झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सरोज भट्टराईशिवसताक्षी, २९ फागुन । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न स्थानमा निर्माणको चरणमा रहेको ४ सडक कालो पत्रेको तयारी गरिएको छ । नगरको विनियोजित बजेटबाट निर्माण थालिएको चार सडक गरीजम्मा ४.५४ किमी सडक कालो पत्रेको तयारी गरिएको हो । जस अन्तर्गत शिवसताक्षीको दूधे – शिवगञ्ज ७५० मिटर सडक कालो पत्रेका तयारी गरिएको हो । सडकको सवबेस र बेसको काम सम्पन्न भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जुन सडक १० मिटर चौडा रहेको छ । शिवसताक्षी नगरपालिकाबाट भ्याट सहित १ करोड, १३ लाख ७१ हजार २५२ विनियोजत बजेटबाट सडक निर्माणको काम अघि बढाइएको हो । शिवसताक्षी नगरको दुधे शिवगञ्ज सडकलाई चौडा गर्ने…

Read More

काँकरभिट्टा, २९ फागुन । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १ मिनेट बित्न नपाउँदै युसुफ…

Read More

‘होस्टेल ३’ले घरेलु बक्स अफिसमा उत्साहजनक ब्यापार गरेको छ । प्रदर्शनको ६ दिनमा फिल्मको देशब्यापी कमाइ २ करोड २० लाख ग्रस रहेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ । रोचक के छ भने, बुधबार प्रमुख मल्टिप्लेक्सका रात्रीकालिन शो समेत लगभग शतप्रतिशत अकुपेन्सीसहित प्रदर्शन भैरहेका थिए । फागु पर्वको सार्वजनिक बिदाको दिनमा विहीबार पनि कलेक्सन राम्रो हुने देखिएको छ । पहिलो साता विहीबारसम्मको कलेक्सन साढे २ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । हलमा हेर्दा अधिकांश युवा दर्शक यो फिल्म हेर्न पुगेका छन् । डेढसय शोसहित शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो सप्ताहन्त पनि सुखद कमाइ गर्ने अनुमान…

Read More

काठमाडौं, २९ फागुन । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१र८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ । १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक…

Read More

बर्दिया, २९ फागुन । जङ्गली हात्तीको आक्रमणबाट बर्दियाको ठाकुरबाबामा एक जनाको ज्यान गएपछि उचित राहत तथा क्षतिपूर्तिको माग गर्दै बिहानदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग खुलेको छ । तत्काल काजकिरियाबापत केही रकम थप गरी दिने लगायतका मागमा सहमति भएपछि दिउँसोदेखि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गएराति १० बजेतिर निकुञ्ज भित्रबाट गाउँमा पसेको जङ्गली हात्तीको आक्रमणबाट ७१ वर्षीय बोलीराम थारुको ज्यान गएको थियो । घर नजिकै गहुँ खेतमा केही आवाज आएको थाहा पाएपछि हेर्न घरबाहिर निस्किएका थारुको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । उहाँकी श्रीमतीले भने भागेर ज्यान जोगाउन सफल हुनुभएको छ ।

Read More

काठमाडौँ, २९ फागुन । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए । “एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ”, उनले भने, “दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।” त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको एयर इण्डियाको जहाजले आजै सिमरा…

Read More

लीलाराज खड्काबिर्तामोड, २९ फागुन । झापाको जलथलको जङ्गलमा सडेगलेको अवस्थामा जङ्गली हात्ती फेला परेको छ । बुधबार साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको हो । जङ्गलमा मृत हात्तीलाई अन्य ३–४ वटा जङ्गली हात्तीले वरिपरि घेरेर राखेपछि बुधबार साँझ कोही पनि नजिक जान सकेका थिएनन् । बिहीबार डिभिजन वन कार्यालय, इलाका प्रहरी कार्यालय बनियानी लगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा हात्तीको शरीरको अधिकांश भाग कुहिसकेको अवस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताउनुभयो । हात्तीको दाराको टुप्पो काटिएको छ…

Read More

बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका घरधनीहरूलाई छतको पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको छ। पालिकाले एक सूचना जारी गर्दै छतको पानीका कारण सडक बिग्रने समस्या भएको भन्दै उक्त पानीको निकास व्यवस्थापन गर्न आग्रह गरेको हो । भित्री सडक खण्डमा घरधनीहरूले सडक मिचेर घर बनाउने र छतको पानी सडक बीचमै खसाल्दा सडक बिग्रने साथै पैदल यात्रु र सवारी साधनलाई समेत समस्या हुने गरेको छ । उक्त समस्या समाधान गर्न बिर्तामोड नगरपालिकाले बर्खा लाग्नु अगावै छतको पानीको निकास व्यवस्थापन गर्न घरधनीहरूलाई आग्रह गरेको हो।

Read More

काठमाडौँ, २८ फागुन । महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गन बुधबारको खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। युगान्डाको एन्टेबे क्रिकेट मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालविरुद्ध नामिबियाले ८ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। १२६ रनको लक्ष्य पछ्याएको नेपालले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो। नेपालका लागि साना प्रविनले सर्वाधिक ३१ रन बनाउनुभयो भने पूजा महतो, कप्तान इन्दु बर्मा र कविता जोशीले समान १५–१५ रन जोड्नुभयो। नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपाललाई सस्तैमा समेट्न युगान्डाका लागि इभिलुना केजारुकुआले दुई विकेट हात पार्नुभयो। यसअघि यास्मिन खानको उत्कृष्ट ब्याटिङसँगै…

Read More

विराटनगर, २८ फागुन । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोसी प्रदेशमा ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सुरु गरेको छ। ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित कोसी प्रदेश प्रहरी कार्यालयले सुरु गरेको अभियानको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बुधवार बिहान इटहरीमा शुभारम्भ गरे। विद्यालय स्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्य सहित प्रदेशका १४ वटै जिल्लामा यो अभियान अगाडि बढाइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी राजन अधिकारीले जानकारी दिए। ६ वर्षअघि सुनसरीबाट सुरु भएको दुर्व्यसन विरुद्धको अभियान बुधबारदेखि कोसी प्रदेशमा विस्तार गरिएको हो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समेटेर अघि बढाइएको यो अभियानलाई…

Read More