
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पोखरा, २१ पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइड बडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन सो आयोग गठन गरिएको स्पष्ट पार्नुभयो । उहाँले आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएका व्यक्तिमाथि सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाउने उल्लेख गर्नुभयो । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र कारवाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको स्मरण…
राजविराज, २१ पुस । सप्तरी प्रहरीले पर्शुराम मिश्र हत्या आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–२ बस्ने ४० वर्षीय शैलेन्द्र मुखियालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । तिलाठी कोइलाडी–१ बस्ने २७ वर्षीय पर्शुराम मिश्रको तेलिया पोखरी नजिक करीब दुई हप्ता अगाडि कुटपिटबाट मृत्यु भएको थियो । सो घटनाका सम्बन्धमा फरार रहेका प्रतिवादी मुखियालाई खोजतलासका क्रममा सखडाबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।
काठमाडौँ, २१ पुस । एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन÷तीन पुरुष÷महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, आर्यन गिरी र चिराग तिम्सिना तथा महिलामा शर्भानी श्रेष्ठ, सुभाङ्गीलक्ष्मी शाह र इशाश्री शाह तथा प्रशिक्षकमा रामेश्वर थापा रहेका छन् । टोलीलाई नेपाल टेनिस सङ्घकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मूललगायतका पदाधिकारीले शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् ९राखेप० मा आयोजित कार्यक्रममा बिदाइ गर्नुभएको थियो ।
नवलपरासी, २१ पुस । कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । विश्वविद्यालय अन्तर्गतको कृषि सङ्काय तर्फ सात र वन सङ्काय तर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो । विश्वविद्यालयले निजी क्षेत्रलाई पहिलो पटक स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको छ । यस अघि सरकारी र आङ्गिक क्याम्पसले मात्र कक्षा सञ्चालन गर्दैआएका थिए । रामपुर कृषि क्याम्प्समा पवेश परीक्षा उत्र्तीण गरेपश्चात अनुमति पाएका शैक्षिक संस्थामा एक पटकमा ५० जनासम्म विद्यार्थी अध्ययन गर्न सक्नेछन् । पश्चिम नवलपरासीको रामनगर…
गौरीगञ्ज, २१ पुस । जीवन विकास समाज गौरीगञ्जले केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ । शिवालय मन्दिर सभाहलमा सञ्चालन गरेको गोष्ठीमा संस्थाका २२० जना केन्द्र प्रमुखहरु सहभागी भएका थिए । संस्थाका सहायक महाप्रबन्धक भरतलाल मण्डल र नायब प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई बचतका विशेषता र फाइदा, ऋण सदुपयोग र दुरुपयोग, ऋणका विशेषता, बिमा सुविधा, रेमिटयान्स सुविधा, आम्दानीका श्रोत, रोजगारीका अवसर, ऋण लिने अवस्था, कारोबार गर्ने तरिका र सीपमूलक तालिम लगायतका विषयमा प्रशिक्षण दिएका थिए । त्यसअवसरमा सफल ऋणी ३ जना, दुई वटा केन्द्र, ३ वटा उत्कृष्ट समूहलाई पुरस्कृत गरिएको थियो । संस्थाका शाखा प्रमुख राजु…
सान नेपाल गौरादह, २१ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रसेले अपनाएको मेलमिलापको नीतिबाट मात्र मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । कांग्रेसले शुरुवात गरेको ४२औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसर पारेर नेपाली कांग्रेस गौरादह नगर समितिको आयोजनामा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन् । कांग्रेस पार्टीभित्र सांगठनिक र राजनीतिक एकता भइसकेको अवस्थामा कार्यकर्ताहरुलाई ढुक्क हुन आग्रह गर्दै आगामी निर्वाचनमा कांग्रेस पक्षमा दुईतिहाई जनमत सिर्जना हुने दाबी गरे । विगतमा भएका दुई निर्वाचनले कांग्रेसलाई प्रतिपक्षी भएर खबरदारी गर्न जनमत प्राप्त भएको चर्चा गर्दै उनले नेपाली कांग्रेस पराजित भएको नभएर आन्तरिक सांगठनिक…
काठमाडौं, २१ पुस । सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् । मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिए । तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए । समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमैै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । संविधानको धारा ३०२ बमोजिम केन्द्रीकृत…
इनरुवा, २१ पुस । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गर्नुभयो । इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवा नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै विष्टले प्रतियोगिता उद्घाटन गर्नु भएको हो । सो अवसरमा सदस्यसचिव विष्टले खेलले आर्थिक, सामाजिक, शिक्षा, मानसम्मान सबै प्रदान गर्ने भएकाले खेलको विकास भए नगरको आफैँ विकास हुने बताउनुभयो । मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकूद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला…
काठमाडौं, २१ पुस । नेपाल वायुसेवा निगमले ल्याएको २ वटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रटाचार भएको भन्ने संसदीय उपसमितिको प्रतिवेदन त्रुटीपुर्ण पाइएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले प्रतिवेदनमा त्रुटी भएको निष्कर्ष निकाल्दै त्यसलाई सच्याएर छलफलमा ल्याउने भएको छ । ‘समितिले आइतबारसम्ममा विमान खरिद प्रकृयामा संलग्न निकायहरुसंग छलफल र विज्ञहरुसंगको परामर्श गरेर प्रतिवेदनमा भएका त्रुटीहरु सच्याएर तयार पार्न कर्मचारीलाई निर्देशन दिएको छ,’ लेखा समिति सचिव डा रोजनाथ पाण्डेले भने, ‘हामीले सरोकारवाला निकायहरुसंग छलफल गरेर आइतबारसम्म प्रतिवेदन सच्याएर पेश गर्नेछौं ।’ गल्ति नै नगरेका व्यक्तिहरु पनि उपसमितिको प्रतिवेदनमा परेको भन्दै सांसदहरुले सच्याउन आग्रह गरेपछि त्यसमा भएको त्रुटी सच्याउने काम शुरु भएको…
काठमाडौं, २१ पुस । विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सोचेभन्दा सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमासमेत पढाउँछन् । उनीहरुलाई साइरन बजाउँदै सडकमा भिभिआइपी दम्भ देखाउनु बेतुक लाग्छ । राज्यको व्यभार कटौती गर्ने पनि छन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले त आफ्नो आलिसान सरकारी निवासमा क्याम्पस सञ्चालन गर्न दिएका छन् । यस्ता विश्व नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । इमरान खान, पाकिस्तानका प्रधानमन्त्री सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकार प्रमुखको सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । अलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे सैनिक सचिवालयमा…