झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २ चैत । ब्राजिलका स्टार स्ट्राइकर नेइमारले जाँघको चोटका कारण सन् २०२६ मा हुने विश्वकप फुटबलका लागि मार्चमा हुने कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल नखेल्ने भएका छन्। नेइमार चोटका कारण करिब डेढ वर्ष ब्राजिली टोलीबाट बाहिर थिए। तर फेब्रुअरीमा सान्तोसमा फर्किएका थिए। ब्राजिल दक्षिण अमेरिकी विश्वकप छनोटमा पाँचौँ स्थानमा झरेपछि डोरिभल जुनियरको प्रशिक्षणमासन् २०२३ को अक्टोबरमा उनले अन्तिमपटक ब्राजिलको प्रतिनिधित्व गरेको टोलीमा ७९ गोल गरेका थिए। उनी ब्राजिलका हालका खेलाडीमध्ये सर्वाधिक गोलकर्ता हुन्। ब्राजिलले मार्च २० मा ब्रासिलियामा कोलम्बियाको सामना गर्नेछ भने त्यसको पाँच दिनपछि ब्युनस आयर्समा प्रतिद्वन्द्वी तथा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाविरुद्ध भिड्नेछ। तेत्तीस वर्षीय नेइमारले दुई साताअघि १४…

Read More

म्याग्दी, २ चैत । धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेका हुन् । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताए । ‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,’ उनले भने, ‘स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’ मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन ९१२ वटा० लाई दुई सय ५० रुपैयाँ र…

Read More

विराटनगर, २ चैत्र । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले कोशी प्रदेशमा होली पर्व लक्षित विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरेकोमा रंगहरुको पर्व होली सभ्य, भव्य र हर्षोल्लासमय वातावरणमा सम्पन्न भयो । फाल्गुन २९ गते पहाडी जिल्ला र चैत्र १ गते तराईका जिल्लाहरुमा मनाईने होली पर्वमा कुनै प्रकारका अप्रिय घटनाहरु हुन गर्न नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन ८ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चेक जाँचमा कडाइ गर्दै मोबाइल गस्ती, म्यन ९प्ढ० सहितको स्वीप अपरेसन, क्यूआरटी, चोक बजारमा भएका सिसि क्यामेराको निगरानी, सादा पोसाकमा प्रहरी परिचालन गरी आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिलाईएको थियो । होली पर्वलाई सभ्य, भव्य,…

Read More

काठमाडौँ, २ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्दोलनरत शिक्षकका मागलाई सरकारले शीघ्र सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डल आज भएको भेटमा उहाँले शिक्षकका जायज मागलाई बेवास्ता गर्न नहुने बताउनुभयो । “अहिले जति संशोधन दर्ता भए पनि कतिपय एउटै प्रकृतिका छन्। उपसमिति बनाएर भए पनि तत्काल पारित गर्नेतर्फ जान सकिन्छ,” विधेयकलाई तत्काल पारित गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “ मुख्य कुरा इच्छाशक्तिको हो । शिक्षा र शिक्षकका विषयलाई सरकारले प्राथमिकता दिनुपर्छ”, शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको…

Read More

वासिङ्टन डिसी, २ चैत । ट्रम्प प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको सिफारिसहरूको मस्यौदा सूचीले ११ देशहरूलाई ‘रातो’ मा राख्न सूची सुझाव दिएको जसका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न पूर्ण रूपमा निषेध गरिनेछ। ती देशहरूमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन समावेश छन् । ट्रम्प प्रशासनको आन्तरिक प्रस्तावमा निम्न देशहरूको सूची दिइएको छ जसका नागरिकहरूले अमेरिका प्रवेशमा प्रतिबन्धको सामना गर्न सक्छन्।…

Read More

इनरुवा, २ चैत । इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुशन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए ।

Read More

द्रोण अधिकारीभद्रपुर, २ चैत । विश्वेश्वरप्रसाद कोइराला स्मृति प्रतिष्ठान भद्रपुर झापाले विविध साहित्यिक साँस्कृतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न गरेको छ । प्रतिष्ठानका सभापति गोविन्द लम्सालको अध्यक्षता तथा समालोचक प्रा. डा. गोपभल भण्डारीको प्रमुख आतिथ्यमा बृहद साहित्यिक, साँस्कृतिक, गायन र नृत्य कार्यक्रम सम्पन्न गरिएको हो । प्रतिष्ठानका सचिव देवेन्द्र गौतम तथा कार्यक्रम संयोजक धनकुमारी खरेल लताले सञ्चालन गरेको कार्यक्रममा झापा, मोरङ, सुनसरी र इलामका १५ जना गजलकारले रसिक गजल सुनाएका थिए भने चर्चित गायक अर्जुन खरेल, निरज पोखरेल तुलसा पाठकले आ—आफना सिर्जना विभिन्न गीत गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारको साँस्कृतिक नृत्यहरू समेत प्रस्तुती रहेको थियो । कार्यक्रममा नेपाली काँग्रेस…

Read More

मोरङ,चैत्र, २ चैत । सुनसरी र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०१ गते सुनसरी धरान उप–महानगरपालिका–१४ स्थितमा अस्थायी प्रहरी चौकी पत्राङवारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान–४ का ४५ बर्षीय संजिव थापालाई लागू औषधी ट्रामाडोल–१२५ ट्याब्लेट र स्पास्पेन–१२५ चक्कि सहित पक्राउ गरेको हो । त्यसैगरी झापा दमक नगरपालिका–४ स्थितमा अस्थायी प्रहरी पोष्ट ताराबारीबाट खटीएको प्रहरी टोलिले झापा दमक –९ का ३५ बर्षीय शिव कुमार सोरेनलाई स्पाईसपेन –२० क्यापसुल लागू औषधी सहित पक्राउ गरेको छ ।

Read More

झापा, २ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज कुबेती दिनार, अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको मूल्य बढेको छ। पाउन्ड, बहराइन दिनारसहित केही मुद्राको मूल्य घटेको छ। अमेरिकी डलरसहित केही मुद्राको विनियमदर भने यथावत छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ५० पैसा छ। हिजो पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको…

Read More