
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुर्खेत, १९ पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न आपराधिक क्रियाकलाप गरेर जिल्ला अदालत सुर्खेतबाट जेल सजाय पाई फरार ४६ अपराधीलाई पक्राउ गरेको छ । मङ्सिरदेखि पुस महीनाको १८ गतेसम्म सुर्खेत प्रहरीले ४६ अपराधी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जम्मा ४३ वर्ष २४ दिन जेल सजाय र रु २१ लाख ९३ हजार ८२२ जरिवाना असुलउपर गरी फैसला कार्यान्वयनमा सहयोग पु¥याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “फैसला कार्यान्वयन गर्ने नीतिअन्तर्गत एक महीनाको खोजीमा प्रहरीले ४६ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “ जिल्लामा एक हजार ६०० अपराधी फरार रहेकाले खोजी…
नेपालका कलाकारहरु बेला बेलामा रहर परिवर्तन गरिदिन्छन् । कहिलेकाही उनीहरुलाई चलचित्रमा गीत गाउने रहर पलाउँछ । निर्मातालाई पनि के चाहियो र, चलेका कलाकारले गीत गाउँदा हिट हुन्छ भन्ने भ्रम हुन्छ । यसैले, त कहिलेकाही यस्ता प्रयोगहरु सही हुन्छन् भने कहिलेकाही बेकारको देखिन्छ । नायिका प्रियंका कार्कीको आवाजमा समावेश ‘अनागत’ चलचित्रमा समावेश ‘कसलाई पोखुँ’ बोलको गीत सार्वजनिक भएको एक हप्ता बढी भैसकेको छ । तर, एक साता भन्दा बढीको समयमा युटुबमा यो गीतले जम्मा ३८ हजार भ्यूज पाएको छ । यो निकै नै कमजोर भ्यूज हो । दर्शकले गायक सुरज शाही ठकुरीको स्वरलाई राम्रै भनेका छन् भने प्रियंकाको स्वरका कारण गीत…
भद्रपुर, १९ पुस । अध्यागमन कार्यालय काँकडभिट्टाले नेपालको पूर्वी नाका हुँदै नेपाल भित्रिने पर्यटक घटेको जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ को तुलनामा सन् २०१८ मा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक ३२२ ले घटेका हुन् तर बाहिर भने बढेका छन् । सोही नाकाबाट बाहिरीने पर्यटक भने १३९ ले बढेको कार्यालयले जनाएको छ । कार्यालयको तथ्याङ्कअनुसार सन् २०१७ मा पैदलमार्ग हुँदै नेपाल आउने कूल पर्यटक ११ हजार ४९७ थिए भने सन् २०१८ मा ११ हजार १७५ छन् । तेस्रो मुलुक बाहिरिने कूल पर्यटक सङ्ख्या सन् २०१७ मा १० हजार ३६६ थियो भने सन् २०१८ मा १० हजार ५०५ छ ।…
नारायण अधिकारी चितवन, १९ पुस । कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन गरेका हुन् । तर विश्वविद्यालयका उपकूलपति प्रा डा ईश्वरीप्रसाद ढकालले यसअघि प्रकाशित सूचनामा विश्वविद्यालय र आङ्गिकको कोटा निर्धारण गरी भर्ना आह्वान गरिएकाले सो कोटाबाट निजी क्याम्पसले भर्ना लिन नपाउने बताउनुभएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र विश्वविद्यालयसँग परामर्श…
धरान, १९ पुस । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भएपछि मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिनुभयो । इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा नरेन्द्र भट्टलाई दिइएको छ । पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ…
काठमाडौँ, १९ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सामान उत्पादन गर्र्ने उक्त उद्योगलाई कारवाही गरेको हो । कारवाहीमा परेका उद्योगमा घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा, नवनेपाल प्लाष्टिक उद्योग, नारायणी सिमेन्ट उद्योग प्रालि बारा, मेगा सिमेन्ट प्रालि झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, गणपति वनस्पति प्रालि बारा रहेका छन् । यस्तै, इन्टरनेशनल सिमेन्ट प्रालि वीरगञ्ज, गोरखाली सिमेन्ट उद्योग प्रालि झापा, अन्नपूर्ण सिमेन्ट कम्पनी प्रालि मोरङ, गोल्डेन ब्याट्री प्रालि मोरङ, सुगम मेनिफेक्चर काठमाडौँ, एम जेपी…
लहान, १९ पुस । ज्यान मार्ने उद्योग, सङ्गठित अपराधलगायतका विभिन्न मुद्दामा फरार एक व्यक्तिलाई गए राति सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित बन्दीपुरबाट विभिन्न मुद्दामा फरार रहेका धनुषाको सिंग्याही मडान–३ घर भएका ५७ वर्षीय रामेश्वर महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतो ज्यान मार्ने उद्योग, सङ्गठित अपराध, विष्फोटक पदार्थ तथा डकैतीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । महतोलाई आज सिरहा जिल्ला अदालतमा बुझाइने प्रहरी नायव उपरीक्षक खरेलले बताउनुभयो । यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले…
सुनसरी, १९ पौष । १ नम्बर प्रदेशका ३ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् । सुनसरीको ईटहरी नगरपालिका–८ कोशीराजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बुधबार बिहान ११ बजेको समयमा इटहरीबाट विराटनगर तर्फ जादै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई AS07AC5633 नम्बरको कन्काई ग्यास बोक्ने LP ट्रकले पछाडीबाट ठक्कर दिँदा बिराटनगर बस्ने अंदाजि बर्ष ५० का गिरिराज ढकाल गम्भिर घाइते भएका थिए । घाइते उनलाई तत्काल स्थानिय पशुपती मेडिकलमा प्राथमिक उपचार गराए पश्चात थप उपचारको लागि विराटनगर न्युरो अस्पताल ल्याईएकोमा उपचारको क्रममा सोही दिन…
सन्तोष शर्मा झापा, १९ पुस । रोजगारीको खोजीमा दैनिक सयौँ युवा विदेशिने गरेका छन् । सुनौलो भविष्यको सपना बोकेर विदेशिनेहरुको अग्रपक्तिमा झापाली युवा पनि रहेका छन् । त्यही पंक्तिमा उभिएर रोजगारीका लागि कोरिया पुगेका एक झापाली युवा हुन्, कनकाई नगरपालिका–२ का दीपक चापागाईं (३७) । तर, स्वदेशमा रोजगारीको अवसर र सम्भावना नदेखेर भने उहाँ विदेशिनु भएको होइन रे । ‘म स्वदेशै केही गर्न सकिएन भनेर कोरिया गएको होइन’, आधा दशक कोरियामा कडा परिश्रम गर्नुको कारण खोल्दै उहाँले भन्नुभयो, ‘स्वदेशमै केही गरौँ भने पुँजी थिएन, पाँच वर्ष बसेँ, राम्रै कमाएँ, अहिले उद्योग सञ्चालन गरिरहेको छु ।’ विदेशबाट कमाएको रकमबाट उहाँले झापाको…
भतरपुर, १९ पुस । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार अपराह्न भरतपुर २४ धु्रवबजारस्थित माइतमा बसिरहेको अवस्थामा श्रीमती २० वर्षीय डोल्मालाई पोखरा बस्दै आएका वीरेनले गाडी रिजर्भ गरेर चार साथीसहित भरतपुरसम्म आएर एसिड प्रहार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो । पारिवारिक मनमुटावका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँको भनाइ छ । पोखराबाट…