झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १३ पुस । झापाको कनकाई उद्योग बाणिज्य संघमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार संघको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका हुन् । संघको १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो । संघको आगामी तीन वर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ७२७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभएको छ । संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्याशी मिनाल तिम्सिनाले ५११ मत प्राप्त गर्नुभएको निर्वाचत अधिकृत प्रकाश चुडालले जानकारी दिनुभयो । त्यसैगरी, बाणिज्य उपाध्यक्षमा समावेशी समूहका अर्जुन बोहोराले ६५३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकतम् प्रतिद्वन्द्वी कृष्णप्रसाद चुडालले ५५६…

Read More

काठमाडौं, १३ पुस । सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । ‘उनी थुनामुक्त मात्र भएका हुन्, सपथग्रहण गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषय कानुनअनुसार नै हुन्छ,’ उनले भने । गत वर्ष मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी विजयी…

Read More

काठमाडौँ, १३ पुस । बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेका छन् । बुधबार शरणमा दुई महिला आएपछि महानगरीय प्रहरीले सुधार केन्द्रमा छापा मारेको छ । ‘अमानविय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौँ’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, १३ पुस । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद झापाले बिहीबार सरकारले सार्वजनिक विदा कटौतिको बिरोधमा बिदाको माग गर्दै जिल्ला प्रशासन झापाको कार्यालय अगाडि धर्ना दिएका छन् । तमु ल्होसार लगायत आदिवासी, जनजाति समुदायको बिदा कटौती भएको मूख्य चाडपर्वहरु यथाशिघ्र पुनःस्थापितको मागगद धर्ना कार्यक्रम गरेको हो । केन्द्रीय परिषदको तालिका अनुसार बिहीबार देशको ७७ वटै जिल्लाका सबै जिल्ला प्रशासन कार्यालय अगाडि कालो व्यानरसहित एक घण्टा धर्ना कार्यक्रम गरिएको जिल्ला अध्यक्ष धनबहादुर गुरुङ्गले जानकारी गराए । विभिन्न जातजाति, भाषिक, धार्मिक र संस्कृति भएको देशमा सबै जातजातिप्रति राज्यबाट समान व्यवहार हुनुपर्ने तर वर्तमान सरकारले सार्वजनिक विदाको सवालमा लिएको निर्णय प्रति…

Read More

द्रोण अधिकारी भद्रपुर, १३ पुस । प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले पूर्ण सरसफाई जिल्लाको मान्यता सहितको स्वीकृत पत्र पठाएपछि झापा आज खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । तर, सात सय बढी कैदी बन्दीको शौच व्यवस्थापन गर्न नसकेको झापा जिल्लालाई खुला दिसामुक्त घोषित गर्न निर्माण गरिएको मञ्चको ७ सय मिटर उत्तर–पूर्वको बस्ती दिसा–पिसाब युक्त पानीले डुबिरहेको छ । दुई साताअघि खुला दिसामुक्त भएको भद्रपुर नगरपालिकाभित्रको ९ नम्बर वडामा रहेको जिल्ला कारागारबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिशापिसाब व्यवस्थापनको निकास दिने ढल नभएका कारण दुई दर्जनभन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् भने यसको असर झापाको सदरमुकाम आसपास परिरहे…

Read More

सान नेपाल गौरादह, १३ पुस । मुलुककै नगरपालिकामध्ये कान्छो मानिएको झापाको गौरादह नगरपालिकाले चालु आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको छ । नगरपालिकाले कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्ष २०७५÷०७६ को खर्च विवरण सार्वजनिक गरेको हो । विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यमहरुमा नगरपालिकाको चालु खर्चको विषयमा अपारदर्शिता भएको खबर प्रकाशन÷प्रशारण भएपछि नगरबासीहरुले तीव्र असन्तुष्टि व्यक्त गर्दै आएका थिए । चालु खर्चको पदाधिकारीका सेवा सुविधा, इन्धन, भ्रमण लगायतका शीर्षकमा अत्याधिक बजेट विनियोजन गरेको नगरबासीले बताउँदै आएका थिए । नगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाले चालु आर्थिक वर्षमा पुजीँगततर्पm पहिलो चौमासिकमा १४ करोड ५१ लाख ५८ हजार खर्च भएको…

Read More

काठमाडौँ, १३ पुस । नेपाललाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन हुने भएको छ । नेपाल सरकारको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्ससँगको सहयोगमा हुने उक्त सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा लगानी जुटाउने प्रयास हुनेछ । अर्थ, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्ड नेपालको सक्रियतामा हुने उक्त सम्मेलनमा नेपालमा लगानीका अवसरका साथै आर्थिक रुपान्तरणका लागि आगामी १० वर्षमा लगानी गरी प्रतिफल उठाउन सक्ने क्षेत्रमा बाह्य लगानी भित्र्याउने…

Read More

कनकाई, १३ असोज । कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाको नेतृत्वका लागि बिहीबार भएको निर्वाचनमा १२६१ मत खसेको छ । निर्वाचनमा कुल १३ सय ८५ मतदातामा १२ सय ६१ मत खसेको निर्वाचन अधिकृत प्रकाश चुडालले बताउनुभयो । बिहीबार साढे नौ बजेसम्म मतगणनाको नियमका वारेमा थोरै विवाद उठेपछि मतगणनामा ढिलाइ भएको थियो । निर्वाचनमा मिनाल तिम्सिनाको नेतृत्वमा संयुक्त व्यावसायिक प्यानल र त्रिलोचन चिमरियाको नेतृत्वमा लोकतान्त्रिक प्यानलबाट निर्वाचनमा उत्रिएका छन् । कुल १७ पदमध्ये बरिष्ठ उपाध्यक्षमा सोमनाथ उप्रेती सर्वसम्मत बनेपछि बाँकी १६ पदका लागि दुवै प्यानलबाट ३२ जना उम्मेद्वारहरु चुनावी दौरानमा उभिएका छन् ।

Read More

काठमाडौँ, १३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकता गर्न बाँकी रहेका कमिटीको एकता पुस मसान्तसम्म गर्ने प्रस्ताव गर्नुभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराउनुभयो । आफ्नो राजनीतिक प्रतिवेदनका सन्दर्भमा स्थायी कमिटी सदस्यले बैठकमा राखेका विभिन्न विषयको जवाफ दिने क्रममा अध्यक्ष ओलीले कार्यदल गठन गरेर बाँकी रहेको सङ्गठनको एकतालाई निष्कर्षमा पु¥याउने बताउनुभएको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । एकतापछि पार्टीको केन्द्रीय कमिटी र प्रदेश कमिटीसहित इञ्जिनीयरिङ, निर्माण व्यवसायी र कानून व्यवसायी सङ्गठनमा मात्रको एकता भएको छ ।…

Read More

काठमाडौँ, १३ पुस । राप्रपा (प्रजातान्त्रिक)ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराको सभापतित्वमा बिहीबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले यही पुस २७ गते देशभरि नै पृथ्वीजयन्ती तथा एकता दिवस मनाउने निर्णय गरेको प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो । बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री सुनीलबहादुर थापाबारे विभिन्न सञ्चारमाध्यममा कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएकामा सो समाचारको खण्डनसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिनुुभयो ।

Read More