पुस । भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको नेपाल खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक नवीन उप्रेतीले जानकारी दिनुभयो । नेपाल खेलकूद विज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सिनियरतर्फको कातामा गरी तीन स्वर्ण हात पारेको निर्देशक उप्रेतीले जानकारी दिनुभयो । स्वर्ण…

Read More

भीष्मराज ओझा काठमाडौँ, ९ पुस । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमिति बैठकले संविधानको सङ्घीयता र समावेशी व्यवस्थालाई पार्टीमा लागू गर्न पहिलोपटक विधान परिमार्जन गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत गरिएको विधान संशोधनको प्रस्तावलाई बैठकले परिमार्जन गर्ने गरी सर्वसम्मतरूपमा पारित गरेसँगै सङ्घीयताअनुसारका पार्टीका संरचना हुने र सबै तहमा समावेशी सिद्धान्त लागू भएका छन् । विधान मस्यौदामा खासगरी शीर्ष नेताबीच पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाका बारेमा लामो बहस र चर्काचर्की भए पनि अन्ततः १४ पदाधिकारीसहित १६७ सदस्यीय…

Read More

पर्सा, ९ पुस  । पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते हुनुभएको छ । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताउनुभयो । जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

खस्यौली, ९ पुस । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले आज यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ । बुटवल उप महानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो । सो सम्बन्धि अनुसन्धान भइरहेको आयोगका प्रमुख रवी पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । उनले बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग घुस लिएका थिए ।

Read More

प्रकाश धौलाकोटी तेह्रथुम, ९ पुस । तेह्रथुमको वसन्तपुरदेखि संखुवासभाको टुटे देउराली भएर तीनजुरे, चौकी, मङ्गलबारे, गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्मको क्षेत्रमा केही वर्ष अघिसम्म स्थानीय बासिन्दाबीच चौंरीलाई भारी बोकाउने प्रतिस्पर्धा चल्थ्यो । यो मार्गमा जसले धेरै चौंरी पालेर भारी बोकाउने व्यवसाय गर्छ, ऊ ठूलो व्यवसायी गनिन्थ्यो । वसन्तपुर, टुटे देउराली, चौकी, मङ्गलबारे, गुफा, साँघु हुँदै दोभानसम्मको मार्गमा धेरै व्यवसायीहरुले चौंरी र खच्चडलाई भारी बोकाएर प्रशस्त कमाउँदै आएका थिए तर, अहिले अवस्था फेरिएको छ । माथिल्लो पहाडी र तल्लो हिमाली क्षेत्रमा चौंरी र खच्चडलाई भारी बोकाएर हिँडाउने वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभानसम्मको पदमार्गमा यतिबेला सडकको डोब मात्रै तयार भएको छैन, सवारीका साधनहरुसमेत आवतजावत…

Read More

जयपुर, ९ पुस । झापाको बुद्धशान्ति–२ जयपुरमा समावेशी गुरुकुल निर्माण गर्ने लक्ष्यका साथ शुरु हुन लागेको पुराणको तयारी तिव्र पारिएको छ । यही पौष १५ गतेदेखि २१ गते सम्म जयपुर चौकमा समावेशी गुरुकुल निर्माणको लक्ष्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । सो पुराणका लागि विभिन्न उपसमिति गठन गरी तयारीका कार्य तिव्र पारिएको पुराण आयोजक मुल समिति संयोजक लक्ष्मी सुवेदीले जनाएका छन् । स्थानीय परिवर्तनशिल युवा शक्ति नेपालको आयोजनामा हुन लागेको पुराणको प्रमुख व्यास पं. पुष्करकृष्ण अत्री रहने छन् भने उपव्यास पं. खगेन्द्र पोखरेल योगी रहनेछन् । हिन्दु धर्मको रक्षा गर्न र यसको प्रबद्र्धन गर्न यस…

Read More