झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १८ पुस । कर्मचारी समायोजनका लागि २६ हजार १३० जना कर्मचारी अनलाइन प्रणालीमा नाम दर्ता गराएका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइन फारममा २६ हजार १३० जनाले नाम दर्ता गराएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार तीमध्ये १९ हजार ८६८ जना समायोजन रोज्नका लागि तयार र छ हजार २६२ जनाले समायोजनका लागि फारमसमेत भरिसकेका छन् । यही पुस मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेश–२०७५ ल्याउँदै समायोजनको कार्य शुरु गरेको छ । सरकारले पुस ११ गते २१…

Read More

काठमाडौँ, १८ पुस । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टीतेल प्रतिलिटर ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा पुनःकमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएका कारण मूल्य घटाइएको हो । हवाई इन्धन र एलपी ग्यासमा मूल्य यथावत राखिएको छ ।

Read More

दमक, १८ पुस । झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो । आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उहाँले बताउनुभयो ।

Read More

सुनसरी, १८ पुस । सुनसरीको ईटहरी उपमहानगरपालिका–८ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान १०:५५ बजेको समयमा ईटहरीबाट बिराटनगर तर्फ आँउदै गरेको को १२ प ८४२० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउदै गरेको AS07AC5633 नम्बरको ग्याँस बोक्ने LP ट्रकले पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक बिराटनगरका ५० बर्षीय गिरीराज ढकाल गम्भीर घाईते भएका थिए । घाईतेलाई उपचारको लागि स्थानीय पशुपति मेडिकलमा लगिएको थियो । ढकाललाई उक्त मेडिकलमा उपचार हुन नसकी थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा आजै १२:३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । ट्रक चालक र ट्रक ईलाका प्रहरी कार्यालय…

Read More

धरान, १८ पुस । मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मङ्सिर २७ गते सुनसरी कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नंको मोटरसाइकल, एक थान मोबाइल र रु एक हजार ३०० नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको एक थान मोबाइलसमेत…

Read More

सन्तोष शर्मा बनियानी, १८ पुस । तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद् झापाले बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बौद्धधर्म–संस्कारको अपमान गरेको जनाएको छ । परिषद्ले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी बौद्धधर्म–संस्कारमा विशेष महत्व रहेको ‘खादा’को विषयमा नगर प्रमुख शिवाकोटीले अन्त्यतै तल्लोस्तरको शब्द प्रयोग गरेर अपमान गरेको जनाएको छ । पुस १५ गते तमु ल्होसारका दिन बिर्तामोड–१० स्थित धर्मचक्र गुम्बामा आयोजित ‘तमु ल्होसार विषेश कार्यक्रम’मा प्रमुख अतिथिको मन्तव्य राख्दै नगर प्रमुख शिवाकोटीले ‘खादाको प्रयोग बिर्तामोडमा मैले प्रतिबन्ध गरेको छु । खादा किन्ने पैसाले रोगीको उपचार गर्नुपर्छ । खादा बच्चाको आची पुछ्न र घरमा पुछ्न पनि काम आउँदैन ।…

Read More

काठमाडौँ, १८ पुस । नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ (ललितपुर), डा डिला सङ्ग्रौला पन्त (मोरङ), देवप्रसाद तिमिल्सिना (रौतहट) र पार्वता डिसी चौधरी (दाङ) लाई काङ्ग्रेस संसदीय दलको कार्यसमिति सदस्य पदमा मनोनीत गर्नुभएको हो ।

Read More

काठमाडौँ, १८ पुस । प्रतिनिधिसभा, सार्वजनिक लेखा समिति मातहत गठित उपसमितिले नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा रु चार अर्ब ३५ करोड ५६ लाख घोटाला भएको प्रतिवेदन बुझाएको छ । सार्वजनिक लेखा समितिको आजको बैठकमा उपसमितिका संयोजक राजेन्द्र केसीले निगमका दुईवटा वाइड बडी खरीदका सम्बन्धमा गरिएको अध्ययन अनुसन्धानबाट वर्तमान वैदेशिक मुद्रा सटही दरका आधारमा करीब रु चार अर्ब ३५ करोड ५६ लाख रकम नोक्सानी भएको जानकारी दिनुभयो । विमान खरीदका सम्बन्धमा उठेका प्रश्नको बारेमा अध्ययन अनुसन्धान गर्न समितिले गत मङ्सिर २६ गते सांसद केसी संयोजक रहनुभएको सात सदस्यीय उपसमिति गठन गरेको थियो । मन्त्री अधिकारीलाई पनि कारवाही गर्न…

Read More

सुरेन्द्र भण्डारी सुरुङ्गा, १८ पुस । झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको कृषि विकास फार्म चन्द्रडाँगीलाई थप व्यवस्थित गरिने भएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका धान, मकै र गहुँको मूल बिउ उत्पादन गरी नयाँ जातको बिउ कृषकलाई उपलब्ध गराउँदै आएको सो फार्मलाई थप व्यवस्थित गरिने भएको हो । नगरपालिका प्रमुख चन्द्रकुमार शेर्माले फार्मबाट कृषकले जुनसुकै जातका बिउबिजन तथा माछाका भुरा उपलब्ध गराउन नयाँ कार्यक्रम शुरु गरिने जानकारी दिनुभयो । जसका लागि नगरपालिकाले केन्द्र सरकार र प्रदेश सरकारसँग बजेट माग गरिसकेको छ नगरप्रमुख शेर्माले भन्नुभयो । चौरासी बिघा अर्थात ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मको २५ हेक्टर क्षेत्रफलमा विभिन्न…

Read More

भद्रपुर, १८ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले आज झापाको गौरादहस्थित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका–५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवद्र्धित एक सय बिघा जग्गामा सञ्चालित नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको हो । परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गर्नुभएको हो । परियोजना स्थलमा राष्ट्रपति भण्डारीलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह, साना किसान बैंकका महाप्रबन्धक कृष्णप्रसाद लामिछाने लगायतले स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले आजै झापाको…

Read More