
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ पुस । प्रतिनिधिसभाको बैठकले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रतिनिधिसभाको आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री खनालले सांसदका जिज्ञासाको जवाफ दिँदै विधेयकमा विषादी व्यवस्थापनका लागि एकद्वार प्रणालीको व्यवस्था गरिएको बताउनुभयो । प्रस्तावमाथि नवराज सिलवाल, सञ्जयकुमार गौतम, नारायणप्रसाद खतिवडाले जिज्ञासा राख्नुका साथै थप गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभएको थियो । ‘नेपालको संविधान…
काठमाडौँ, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद गगनकुमार थापाले चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बहुमतबाट पारित गरेर शक्तिको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकपछि आज सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सरकारले उक्त विधेयक प्रतिवेदन बहुमतले पारित गरेर डा गोविन्द केसीसँग भएको सम्झौता र आम जनताको भावनाविरुद्धमा काम गरेको टिप्पणी गर्नुभयो । सांसद थापाले सरकारले केही मेडिकल व्यवसायीका लागि नागरिकको स्वास्थ्यसँग जोडिएको विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै यसबारेमा पुनःविचार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सुनसरी, २५ पौष । जबरजस्ती करणीको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईहटरी उप–महानगरपालिका–१० का २३ बर्षीय रमेश राई रहेका छन् । पक्राउ परेका राईले फेसबुक मार्फत चिनजान भएकी भोजपुर पावादुम्बाकी एक ३५ बर्षीया महिलालई जागीर लगाई दिन्छु भनि गत २० गते धरान बोलाएको र धरानमा भेटघाट गरी ईटहरी ल्याई ईटहरीकै एक होटलमा राखि २० गतेदेखि २४ गतेसम्म ज्यान मार्ने धम्की दिदै जबरजस्ती करणी गरेको भन्ने पिडितको जाहेरीको आधारमा निजलाई पक्राउ गरिएको हो । पक्राउ परेका राई उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
विराटनगर, २५ पुस । मदिरा व्यवसायी सङ्घ मोरङले वार्षिकोत्सवको अवसरमा पूर्वाञ्चल अनाथाश्रम विराटनगरका बालबालिकालाई आज खाना खुवाउनुका साथै कम्प्युटर, खेलकूदका सामग्री प्रदान गरी मनाएको छ । सो अवसरमा आश्रमका रहेका ८० बालबालिका, वृद्धवृद्धालाई खाजा, खाना खुवाउनुका साथै फूटबल र ब्याडमिण्टन प्रदान गरिएको छ । सङ्घको ११ औँ वार्षिकोत्सवको अवसरमा आज आश्रमको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा ६० जनाले एक÷एक पिण्ट रक्तदान गरेको सङ्घका अध्यक्ष अंशु बञ्जाराले बताउनुभयो । विगत वर्षमा होटल र पार्टी प्यालेसमा रमाइलो कार्यक्रम गरी मनाइने गरेकोमा यस वर्षदेखि समाजमा केही गरौँ भन्ने उद्देश्यले आश्रमलाई सहयोग गरी मनाइएको सङ्घका उपाध्यक्ष रमेश गिरीले बताउनुभयो । थोक तथा खुद्रा…
मङ्गलबारे, २५ पुस । इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताउनुभयो ।
काठमाडौँ, २५ पुस । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो । बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पु¥याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गरानुभयो ।…
तेह्रथुम, २५ पुस । तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङका खड्गबहादुर जोगीलाई नेपाल फर्काउन तेह्रथुम मलेसिया सम्पर्क मञ्चले रु चार लाख सहयोग गरेको छ । युएईमा जेल परेका खड्गलाई स्वदेश पर्काउन मञ्चले मलेसियामा सङ्कलन गरेकोे रु चार लाख रकम उनको परिवारलाई हस्तान्तरण गरेको हो । मञ्चले फेदाप गाउँपालिका–२ का वडाध्यक्ष गोविन्द मादेम्बामार्फत परिवारलाई सहयोग रकम उपलब्ध गराएको हो । अभियानमार्फत सङ्कलन गरेको रकम मञ्चको अनुरोधबमोजिम परिवारलाई उपलब्ध गराइएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उद्धव तिम्सिना, तीनजुरे सामुदायिक अध्ययन केन्द्र म्याङलुङका अध्यक्ष विपीन सुब्बालगायतले बोल्दै रोजगारीका लागि मलेसिया पुगेका तेह्रथुमे र नेपालीको स–सानो रकम जम्मा गरी सहयोगका लागि…
फिदिम, २५ पुस । पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । शिक्षा मन्त्रालयका उपसचिव विष्णु मिश्र सहितको टोलीले पाँचथरमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यताको खोजी गरेको हो । सम्भाव्यताबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय पाँचथरको समन्वयमा फिदिममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिबमोजिम पाँचथरको फिदिममा मेडिकल कलेज स्थापना गर्न उपयुक्त हुने निष्कर्ष निकालेको बैठकमा सहभागी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश कमिटीका सदस्य हर्कबहादुर नेम्वाङले बताउनुभयो । बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा…
उर्लाबारी, २५ पुस । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । मादक पदार्थ सेवन गरेर मङ्गलबार साँझ घर फर्कदै गर्दा लडेर पानी बगिरहेको पैनीमा खसेको प्रहरी नायब निरीक्षक रामकाजी कटवालले बताउनुभयो । शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।
बनियानी, २५ पुस । झापाको दुई स्थानमा आगलागी हुँदा रू १२ लाख बरारबको क्षति भएको छ । झापाको झापा गाउँपालिका–६ का ३५ वर्षीय बलराम मुर्मूको घरमा मंगलबार आगलागी हुँदा रू ३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मुर्मूको टाटीले बारेको फुसको छानो भएको घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, धनीपूर्जा र नगद रू २० हजार पूर्णरुपले जलेर नष्ट हुँदा करिब रू ३ लाख बराबर क्षति भएको छ । त्यस्तै, मेचीनगर–४ स्थित पाथिभरा टोलका राजकुमार माझीको टिनको छाना र टिनको बेरा भएको एकतले घरमा आगलागी हुँदा रू…