
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं १७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ मा समृद्ध नेपाल र सुखी नेपालीको महाअभियान अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१९ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अर्को नयाँ वर्षको सङ्घारमा पुग्दासम्म जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने अभियान सार्थक विन्दुमा पुग्ने बताउनुभएको छ । प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ “ निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै मैले पटक पटक सङ्कल्प गरेको छु– जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन दिने छैन । सरकारको यस अभियानमा सम्पूर्ण पेशा, क्षेत्र, वर्ग र समुदायका दिदीबहिनी दाजुभाइको साथ रहनेछ…
इलाम, १७ पुस । मेचीका चार जिल्लाको पर्यटकीय स्थल र सांस्कृतिक विषयको प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ५ गतेदेखि शुरु भएको मेची पर्यटकीय क्षेत्र महोत्सव आज सम्पन्न भएको छ । महोत्सवको समापन अवसरमा प्रदेश नं १ का उपसभामुख सरस्वती पोख्रेलले पर्यटकीय स्थलको प्रवद्र्धन र प्रचारप्रसार गर्न सबै जुट्नुपर्ने बताउनुभयो । मेची क्षेत्र पर्यटन प्रवद्र्धन समितिका महासचिव देवी पौड्यालले आउँदा चार वर्षसम्म वर्षेनी मेचीका चार जिल्लामा हुने यो महोत्सव आउँदो वर्ष ताप्लेजुङमा गर्नेसमेत निर्णय भएको जानकारी दिनुभयो । महोत्सवमा नेवारी, राई, गुरुङ, लिम्बू तथा ब्राम्हण जातिका जातीय वेशभूषा र बाजागाजासहित पदयात्रा निकालिएको थियो । महोत्सवमा ताप्लेजुङबाट शेर्पा नाच, झापाबाट सन्थाल नाच,…
सान नेपाल गौरादह, १७ पुस । गौरादह नगरपालिकामा बेथिति र विसङ्गति बढेको भन्दै सरोकारवालाहरु सोको नियन्त्रण र नियमन गर्न हदैसम्मको उपाय अपनाउने प्रयत्नमा जुटेका छन् । जनप्रतिनिधिहरु आफू खुसी चलेको, कर्मचारीलाई जनप्रतिनिधिले नियन्त्रणमा राखेर काम गराउन असफल बनेको र कमाउ धन्दामा लागेको आरोप लगाउँदै आएका नागरिक अगुवाहरुले सोमबार नगरपालिकामा अल्टिमेटम सहितको माग पत्र बुझाएका छन् । सुशासनका लागि खबरदारी गर्ने उद्देश्यले संघर्ष समितिले अल्टिमेटमसहति माग पत्र बुझाएको हो । अनियमितता र अन्योलपूर्ण स्थितिले नगरपालिकालाई ठूलो चुनौती थपिएको संघर्ष समितिले जनाएको छ । नगरपालिकामा बुझाइएको माग पत्रमा जनस्तरबाट आएका गुनासा र सुझावहरुलाई समेत समावेश गरिएको संघर्ष समितिका अध्यक्ष राजकुमार दाहालले बताए…
बिर्तामोड, १७ पुस । बिर्तामोडको भद्रपुररोडमा सञ्चालित ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको आज भव्य शुभारम्भ हुँदैछ । फर्निचर सोरुमको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नेछन् । युवा व्यवसायी प्रनिल धिमालले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय फर्निचर उपलब्ध गराउने उद्देश्यले ‘सोफा इम्पेरीयम प्रिमियम’ सञ्चालनमा ल्याइएको बताए । सोरुम करिब रू १ करोड ४० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको हो । सो रुममा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकाले सबैलाई उपयुक्त हुने उनको भनाइ छ । न्यूनतम दुई हजार ५०० देखि १ लाख ५० हजार रुपैयासम्मका एलसेट सोफा, दराज, अफिस…
बनियानी, १७ पुस । झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा रू १४ लाख बराबरको क्षति भएको छ । झापाको बाह्रदर्शी गाउँपालिका–५ स्थित सातडिग्रीका बलबहादुर दर्जीको एक तल्ले कच्ची घरमा सोमबार आगलागी हुँदा करिब रू ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सर्ट भई दर्जीको घरमा सोमबार दिउँसो १ः३० बजे आगलागी भएको हो । आगलागी प्रहरी र स्थानीयबासीको सहयोगमा करिब २ः१५ बजे पूर्णरुपमा नियन्त्रणमा लिइएको कार्यालयले जनाएइको छ । त्यस्तै, कचनकवल गाउँपालिका–४ स्थित खुट्टामुनीमा ८ बिघा क्षेत्रफलमा लगाइएको धानको कुनिउमा सोमबार आगलागी हुँदा रू ६ लाख बराबरको क्षति…
