झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २१ पुस । पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन । झन्डै १५ दिन लामो स्थायी समिति बैठक भर्खरै सकियो । त्यसमा पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे बढी बहस र विवाद भयो । अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश स्थानीय तहको नेतृत्व गरिरहेको छ । पार्टीको संगठन भने तदर्थ शैलीमा चलिरहेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रकै संगठनहरूले नै काम गरिरहेका छन् । स्थायी समितिमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमा पनि तल्लो तहसम्म एकताको ठोस प्रस्ताव आएन । बैठकबाट एउटा कार्यदल बनाइएको छ । उक्त कार्यदलले…

Read More

बनियानी, २१ पुस । झापाको कमल गाउँपालिका–४ स्थित एकताचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ का ४२ वर्षीय शिव लामिछाने रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछानेलाई आज बिहान मे.१ख १९५७ ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल दमक पु¥याउनासाथ मृत्यु भएको प्रमुख राईले बताउनुभयो । ट्रक चालक पाँचथर भारपा–५ का ३४ टेकबहादुर राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, सोही घटनाको मुचुल्का उठाउँदा इलाका प्रहरी कार्यालय दमक दरबन्दी भई प्रहरी चौकी…

Read More

भद्रपुर, २१ पुस । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले शुक्रबार एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका–५ का ३१ वर्षीय विकास गुरुङ र उनकी २० वर्षीया श्रीमती सेञ्जल लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पपाल चोकमा डेरा गरी बस्ने लिम्बू दम्पतीलाई विशेष सूचनाको आधारमा प्रहरीले २४।७१ ग्राम ब्राउन सुगरसहित कोठाबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । प्रहरीले थप अनुसन्धानका लागि उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखिएको जनाएको छ ।

Read More

नयाँदिल्ली, २१ पुस । भारु पाँच सय र दुई हजार दरका नोटमा प्रतिबन्ध लगाउने नेपाल सरकारको दुई साताअघिको निर्णयमाथि भारतको संसद्‌मा चासो व्यक्त गरिएको छ । बिहीबार भारतको माथिल्लो सदन राज्यसभामा सांसदहरुले नेपाल सरकारको उक्त निर्णयबारेमा भारत सरकारबाट जवाफ मागेका थिए । समाजवादी पार्टीका सांसदद्वय रवि प्रकाश बर्मा र निरज शेखरले ‘नेपाल सरकारको निर्णयको पछाडि रहेका केकस्तो कारण रहेको, यस विषयमा भारतको विदेश मन्त्रालयले नेपाली पक्षसमक्ष छलफल गरेको छ कि छैन रु यदि छ भने नेपाली पक्षको प्रतिक्रिया के रह्यो रु र यदि छलफल गरिएको छ भने त्यससम्बन्धि प्रष्ट जवाफ दिन’ विदेश मन्त्रालयसमक्ष माग गरेका थिए । सांसदले सोधेको प्रश्नको…

Read More

काठमाडौँ, २० पुस । मलेसियामा जेल परेका श्रमिकलाई छुटाइदिने भन्दै परिवारलाई ठग्ने गिरोह सक्रिय रहेको पाइएको छ । यस्तो ठगी गर्ने मलेसिया प्रहरीसँग मिलेमतोमा हुने गरेको छ । मलेसियाले गैरकानुनी हैसियतका श्रमिकलाई थुन्ने र सजाय पूरा भएपछि ‘डिपोर्ट’ गर्ने अभियान चलाएसँगै दलालले ठगी धन्दा बढाएका हुन् । उनीहरुले जेल परेका श्रमिकलाई भेटेर परिवारको सम्पर्क नम्बर लिई रकम असुल्ने गरेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, २० पुस । सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो । सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो । थपिएका बिदाः उभौली, उधौली, इदुल फित्र, बकरइद, मोहम्मद जयन्ती, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, छठ, माघी, जनैपूर्णिमा ।

Read More

काठमाडौँ, २० पुस । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति बिहीबार गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी…

Read More

बनियानी, २० पुस । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापा चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो । “कोरियामा पाँच वर्ष काम गरेँ”, उहाँले भन्नुभयो, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उहाँको लक्ष्य छ…

Read More

काठमाडौँ, २० पुस । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो। संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको शपथ गराउन नमिल्ने तर्क गरेका छन्। फौजदारी अभियोगसम्बन्धी मुद्दा न्यायिक प्रक्रियामा रहेका बेला चौधरीलाई कानुनविपरीत शपथ गराइएको अधिकारीले दाबी गरे । ‘संसद् भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने स्थल हो’, अधिकारीले भने, ‘जनताको प्रतिनिधि हुन न्यूनतम चारित्रिक स्तर कानुनले निर्धारण गरेको छ। चौधरीको…

Read More

विराटनगर, १९ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाको विकासबाट नै राष्ट्रको उन्नति हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत तथा अभिनन्दका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आज आयोजना गरेको कार्यक्रममा उहाँले चेतना र लोकतन्त्रको सम्वाहक महेन्द्र मोरङ क्याम्पसको भूमिका अग्रणी छ भन्नुभयो । राष्ट्रपति भण्डारीले विगतमा आफू यस क्याम्पसमा अध्ययन गरेको स्मरण गर्दै मुलुकमा भएको राजनीतिक परिवर्तनपछि समृद्धिको बाटोमा हिँडिरहेको अवस्थामा शैक्षिक संस्थाले सोहीअनुसारका पाठ्यक्रम र जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा भएको अपार सम्पदाको उपयोगका लागि आवश्यक रणनीति बन्नुपर्छ भन्दै चरित्रवान, लगनशील र देशभक्तिको भावना बोक्ने जनशक्तिले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो । प्राज्ञिक संस्थाले…

Read More