झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शशिधर पराजुलीविराटनगर, २८ फागुन । महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताहरूले तोडफोड गरी निर्वाचन कार्यालयमा आगो लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेर आगजनी गरेका थिए । निर्वाचन अधिकृतलाई कोठामा थुनेर आगो झोसेर बाहिरिएको विद्यार्थी समूहले उक्त कार्यालय कक्षमा तालाबन्दी गरिदिएका थिए । पछि प्रहरीले ताला फोडेर निर्वाचन अधिकृत अधिकारीलाई बाहिर निकालेको थियो । नेपाल विद्यार्थी सङ्घको तर्फबाट दुई फरक प्यानलले उम्मेदवारी दर्ता गराएको र निर्वाचन समितिले गलत पक्षलाई आधिकारिकता प्रदान गरेको भन्दै डा। शेखर कोइराला पक्षधर कार्यकर्ताहरूले स्ववियु निर्वाचन प्रयोजनका लागि स्थापना गरिएको कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् । स्वतन्त्र विधार्थी युनियन…

Read More

डा. दिपक ठाकुरपहिले हाम्रा पुर्खाहरू जङ्गलमा खाने कुराहरू सङ्कलन गरी र कहिले काहीँ शिकार गरेर आफ्नो जीवनयापन गर्थे। पछि मानव सभ्यताको विकास हुने क्रममा चामल, गहुँ, मकै जस्ता अन्नहरु पत्ता लाग्न थाल्यो । खानपान र काममा परिवर्तन हुन थाल्यो । जंगली कन्दमुल र शिकारमा निर्भर हाम्रा पूर्वजहरुको दैनिकी खेतीपातीमा केन्द्रीत हुन थाल्यो । खानपानमा भात, रोटी ढेडो हुन थाल्यो । जतिवेला जंगली कन्दमुल र शिकारमा निर्भर थियो त्यसबेला दाँत सम्वन्धि समस्या पनि थिएन वा दाँत माझ्ने आवश्यकता नै थिएन । तर अब खानपानमा बदलाव आएपछि दाँत सम्बन्धि समस्याहरू पनि देखिन थाल्यो । यी समस्याहरुको सभालाई रोक्न विभिन्न उपायहरुको खोजी हुन…

Read More

मुम्बई, २८ फागुन । औरंगजेबको दमन र संभाजी महाराजको वीरताको कथा भन्ने बलिउड फिल्म ‘छावा’ले भारतीय बक्सअफिसमा अहिले पनि उत्तिकै चर्चा बटुलिरहेको छ । प्रदर्शनको २६ औं दिनमा पनि फिल्मले करोडौंको ब्यापार गरिरहेको छ । ४ सातामा यसले नाफा कमाउने मामिलामा अल्लु अर्जुनको ‘पुष्पा २’लाई पनि उछिनेको छ । यद्यपि, यो फिल्म श्रद्धा कपुर स्टारर ‘स्त्री २’ भन्दा पछाडि अवश्य छ । विश्वभर ७०० करोड र भारतमा ५०० करोड क्लबमा प्रवेश गरेको विक्की कौशलको फिल्मको व्यापार वास्तवमै अकल्पनीय छ । लक्ष्मण उतेकर निर्देशित फिल्म सन् २०२५ को हालसम्मको घरेलु र विश्वव्यापी बक्सअफिसमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ ।…

Read More

काठमाडौं, २८ फागुन । युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला टोलीलाई पराजित गरेको थियो ।

Read More

ढाका, २८ फागुन । ढाकाको एक अदालतले मंगलबार पूर्व प्रधानमन्त्री शेख हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले शेख हसिनाका पति स्वर्गीय आणविक वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको सुदासाधन जफत गर्ने पनि आदेश दिएको हो । उनको परिवारको १२४ वटा बैंक खाता रोक्का गर्ने आदेश पनि दिइएको छ । यी बैंक खातामा कम्तीमा ६ अर्ब बंगलादेशी टाका जति भएको बताइएको छ । भ्रष्टाचार निवारण आयोग (एसीसी)को याचिकामा यो आदेश दिइएको हो । यसबाहेक, शेख हसिनाको उनका छोरा सजिब वाजेद जोय, छोरी साइमा वाजेद पुतुल, बहिनी शेख रेहाना र उनका छोरीहरू ट्युलिप सिद्दीकी र रदवान मुजीबुर…

