
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गुल्मी, १२ पुस । बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु गरेका छन् । कामलाई सानो ठूलो होइन सफलतापूर्वक गर्नुपर्छ जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले अटोरिक्सा चलाउन सुरु गरको बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।
हेटौँडा, १२ पुस । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
काठमाडौँ, १२ पुस । नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरको तर आफूहरुलाई मात्र कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।
काठमाडौँ, १२ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो । छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए । ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
बारा, १२ पुस । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । कलैया उपमहानगरपालिका–१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो । आजको कान्तिपुर दैनिकमा छ ।
बिर्तामोड, ११ पुस । झापाको बिर्तामोडमा पुस १३ गतेदेखि ‘बिर्तामोड महोत्सव २०७५’ हुने भएको छ । असहाय विद्यार्थीका लागि शैक्षिक सहयोग गर्ने उद्देश्यले संयुक्त युवा परिवार झापाको आयोजनामा पुष १३ देखि २५ गतेसम्म महोत्सव हुने लागेको हो । महोत्सवमा व्यापार–व्यवसायको प्रबद्र्धनका लागि विभिन्न कृषि उपज तथा व्यापारिक स्टल राखिने संयुक्त युवा परिवारका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ बताउनुभयो । महोत्सवमा व्यवसायिक र कृषिजन्य गरी ७० वटा स्टल रहने बताइएको छ । आइटी तथा विज्ञान, कम्प्युटर इलेक्ट्रोनिक तथा मेसिनरी, अटो तथा मोटरपार्टस्, शैक्षिक सामाग्री, शैक्षिक परामर्श सेवा, कृषिजन्य उत्पादित वस्तुहरु, श्रृंगारका सामान, पहिरन तथा लत्ताकपडा, जुत्ताचप्पल लगायतका स्टलहरु रहने महासचिव बद्री महतले बताउनुभयो…
काठमाडौँ, ११ पुस । जबर्जस्ती चोरी मुद्दामा अदालतले धरौटी माग गरिएका एक व्यक्ति आज काठमाडौँ जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । प्रहरी परिसर काठमाडौँले आजै पक्राउ गरी अदालतको लगत शाखामा बुझाएका सिन्धुपाल्चोकका लालकाजी भन्ने रामकाजी तमाङ अदालत परिसरबाटै फरार भएका प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । विसं २०७२ मा भएको जबर्जस्ती चोरी मुद्दामा अदालतले उनलाई रु छ लाख ९० हजार जरिवाना तोकेको थियो । जरिवाना नबुझाएकाले कैद बस्नुपर्नेमा फरार हुँदै आएका तामाङ काम विशेषले प्रहरीमा आएका बेला प्रहरीले पहिचान गरी पक्राउ गरेको थियो । उनलाई आजै अदालतमा बुझाएर प्रहरी फर्किएपछि सो घटना भएको प्रहरी परिसर काठमाडाँैका प्रहरी नायब…
मोरङ, ११ पुस । मोरङको बिराटनगर महानगरपालिका-१ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर १ युवतीको मृत्यु भएको छ । आज दिउँसो १२:३० बजेको समयमा आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा लड्दा गम्भीर घाईते भएकी थिईन् । घाईतेलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
व्यापारी–व्यवसायी वृत्तमा छुट्टै पहिचान बनाएका नाम हो– झापा कनकाई नगरपालिका निवासी त्रिलोचन चिमरिया । कनकाई उद्योग बाणिज्य संघको भोलि (बिहीबार) हुने निर्वाचनमा उहाँ अध्यक्ष पदका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । सोही चुनावी सेरोफेरोमा रहेर झापा अनलाइनले उहाँसँग गरेको छोटो कुरानकानी– आगामी पुस १२ गते हुने कनकाई वाणिज्य संघको अध्यक्षमा पदका लािग तपाईंले उम्मेद्वारी दिनु भएको छ के का लागि हो तपाईको उम्मेद्वारी ? कनकाई नगरपालि र झापा गाउँपालिका क्षेत्र भित्र हरेका व्यवसायीहरुको सांगठनिक संस्थाका रुपमा यो संस्थाले व्यावसायीहकहरुको हक र अधिकारको सुश्चितताको विकास गरी कार्यान्वयनमा ल्याएर स्तन्त्र रुपमले व्यवसाय गर्नको निडर रुपले लगानी गर्न सक्ने वातावरणको सिर्जना गर्नको लागि अध्यक्ष नै…
गंगा पराजुली पशुपतिनगर, ११ पुस । दक्षिणी इलामको माई नगरपालिकामा ९६ कर्मचारीको आवश्यक भए पनि नौ जना मात्रै कार्यारत छन् । जम्मा १० वडा रहेको नगरपालिकाले आन्तरिक स्रोतबाट पाँच कर्मचारी थपे पनि कर्मचारीलाई कामको भार थपिने क्रम बढ्दो छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसमेत नभएको १० महीना बितेको नगर प्रमुख दीपक थेवेले बताउनुभयो । अधिकार र काम थपिए पनि नगरपालिकामा कर्मचारी नहुँदा योजना कार्यान्वयन, अनुगमन र प्रशासनिक काम गर्ने समस्या रहेको हो । कर्मचारी अभावले माई नगरपालिकामा एक कर्मचारीले ११ वटा फाँटसम्म हेर्नुपर्ने र इञ्जिनीयरले वडासचिवको समेत काम गर्नुपर्ने अवस्था छ । योजना कार्यान्वयनमा लाग्नुपर्ने प्राविधिकले वडासचिवको काम गर्नुपर्दा विकास…