झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गौरीगञ्ज, २५ माघ । गौरीगञ्ज गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबीच आधारभूत तह स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाभित्र रहेका ४० विद्यालयहरुबीच वडास्तरमा २० र २१ गते प्रतिस्पर्धा गराइ फाइनल चरणका खेलहरु गौरीगञ्ज माविको प्राङ्गणमा सम्पन्न भएको हो । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको आधारभुत तहमा कक्षा १–३ तर्फ छात्रछात्राहरु बीच १०० मिटर दौड, स्मरण शक्ति परीक्षण, कक्षा १–५ तर्फ छात्रछात्राहरु बीच १०० मि, २०० मि. हिसाब दौड र फुटबल खेल कक्षा १–८ तर्फ छात्र छात्राहरु बीच १०० मि., २०० मि. दौड, लङ्गजम्प, हाइजम्प र क्रिकेट खेलमा प्रतिस्पर्धा गराइएको गौरीगञ्ज स्रोत केन्द्रका स्रोत व्यक्ति डिल्लीराम…

Read More

सान नेपालगौरादह, २५ माघ । झापाको गौरादहमा हुने गरेको सवारी दुर्घटना र ट्राफिक व्यवस्थापनको विषयलाई लिएर यहाँका स्थानीय युवाहरु जागरुक हुन थालेका छन् । सांँगुरो सडक र बढ्दो सवारी चापका कारण दुर्घटना बढ्न थालेपछि दीर्घकालीन समस्या समाधान गर्न स्थानीय युवाहरुले पहल थालेका छन् । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै यहाँका युवाले स्वतस्फुर्त रुपमा नागरिक जागरण अभियान सञ्चालन गर्न थालेका छन् । यसै सन्दर्भमा स्थानीय युवाको आयोजनामा गौरादह–८ स्थित जुरोपानीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ग्वालडुब्बा युवा समूहको आयोजनामा भएको कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट गौरीगञ्जले सहयोग गरेको थियो…

Read More

काठमाडौं, २५ माघ । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापनका लागि जिपिएस (ग्गोबल पोजिसनिङ सिस्टम) उपकरणसहित सर्भेयर टोली पठाउने तयारी गरेको छ । उपकरणसहित सगरमाथाको शिखर जाने प्राविधिक कर्मचारी छनोट र तालिमका लागि नापी विभागले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई जिम्मा दिएको छ । लाङटाङमा आरोहण अभ्यास सम्पन्न गरेर सर्भेयार टोली चैत्र पहिलो साता सगरमाथातर्फ प्रस्थान गर्नेछ । नापी विभागले सगरमाथा आरेहण गर्न चाहने इच्छुक १९ जना सर्भेयरहरुको नाम प्रतिष्ठानमा पठाएको छ । प्रतिष्ठान संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गन सञ्चालित छ । प्रतिष्ठानका सुचना अधिकृत अत्तमबाबु भट्टराईका अनुसार यीमध्ये पाँच जना सर्भेयर छनोट गरेर लाङटाङ हिमालमा अभ्यासका लागि पठाइनेछ…

Read More

विराटनगर, २५ माघ । चर्चित साढे ३३ किलो सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेका भनिएका भुजुङ गुरुङसहित ८ जनालाई उच्च अदालत विराटनगरले थुनामा राख्ने आदेश दिएको छ । उच्च अदालत मोरङको आदेशलाई सदर गर्दै थुनामा रहेकाहरुलाई थुनामै राख्ने आदेश दिएको हो । थुनामा रहेका ८ जनाले उच्च अदालतमा रिहाईको माग गर्दै पुनरावेदन गरेका थिए । बिहिबार उच्च अदालतले भुजुङ गुरुङ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठ, राजु महर्जन, कपिलराज पुरी, फुल्टुङ भनिने लक्षुबहादुर गुरुङ, बेनु श्रेष्ठ र डाक्टर डेभिट भनिने छिरिङ वाड्ला घलेलाई थुनामै राख्ने जिल्ला अदालतले आदेश सदर गरेको उच्च अदालत विराटनगरका रजिस्टार नारायण रेग्मीले बताए…

Read More

काठमाडौं, २५ माघ । नेत्र विक्रम चन्द ९विप्लव० निकट नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीबाट छुटाउन ८० लाख विद्यार्थीलाई पढ्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गरिएको छ। विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन् हुँदा पनि सरकार भने निरीह देखिएको छ। राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारबाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको छ। बिहीबार पनि मुलुकभरका शैक्षिक संस्थामा पढाइ ठप्प भयो। स्कुल जान निस्केका विद्यार्थी घर फर्कन बाध्य भए। राजनीतिक रूपमा आफूलाई स्थापित गराउन विभिन्न बहाना बनाएर विद्यार्थी संगठनहरूले आन्दोलन गर्ने गरेका छन्। नेकपा निकट अनेरास्ववियु ९क्रान्तिकारी० ले केन्द्रीय कोषाध्यक्ष समेत रहेका नरेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको…