Read More

वीरगन्ज, २८ फागुन । सर्लाही प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सर्लाही प्रहरीबाट खटिएको टोलीले जाँच गर्दा नेपाली नक्कली नोटसहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेका छ जनाबाट १ लाख ७६ नेपाली नक्कली नोट बरामद गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले बताए । प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवीलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरीको विशेष टोलीले बा ४७…

Read More

झापा, २८ फागुन । झापाको मेचीनगरमा जारी मेचीनगर गोल्डकप अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटरफाइनल खेलबाट मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आजको खेलसँगै जारी प्रतियोगिताको सेमिफाइनल संस्करण पुरा भएको छ । मच्छिन्द्रले जितमा १–० को संघर्षपूर्ण जित निकाल्यो । मच्छिन्द्रका लागि निर्णायक एक मात्र गोल विदेशी खेलाडी युसुफ मलिकले पहिलो हाफको अतिरिक्त समयमा गरेका थिए । उनले स्टेफन कामाहाको पासमा पेनाल्टी एरियाबाट गोल गरे । मच्छिन्द्रले दोस्रो सेमिफाइनल खेलमा चर्च व्वाइज युनाइटेडको सामना गर्नेछ । खेलको ११ औँ मिनेटमा मच्छिन्द्रका आदित्य शाक्यको क्रसमा स्टेफन कामाहाले गरेको हेडर बाहिरियो । खेलको ३५ औँ मिनेटमा मछिन्द्रका पुजन श्रेष्ठको फ्रिकिकलाई विदेशी…

Read More

चन्द्र बस्नेतकनकाई, २५ फागुन । पुर्वि नेपालकै प्रख्यात पवित्र कनकाई माई नदिको पुर्वि किनारमा रहेको कनकाई घाट संस्थाको १५ औं स्थापना दिवसको अवसरमा बृहत् सरसफाई गरिएको छ। फागुन २५ गते आईतवार बिहान संस्था स्थापना भएको १५ वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमका बीच कनकाई घाटको बृहत् सरसफाई गरिएको हो । आजभन्दा १४ वर्ष अघि २०६७ को फागुन २५ गतेका दिन संघसंस्था ऐन २०४९ अनुसार मुनाफारहित कनकाई घाट संस्थाको विधिवत रुपमा स्थापना भएको थियोे । सरसफाई पछि संस्थाका अध्यक्ष खेमनाथ मिश्रको अध्यक्षतामा भएको संक्षिप्त कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले कनकाई घाटको क्षेत्रलाई…

Read More

चन्द्र बस्नेतकनकाई ,२३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरपारेर झापाको कनकाई ३ सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। नेपाल महिला संघ कनकाई नगरको आयोजनामा दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ३ स्थित सुरुङ्गामा एक दिवसीय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो। . नेपाल महिला संघ कनकाईकी सभापति रेनुका उप्रेती (मैनाली ) को अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उप प्रमुख आशाशर्मा शिवाकोटी रहनुभएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले महिलाहरूका लागि अझै पनि जति अवसर पाउनुपर्ने हो त्यति पाउन…

Read More

चन्द्र बस्नेतकनकाई ,२३ फागुन । ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर झापाको कनकाई नगरपालिका वडा न.९ ले विविध सास्कृतिक कार्यक्रमका साथ जेष्ठ आमाहरूलाई सम्मान गरेको छ। यो वर्ष शनिबार अर्थात् भोलि ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस परेको छ। दिवसको पुर्व सन्द्यामा शुक्रबार कनकाई ९ स्थित वडा कार्यलय परिषरमा विविध सास्कृतिक कार्यक्रम सहित वडाका सबै आठ वटै टोलका एक-एक जना जेष्ठ आमाहरुलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा धनमाया न्यौपाने ,डुमोसरी राजबङ्शी ,बानसरी राजबङ्शी ,बुदिन मर्डी ,मनमाया मगर,तालामई हेमरम ,दुखनी चौधरी र रनमाया कार्की गरि टोलका ८ जना जेष्ठ आमाहरूलाई सम्मानित गरेको वडा सचीव जिसु मुर्मुले जानकारी दिनुभयो । कार्यपालिका सदस्य…

Read More