
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
प्रकाश धौलाकोटी तेह्रथुम, १५ पुस । निर्माणाधीन मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढ्दो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । लोकमार्गको ट्र्याक खोलेर धुले सडकमा सवारी गुड्ने थालेसँगै व्यवसायीले पर्यटक लक्ष्यित रिसोर्ट र होटलहरुमा लगानी गर्न थालेका हुन् । सडक आसपासका स–साना बजारहरुमा रहेका होटलहरुले समेत लगानी बढाएका छन् । राष्ट्रिय गौरवको आयोजना भएकाले कालान्तरमा ग्राहकको चाप बढ्ने सोचेर होटलमा लगानी बढाएको उनीहरु बताउँछन् । मध्य पहाडी लोकमार्गको करीव १३५ किलोमिटर खण्ड तेह्रथुममा मात्रै पर्छ । यो सडक आसपासका बस्तीहरुले समेत बजारको रुप लिने क्रम बढेको छ । सडक आसपासका मुख्य…
काठमाडौँ, १५ पुस । जिल्ला समन्वय समिति (जिसस) महासङ्घको आयोजना र जिसस सिन्धुपाल्चोकको मुख्य व्यवस्थापनमा सोमबारदेखि ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुँदैछ । ‘स्वच्छ नेपाल, स्वस्थ नेपाली’ भन्ने नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरे गुफाडाँडामा हुन लागेको सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनका लागि काठमाडौँबाट जाने अधिकांश सहभागी आज त्यसतर्फ प्रस्थान गरिसकेको आयोजना मूल व्यवस्थापन समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहकाबीच उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्रमा जननिर्वाचित सरकार बनेपछि सबै तहले जलवायु परिवर्तनबाट बच्न अनुकूलनको योजना बनाउने तयारी गरिरहँदा सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । सम्मेलनमा प्रस्तुत गरिने…
विराटनगर, १५ पुस । थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तिको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाएको छ । महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गरिने बताउनुभयो । विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको कक्ष रहने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवमा थारु जातिको वेशभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गरिने सभाका अध्यक्ष…
विराटनगर, १५ पुस । मोरङ–सुनसरी जिल्लाका दक्षिणसीमावर्ती क्षेत्रका जनतालाई आवातजावतमा सहज हुने हुलाकी मार्गको कालोपत्र गर्ने कार्य शुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको यस मार्गको मर्मतसम्भारका साथै व्यवस्थित बनाउन लागिएको छ । विराटनगरस्थित सडक डिभिजन कार्यालयले विराटनगर–रङ्गेली सडक तथा विराटनगर– देवागञ्ज सडकमा कालेपत्रे गर्ने काम शुरु गरिरहेको छ । विराटनगरबाट–रङ्गेली १२ किलोमिटर तथा विराटनगरबाट–सुनसरीको देवानगञ्ज १४ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम भइरहेको सडक कार्यालय विराटनगरका डिभिजन प्रमुुख शुुभराज न्यौपानेले बताउनुुभयो । विराटनगर रङ्गेली सडकमा मर्मतसम्भारसँगै कालोपत्रे गर्ने कार्यको शुुरु गरिएको प्रमुुख न्यौपानेको जानकारी दिनुभयो । रङ्गेली–विराटनगर सडक यही हप्ताभित्र कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ…
रुपन्देही, १५ पुस । नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रतिनिधिसभा सदस्य खाँणले संविधान र लोकतन्त्रप्रति कम्युनिष्ट नेतामा द्वैध मानसिकता रहेको आरोप लगाउनुभयो । निर्मला पन्तका हत्यारालाई तत्काल पत्ता लगाई सार्वजनिक गर्न नेता खाँणले माग गर्नुभयो । नेता खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो । काङ्ग्रेसभित्र व्यवस्थापन फितलो हुँदा मतभेद सिर्जना भएकाले व्यवस्थापकीय क्षमता बलियो बनाएर अगाडि बढ्न जरुरी रहेको औंँल्याउनुभयो ।
इलाम, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको बताउनुभएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याउनुभयो । “विकास र समृद्धि भनेको तत्काल देखिदैन, यो विस्तारै हुँदै जाने प्रक्रिया हो”, उहाँले भन्नुभयो । नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको दाबी गर्नुभयो । पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले लामो…
बनियानी, १५ पुस । झापाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले २२३ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ बाट पाँचथर घर भई दमक–६ मा डेरा गरी बस्ने ३६ वर्षीय संग्राम लिम्बूलाई शनिबार दिउँसो ३१ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । ‘लिम्बूसँग सोधपुछ गर्दा थप तीन जना पक्राउ परेका छन्’, उहाँले भन्नुभयो, ‘उनीहरुसँग पनि ठूलो परिमाणमा खैरो हिरोइन फेला परेको छ, थप अनुसन्धान गरिरहेका छौँ ।’ लिम्बूको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका–१० मा डेरा गरी बस्दै आएका ४२ वर्षीय भीमबहादुर…
सान नेपाल गौरादह, १५ पुस । गौरादह नगरपालिका भित्र अनियमितता र अन्योलता बढेको भन्दै नागरिक अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । नगरपालिका भित्र बेथिति बढेको भन्दै नागरिक तहबाट गठन गरिएको संघर्ष समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै वक्ताहरुले धारणा राखेका हुन् । उनीहरुले जनताले चुनेका प्रतिनिधीहरु लाई संकास्पद तरिकाले हेर्नु पर्दा दुःख लाग्ने गरेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै स्थानीय मोहन कृष्ण घिमिरेले पदिय मर्यादा र जनभावना कुल्चिएर अगााडी बढ्ने जनप्रतिनिधीको प्रयासले गौरादहलाई वर्षौ पछाडी धकेल्ने चिन्ता व्यक्त गरे । उनले भने– ‘सामाजिक सञ्जालमा गौरादहको व्यथिती भाइरल भएको छ, अनलाइन मिडिया र छापाहरुले गौरादह नगरपालिका भित्रको पर्दा उघारिदिएका…
काठमाडौँ, १५ पुस । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
काठमाडौँ, १५ पुस । नेकपा स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘हावी’ भएका छन् । बैठक पहिलो दिनदेखि समापनसम्मै दाहाल बलियो देखिए भने अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भने रक्षात्मक रुपमा प्रस्तुत भए । पार्टी एकताको दिन (जेठ ३) ओली–दाहाल दुवैले आफूलाई एउटै जेटका ‘जोर पाइलट’ घोषणा गरेका थिए । तर, एकतापछि २० मिनेटका दरले सबै स्थायी समिति सदस्यले बोल्ने समय पाएको पहिलो बैठकमा दाहाल एकछत्र ‘हावी’ देखिएको एक स्थायी समिति सदस्यले बताए । दुई धारबाट आएका नेताको प्रस्तुति, हाउभाउ शैली, अभिव्यक्ति एक–अर्को खेमाका नेताहरूलाई बुझ्ने सबैभन्दा महत्वपूर्ण अवसर थियो यो बैठक । तल्लो तहसम्मको एकता प्रक्रिया लम्बिएको, सरकारको…