Read More

काठमाडौं, २५ माघ । भेनेजुएलाको राजनीतिक संकटलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहालले दिएको वक्तव्यले अमेरिकासँगको सम्बन्धमा खटपट मात्र नभई पार्टी नेतृत्वको दुई धारलाई समेत सतहमा ल्याएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि भनेको नेकपाका दुई अध्यक्षले भेनेजुएला प्रकरणमा एउटाको कुरालाई अर्काले स्वामित्व लिएनन् । दाहालको वक्तव्यका कारण अमेरिकासँगको सम्बन्धमा चिसोपन आउने देखिएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली त्यसलाई केही सच्याउँदै ‘शब्द चिप्लिएको’ भन्न बाध्य भए । दाहालले भने आफ्नो वक्तव्यको बचाउ गर्दै कुनै मुलुकले सार्वभौम राष्ट्रलाई हस्तक्षेप नगरोस् भनेर ‘राजनीतिक वक्तव्य’ दिएको उल्लेख गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २५ माघ । पाँच महिनामा तीन अर्बको आलु, दुई अर्बको प्याज, २४ करोडको गोलभेँडा र सवा करोडको बन्दा–काउली आयात । तर, बजारमा ४० रुपैयाँ किलो पर्ने बन्दा बिचौलियाले दुई रुपैयाँमा पनि नकिनेपछि किसान आफैं तरकारीबारीमै डोजर लगाउँछन् आलु भारत र बंगलादेशबाट आयात हुने गरेको छ । आलुबाट उत्पादित विभिन्न खाद्यवस्तु भने भारत र बंगलादेशबाहेक चीन, बेल्जियम, मलेसियालगायत विश्वका थुप्रै मुलुकबाट आयात हुन्छ । चालू आवको पाँच महिनामा भारतबाट ३ अर्ब २० करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै, बंगलादेशबाट ५१ लाख रुपैयाँबराबरको आलु आयात भएको विभागको तथ्यांक छ । अघिल्लो वर्ष भारतबाट ३ अर्ब ३७ करोड र बंगलादेशबाट…

Read More

काठमाडौँ, २५ माघ । यस वर्ष हिउँदे वर्षा औसतभन्दा बढी भएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको कारण यस वर्ष हिउँदे वर्षा काठमाडौँलगायत अधिकांश ठाउँमा अघिल्ला केही वर्षभन्दा बढी भएको जनाएको छ । जनवरी महिनामा काठमाडौँमा हुने १४ दशमलव ४ मिलिमिटरसम्मको वर्षालाई औषत वर्षा मानिएको छ । तर यस वर्ष जनवरीमा मात्रै १९ दशमलव ४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव शुक्रबार पनि देशभर पर्नेछ । शुक्रबार राति पनि केही पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

ओखलढुंगा, २५ माघ । गत वर्षको असोज महिनामा रीजा गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएकाले रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यही नम्बरबाट दैनिक फोन आउन थाल्यो । सुरुसुरुमा धेरै कुराकानी नभए पनि पछि फोनमै चिनजन भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् । फोनबाटै एकअर्कालाई मन पराउन थालेका रीता र सुनिलले पहिलो भेटपछि विवाह गर्ने निधोमा पुगे । उनीहरुले वैशाख १३ गते मानेभन्ज्याङ बजारबाट भागेर विहे गरे । विवाह गर्दा सुनिल १७ र रीता १३…

Read More

चितवन, २४ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल अहिले समाजवाद र साम्यवादको लामो यात्रामा रहेको बताउनुभएको छ । भुवानीप्रसाद पौडेलको छैटौँ दिनको श्रद्धाञ्जलि सभामा उहाँले युगौँयुग लामो यात्रामा रहेकाहरु कदम कदम गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको राज्य समाजवाद उन्मुख राज्य हो । हाम्रो बाटो समाजवादको हो भन्ने संविधानमा नै व्यवस्था छ ।” उहाँले कम्युनिष्ट बाहेक अरूले बनाएका संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक अधिकारका रुपमा नराख्ने भन्दै आफूहरुले लोकतन्त्रवादीसँग मिलेर बनाएको संविधानमा ती कुरा समावेश गरिएको बताउनुभयो । आर्थिक अवस्था कमजोर भएर पढ्न नपाउनेलाई पढाउने, बेरोजगारीलाई रोजगारी दिने र उपचार…

Read More