झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ माघ। झापाको बुद्धशान्ति–१ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सव आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर तिम्सिनाको अध्यक्षतामा गत शुक्रबार बाट सुरु भएको बार्षिकोत्सव आज (मंगलबार) सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुमार आचार्यले स्वागत गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि पवित्रा निरौल खरेलले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै हाल सामुदायिक विद्यालय हरुमा विद्यार्थी संख्या न्युन हुँदै गएकाले विद्यार्थी संख्यामा बृद्दि गरिनु पर्ने बताइन् । साथै उनले सामुदायिक विद्यालयमा पनि आजको आवश्यक्ता अनुसारको प्राविधिक शिक्षा पढाई हुनु पर्ने बताउदै आफ्नो क्षेत्रबाट विद्यालयको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । त्यस्तै, विशिष्ट अतिथि प्रदेश सभा सदस्य…

Read More

काठमाडौँ, १५ माघ । विज्ञानका क्षेत्रमा महिलालाई प्रोत्साहन दिन स्थापना गरिएको ‘नासो विज्ञानमा महिला पुरस्कार’को यस वर्षको आवेदन खुल्ला गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । इच्छुक व्यक्तिले आगामी फागुन १५ गतेसम्म अनलाइनमार्फत आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । पुरस्कार दुई विधामा प्रदान गरिनेछ । व्यावसायिकतर्फ रु २५ हजार, प्रमाणपत्र तथा ट्रफी दिइनेछ । विद्यार्थीतर्फ रु १५ हजार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने जनाइएको छ । पुरस्कार सन् २०१७ मा विद्यार्थीतर्फ दिव्या घिमिरे र व्यावसायिकतर्फ प्रणिता कार्कीलाई प्रदान गरिएको थियो । सन् २०१८ मा विद्यार्थी श्रीति श्रेष्ठ र व्यावसायिकमा प्रोमिशा मिश्रलाई दिइएको सोसाइटीले जनाएको छ ।…

Read More

काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत हुनुहुन्छ । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत…

Read More

केशवराज भण्डारी झापा, १५ माघ । झापाको शिवसताक्षी नगरपालिकाले विपत व्यवस्थापनका लागि विभिन्न सामाग्री वितरण गरेको छ । वर्षायाममा वाढीको उच्च जोखिममा पर्ने गरेको शिवसताक्षी नगरपालिका क्षेत्र भित्र आगजनीको पनि उत्तिकै जोखिम वढेको छ । यस कुरालाई मध्यनजर गर्दै नगरपालिकाले वाढिको प्रकोपमा आम नागरिकहरुका लागि सुरक्षा प्रदान गर्न लाइभ ज्याकेट २० थान, डाइनामिक रोप २ प्याकेट २ सय मिटर, फायर इस्टिङ्ग्युसर ९ केजि तौलका ८ थान लगायतका सामाग्री झिझिले इलाका प्रहरी कार्यालय झापा र नेपाल रेडक्रस सोसाइटी उपशाखाको रोहवरमा सञ्चालन हुने गरी वितरण गरेको छ । वितरण गरिएका सामाग्री प्रहरीको मातहतमा रहदा सवै भन्दा पहिला प्रहरीनै घटना स्थलमा पुग्ने र…

Read More

मोरङ, १५ माघ । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवामा ट्रिपरको ठक्करबाट साईकलमा सवार १ किशोरी घाइते भएकी छन् । बिहान साढे ११ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको ना १ क ६२७१ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको साईकलयात्री विराटनगर महानगरपालिका–१५ बस्ने १८ वर्षकी अनिता कुमारी शाहलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते किशोरीलाई उपचारको लागि कोशी अंचल अस्पताल बिराटनगर पठाएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीको नियनत्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, १५ माघ । झापाको मेचीनगर नगरपालिका–६ भन्सार कार्यालयको गेट अगाडीबाट प्रहरीले मंगलवार लागूऔषध खैरो हेरोईन सहित १ युवकलाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–१० का २१ वर्षका बिमल कुमार कामतलाई पक्राउ गरेको हो । कामतले भारतीय बजार पानी टंकीबाट खरिद गरी नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा साथमा लुकाई छिपाई राखेको ७ ग्राम खैरो हेरोईन फेला पारी बरामद गरेको हो । दिउँसो सवा १ बजे पक्राउ परेका कामतलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

तेह्रथुम, १५ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले कोशी करिडोर विद्युत् प्रशारण लाइन तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको गुराँस वन मासेर निर्माण गर्न लागिएकामा आपत्ति जनाएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यथाशीघ्र अलाइन्मेण्ट परिवर्तन गरी टिएमजे क्षेत्रको जैविक विविधता बचाउनेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण समेत गराएको छ । करिडोर निर्माणका लागि टिएमजे क्षेत्रको वसन्तपुरदेखि ढुंगेसाँघु क्षेत्रमा सर्वे सकिएर काम शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २२० केभिए विद्युत् प्रशारण लाइन निर्माणले तीनजुरे मिल्के जलजले क्षेत्रको जैविक विविधतामा प्रत्यक्ष असर पु¥याउने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताउनुभयो । आयोजना निर्माण हुँदा ‘गुराँसको राजधानी’ उपनामले चिनिने सो क्षेत्रको गुराँस वन…

Read More

दमक, १५ माघ । झापाको दमकमा ‘बालमैत्री स्थानीय सरकार, हामी सबैको सरोकार’ भन्ने नाराका साथ बृहत बाल महोत्सव हुने भएको छ । दमक नगरपालिकाको मुख्य आयोजक रहेको महोत्सव माघ १७ गते देखि २१ गते सम्म सञ्चालन हुने मुल आयोजक समितिले जनाएको छ । महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आउने भएका छन् । महोत्सवमा विभिन्न विषयका विषयगत उपसमिति निर्माण गरी काम तीव्र रुपमा अगाडि बढाइएको छ । ५९ लाखको लागतमा सञ्चालन हुने महोत्सवमा बालबालिकाले तारा पुञ्ज अवलोकन गर्न पाउने मुल आयोजक समितिकी संयोजक गीताकुमारी पौडेल अधिकारीले बताइन । महोत्सवमा मनोज गजुरेल, राजा राजेन्द्र, सत्यराज आचार्य, स्वरुपराज आचार्य, विल्सन विक्रम…

Read More

काठमाडौँ, १५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल ९क्यान० ले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला ‘सुविसु क्यान इन्फोटेक’को २५औँ संस्करणमा आज मन्त्री बाँस्कोटाले प्रविधिको प्रयोग शहरीया उच्च वर्र्गले मात्र नभई दुर्गम गाउँका गरीब जनताले उपभोग गर्नेगरी प्रविधिको पहुँचलाई विस्तार गरिने उल्लेख गर्नुभयो । “सूचना प्रविधिमा आधारित उद्योग, ज्ञान, सीप र क्षमतालाई सम्पूर्ण तहमा व्यक्ति र संस्था अर्थात् ‘करोडपतिका बीचमा मात्र होइन, दुई हजार रुपैयाँको ज्येष्ठ नागरिक भत्ताले जीवन धान्ने परिवारमा’ पनि प्रविधिलाई कसरी पु¥याउने भन्ने सरकारको सोचाइ छ । बरु, कुन तरिकाबाट पु¥याउन…

Read More

सुशीला रेग्मी पाल्पा, १५ माघ । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । कोही रित्तो हात निराश हुँदै घर फर्कन्छन् त, कोही काठको बाकसमा । परिवारको सुखद भविष्यको आशामा रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगे । उनी दुई छोरी र श्रीमतीको लालनपालन तथा साहुको ऋण तिर्न विदेशिएका थिए । उनले सोचेजस्तो भैदिएन वैदेशिक रोजगारी । कुमालको गएको असार १३ गते मलेशियामा निधन भयो । श्रीमान्ले धन कमाएर ल्याउँला र सुखसँग जीवन…

Read More