
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १५ पुस । ‘खर्च नभए पनि अपर्झट आवश्यकता पर्छ कि भनेर बजेट राखिएको हो,’ प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रबहादुर माझी भन्छन् । तर अघिल्लो आर्थिक वर्षमा १५ लाख विनियोजन गर्दा समेत सबै रकम खर्च भएको थिएन । बैजनाथ मात्र होइन, बाँकेका अधिकांश स्थानीय सरकारमा गाडी, इन्धन र मर्मतको खर्चमा स्थानीय तह प्रमुखको मनलाग्दी देखिन्छ । अन्नपूर्ण पोस्ट्ले जिल्लाका आठ वटै स्थानीय तहले आर्थिक वर्ष २०७५र०७६ का लागि विनियोजन गरेको बजेटको विश्लेषण गरेको छ । सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुसँग कुराकानी पनि गरेको छ । यस आधारमा भन्न सकिन्छ, स्थानीय तहले गाडी र इन्धनमा फजुल खर्च गरिरहेका छन् । स्थानीय…
झापा, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५…
रौतहट, १५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सार्थक बनाउन माघ १ देखि जन्मिने छोरीको एक लाख रुपैयाँको जीवन बीमा सरकारले गरिदिने घोषणा गरेका छन् । रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले यस्तो घोषणा गरेका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।
बनियानी, १४ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद भएको छ । संघको १२ औँ अधिवेशनमा भएको निर्वाचनबाट सभापतिमा राजेन्द्र उप्रेती निर्वाचित भए पनि अर्का प्रत्यासी भुवन बुढाथोकी नेतृत्वको समूहले असन्तुष्टि व्यक्त गर्दै सामान्तर अर्को समिति गठन गरेका छन् । संघको पुस १२ गते भएको निर्वाचनमा उप्रेतीका ४५२ मतका साथ विजयी भएको र बुढाथोकीले ६४ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार संघको सचिवमा नारायण नेपाल ४२७ मत र कोषाध्यक्षमा नवराज ढकाल ४०२ मतका साथ विजयी भएका छन् । सचिव पदमा उम्मेद्वारी दिएका विनोद चापागाईंले ७४ मत र कमल दाहालले…
काठमाडौँ, १४ पुस । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपरको पुरस्कार जित्न सफल भएका छन् । माल्दिभ्सको टिसी स्पोटर्स क्लबलाई राष्ट्रिय लिग फुटबल जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण चेम्जोङले उक्त अवार्ड जित्न सफल भएको त्यहाँको फुटबल महासङ्घले जनाएको छ । तीन साताअघि माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो । किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए । क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जनाएको थियो । किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट माल्दिभ्सको ‘धिवेही प्रिमियर लिग’ खेलेका…
हिलिहाङ, १४ पुस । पूर्वी पहाडी जिल्ला पाँचथरको विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातबाट त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । पाँचथरको मेची राजमार्गअन्तर्गत पौवा भञ्याङ, राँके, लालीखर्क, कान्छीदोनकान लगायतका स्थानमा हिउँ परेको छ । त्यस क्षेत्रमा डेढ फिट बाक्लो हिउँ परेको छ । हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारीसाधन समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपातपछि चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धालाई बढी समस्या भएको छ । जिल्लाको माथिल्लो भेग मेमेङ, प्राङबुङ, सिदिनलगायतका स्थानमा समेत हिमपात भएको स्थानीयवासीले बताएका छन् । कहिल्यै हिउँ नपर्ने स्थान पाँचथरको घुर्विसे पञ्चमीमा समेत हिउँ…
झापा, १४ पौष । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–१ धर्मपुर चोकमा शुक्रवार बिरामी बोकेको एम्बुलेन्सलाई बसले ठक्कर दिँदा ५ जना घाइते भएका छन् । अपरान्ह पौने ५ बजे बिरामी बोकेर पश्चिम तर्फ जाँदै गरेको मे १ च ५१८३ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ६५८४ नम्बरको बसले ठक्कर दिएको थियो ।ठक्करबाट एम्बुलेन्सका चालक विराटनगर महानगरपालिका–४ बस्ने वर्ष ३५ को लाला उराव, अर्जुनधारा नगरपालिका–९ बस्ने बिरामी ४६ वर्षको चन्द्र बहादुर बस्नेत, एम्बुलेन्समा सवार सोही ठाउँकी ४० वर्षीय जानुका कुवँर, ३७ वर्षकी चेतन कुमारी गौतम र ३४ वर्षको ज्ञान बहादुर बस्नेत घाइते भएका हुन् । घाइते सवै जनालाई…
भद्रपुर, १४ पुस । नेपालको ६२ औं जिल्लाको रुपमा झापालाई शुक्रबार खुल्ला दिसामुक्त घोषणा गरिएको छ । प्रतिनिधि सभाका सभामुख डा. शिवमाया तुम्वाहाङफेले जिल्ला खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । प्रमुख अतिथि तुम्वाङफेसँगै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष मनोज घिमिरे र समारोहका विशिष्ट अतिथि प्रदेश सभा सदस्य राधा थापाले राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट जिल्ला खुल्ला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गर्नुभयो । सोही अवसरमा प्रमुख अतिथि तुम्वाहाङफेले जिल्ला खुल्ला दिसामुक्त घोषणाको अवसरमा निर्माण गरिएको स्मृति स्तम्भ अनावरण गर्नुभयो । खुल्ला दिसामुक्त अभियानको सिकाइ र राम्रा अभ्यासहरुको संग्रह ‘सरसफाइ गौरवयात्रा’ को समेत उहाँले विमोचन गर्नुभयो । १…
काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रवासमा रहेका नेपालीको हित र रक्षाको निम्ति विशेष कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । शुक्रबार पार्टीको प्रवास विभागद्वारा काठमाडौँमा आयोजित ‘मुलुकको आर्थिक समृद्धिमा प्रवासीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले प्रवासमा रहेको ठूलो जनशक्तिबाट मुलुकमा भित्रिने पैसालाई राष्ट्रको वृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने बताउनुभयो । अध्यक्ष थापाले मुलुकको आर्थिक समृद्धिमा प्रवासीको महत्वपूर्ण भूमिका रहेको भन्दै लाखाँै सिर्जनशिल नेपालीलाई मुलुकबाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो । नेपालको कूल आयको ३० प्रतिशत विप्रेषणको रुपमा देशमा भित्रीरहेको भन्दै नेपाली जनसङ्ख्या ठूलो हिस्सा विदेश पलायन हुनु तथा विप्रेषणको सही…
बनेपा, १४ पुस । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताउनुभएको छ । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उहाँले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताउनुभयो । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिनुभयो । “खटाएअनुसार जान तयार नहुने…