
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २३ पुस । नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गर्नुभएको शिष्टाचार भेटमा उहाँले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताउनुभयो । नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत…
मनोज दाहाल विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप सोमबार रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको छ । पहिलो र दोस्रो सन्तान छोरी जन्माउने चार दम्पत्तिका नाबालक छोरीका नाममा महानगरपालिकाले ग्लोबल आइएमी बैंकमा खाता खोलेर रु २५ हजार जम्मा गरिदिएको हो । यसरी भत्ता पाउनेमा विराटनगर—१ का नुमा तामाङ, विराटनगर—५ का रोहिणी कट्टेल र सुमित्रा राय अमात तथा विराटनगर–४ का तारादेवी पोखरेल छन् । महानगरपालिकाले उनीहरुको छोरीको…
तेह्रथुम, २३ पुस । तेह्रथुम र सङ्खुवासभाको सीमावर्ती तीनजुरे मिल्के जलजले क्षेत्रका पर्यटकीय बजारमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । सो प्रसारणबाट गुफाबजार, सुकेबजार र जोरपोखरी बजारमा एकसाथ विद्युत् विस्तार गरिएको हो । विद्युत् विस्तार भएपछि बजार क्षेत्रमा हुने गरेको अन्धकार हटेको छ । चैनपुर नगरपालिका–१, नुनढाकीस्थित उक्त बजारमा विद्युत् विस्तारपछि आइतबारबाट बत्ती बल्न थालेको सुकेबजारका सन्तोष लिम्बूले बताउनुभयो । सत्र वर्षअघि निर्माण गरिएको आयोजनाका यन्त्रमा समस्या आएपछि पाँच वर्षयता भरपर्दो विद्युत् सेवा थिएन । आयोजना सञ्चालन हुँदाका बखत समेत स्थानीयवासीले पर्याप्त विद्युत् उपभोग गर्न पाउँदैनथे । विद्युत्मा भएको समस्याबारे पटक पटक स्थानीय सरकारदेखि सांसदसम्मलाई सुनाएपछि विद्युतीकरण भएको…
काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासहित चार जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले खड्काको श्रीमती शर्मिला खड्का, बूढानीलकण्ठ नपा–४ बस्ने अमिता लामा सोदेम्बा र सिजी डेभलपर्सविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । खड्काले अन्य व्यक्तिको नाममा लुकाइराखेको रु सात करोडभन्दा बढीको सम्पत्तिसमेत जफतको मागदाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो । खड्कासहितलाई रु १८ करोड ६६ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । निगमको पूर्वकार्यकारी निर्देशक खड्काले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा उजुरी परेपछि उहाँको सार्वजनिक सेवा प्रवेश गरेपश्चात्को समग्र आय…
काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपमा पक्राउ परेका निलम्वित सांसद रेशम चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज चौधरीलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ । आदेशमा भनिएको छ, ‘चौधरीले आरोपित कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यमान रहेको देखिँदा निजलाई पछि ठहरे बमोजिम हुनेगरी मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीको आदेश मनासिव देखिन्छ ।’ जिल्ला अदालतको २०७४ फागुन १४ गतेको…
उर्लाबारी, २३ पुस । मोरङको विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक कपडा उद्योगमा आज आगलागी हुँदा रु ६० लाखभन्दा बढीको क्षति भएको छ । भाग्य फेसन गार्मेन्ट उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग सञ्चालन गरिएको घर, १७ वटा कपडा सिलाउने मेशिन, कटिङ मेशिन, तयारी कपडा, थान कपडा, कपडा बनाउन प्रयोग गरिने कच्चा पदार्थ, जेनेरेटर, फ्रिज, पङ्खा, इन्भर्टर, कम्प्युटर, टिभी, फर्निचरका सामान जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार नारायण चौधरीले सञ्चालन गरेको सो उद्योगमा रहेको को१२प ६३८३ नंको मोटरसाइकल जलेको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
काठमाडौँ, २३ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताउनुभएको छ । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका बेला त्यहाँ भएका भेटघाट र कुराकानीबारे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा जानकारी गराउँदै उहाँले भ्रमणका क्रममा भएको छलफलपछि नेपाली श्रमिकका लागि जापानी श्रम बजारमा रोजगारी खुला भएको जानकारी दिनुभयो । नेपालको विकासको प्रमुख साझेदारको सूचीमा रहेको जापानको आर्थिक एवं प्राविधिक सहयोगमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, उदयपुर सिमेण्ट कारखाना, कुलेखानी जलविद्युत् आयोजना, बनेपा– बर्दिवास बिपी राजमार्ग निर्माण भएका हुन् नागढुङ्गा–नौबीसे सुरुङमार्ग पनि जापान सरकारको सहयोगमा निर्माण हुने…
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोड नगरपालिका– ८ हर्चना चौक स्थित भद्रपुर बिर्तामोड सडक खण्डमा २ मोटरसाईकल एक आपसमा ठक्कर खाँदा ३ जना घाईते भएका छन । आज दिउँसो साढे ११ बजेको समयमा पूर्वबाट पशचिम तर्फ आउदै गरेको मे. १० प. ५५७८ नंबरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको मे. १० प. ५५१७ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा झापाको भद्रपुर नगरपालिका –१० बस्ने ६० बर्षका खगेन्द्र कार्की र पछाडी सवार निजको श्रीमती ५६ बर्षीय मिना कार्की घाईते हुनुका साथै अर्को मोटरसाईकलमा सवार अर्जुनधारा नगरपालिका– ५ बस्ने ४० बर्षका रमेश सापकोटा समेत घाईते भएका छन् । घाईते तिनैजनाको…
मोरङ , २३ पौष । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा परेर ४ जना घाईते भएका छन् । मोरङको सुनबर्षी नगरपालिका–६ झपटतल चोकमा मोटरसाईकलको ठक्कर बाट २ जना पैदलयात्री घाईते भएका छन् । बरडङगा भित्रि सडक खण्डमा उतर बाट दक्षिण तर्फ जादै गरेको वनटेष्ट मोटरसाईकलले सोही दिशा तर्फ पैदल जादै गरेका सोही स्थान बस्ने ४४ बर्षका प्रेमनन्द मण्डल र सोही नगरपालिका– ८ बस्ने ६० बर्षका देवु कामतलाई ठक्कर दिई घाईते बनाएको थियो । घाईतेहरुलाई उपचारको लागि टाईम्स अस्पताल रंगेली पठाइएको छ भने मोटरसाकल चालक मोरङको सुनबर्षी नगरपालिका– ७ बस्ने २२ बर्षको शंकर कामत र पछाडी सवार…
विराटनगर, २३ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा प्रदेश सरकारले उच्च प्राथमिकताका साथ पूर्वतयारी अवस्थामा बस्नुपर्ने सहभागीले जोड दिएका छन् । प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् उत्थानशील प्रदेश नीति, विपद् जोखिम व्यवस्थापनमा प्रादेशिक रणनीतिक कार्ययोजना, प्रादेशिक आपत्कालीन प्रतिकार्य ढाँचा र विकास प्रक्रियामा सम्भावित विपद् जोखिम प्रभाव मूल्याङ्कन आवश्यकता र औचित्यसम्बन्धी आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीले सो कुरामा जोड दिएका हुन् । ‘जतिखेर पर्ला, त्यति खेर टर्ला’ भन्ने मानसिकताबाट टाढा रहेर प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम गर्न सकिने र मुलुकको आर्थिक भार पनि…