यज्ञराज आङ्देम्बे दमक, १६ पुस । प्रदेश नं १ मा करिव २० लाख सङ्ख्यामा लियर्स र ब्रोेइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरूले जनाएका छन् । अण्डा उत्पादक व्यवसायी सङ्घ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यावसायिकरूपमा किसानहरूले पाल्दै आएका फार्महरूमा करिव २० लाख लिर्यस र ब्रोइसर्ल कुखुराहरू रहेका छन् । लियर्सको सङ्ख्या आठ लाख र ब्रोइलर्स करीब १२ लाख भएको सङ्घको अनुमान छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा पोल्ट्री फार्म अधिक रहेको र ती फार्ममा करिव २५ सय किसानहरू व्यावसायिकरूपमा आबद्ध रहेको सङ्घका प्रदेश संयोजक माधव पराजुलीले जानकारी दिनुभयो । ती फर्ममा किसान बाहेक करीब एक हजार बढीले प्रत्यक्ष…
बिर्तामोड, १६ पुस । मोरङको विराटनगरस्थित एक रेष्टुरेन्टबाट ल्यापटप चोरेर झापाको बिर्तामोडमा बेच्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कचनकवल–२ का ३० वर्षीय रविन नेपाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार सोनी कम्पनीको ल्यापटप विराटनगरस्थित महाराज रेष्टुरेन्टबाट चोरी गरी ल्याएको र बिर्तामोड–५ किरात चोकमा बिक्री गर्न लागिएको भन्ने गोप्य सूचनाका आधारमा ल्यापटप र स्पिकरसहित नेपाललाई पक्राउ गरिएको हो । थप अनुसन्धानको लागि बरामद सामानसहित नेपाललाई जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको प्रहरीले जनाएको छ ।
सान नेपाल गौरीगञ्ज, १६ पुस । गौरीगञ्ज गाउँपालिका भित्र सेवा गर्दै आएका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई गाउँपालिकाले साइकल वितरण गरिएको छ । गाउँपालिकाभित्र रहेका ४ वटा स्वास्थ्य केन्द्रका ४० जना महिला स्वयम्सेविकाहरुलाई एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले साइकल वितरण गरेका हुन् । गाउँपालिकाले स्वास्थ्य स्वयम्सेविकाहरुलाई जनही ७ हजार मूल्य बराबरको साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै अध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवामा स्वयम्सेविकाहरुले प्रभावकारी तवरले काम गर्न सकुन् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए । यसअघि स्वास्थ्य स्वयम्सेविकाहरु हिँडेरै सेवा पु¥याउने गरेका थिए । गाउँ–गाउँमा पैदल हिँडेर स्वास्थ्य सेवा पु¥याउन विभिन्न कठिनाई आउने भएकाले साइकल वितरण गरिएको गौरीगञ्ज गाउँपालिका…
विराटनगर, १६ पुस । पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गर्नुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटनलगायत कार्यक्रम हुने तय भएको उपकुलपति प्रा डा घनश्यामलाल दासले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ…
काठमाडौँ, १६ पुस । सर्वोच्च अदालतमा गाउँपालिका र नगरपालिकाको उपप्रमुखबाट न्यायाधीशले गर्नुपर्ने विवाद निरुपण गर्न नसक्ने उल्लेख गर्दै रिट निवदेन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायतलाई विपक्षी बनाई अधिवक्ता शिलु तिवारीले आज दायर गर्नुभएको रिट निवेदनमा न्यायिक समितिका संयोजकको न्यायाधीश बन्न कानूनबमोजिम योग्यता, क्षमता तथा स्वच्छ सुनुवाइको सिद्धान्तसमेत थाहा नभएको हुँदा वैकल्पिक उपाय खोज्न माग गरिएको छ । रिट निवेदनमा न्यायिक समितिका जनप्रतिनिधिलाई एक÷दुई दिन कानूनी तालीम दिने लिने भरमा न्यायाधीश स्वसरह भूमिका दिने गरी अत्यन्तै अदूरदर्शी र अपारदर्शी ढङ्गले नागरिकको सम्पत्ति जोखिममा पर्ने सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐन…