
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १५ भदौ । बिमस्टेक सम्मेलनमा आउने पाहुनालाई देखाउन ठाउँ ठाउँमा राखिएका ब्यानरमा प्रयोग भएका तस्बिर फोटो पत्रकारको अनुमतिबिनै प्रिन्ट गरेर टाँगेको छ । आफूले खिचेको फोटो अनुमति बिनै सडक छेवैको ब्यानरमा टाँसेको देखेपछि फोटो पत्रकारले त्यसबारे गुनासो गरेका छन् । उनीहरुले आफूले दुख गरेर खिचेको फोटो सरकारी निकायले अनुमतिबिनै प्रयोग गरेको आरोप लगाएका छन् । ुतीनकुने पार्कको वरिपरि केही कुमारीका तस्बिर राखिएका छन् । ती तस्बिर मैले खिचेको हुँ ।ु फोटो पत्रकार स्कन्द गौतमले ट्विटमा लेखेका छन् । ‘त्यो फोटो ब्यानरमा अचानक देख्दा छक्क परेँ ।’ अर्का फोटोग्राफर सुदन दोङले पनि आफूले खिचेको फोटो अनुमतिबिनै प्रयोग गरेको गुनासो गरेका…
काठमाडौं, १५ भदौ । चिकित्सकसँग भएको मौखिक सहमति अनुरुप सरकारले कानुन संशोधनन प्रक्रिया अघि नबढाएको भन्दै नेपाल चिकित्सक संघले आफ्ना सदस्य चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा एकमुष्ट बुझाउने तयारी गरेको छ । संघका महासचिव डा। लोचन कार्कीले चिकित्सकसँग गरेको सहमतिमा सरकार गम्भीर र इमानदार नदेखिएकाले लाइसेन्स बुझाउने निर्णय गर्नुपर्ने अवस्था आएको बताए । भदौ १ मै मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी गरेका चिकित्सकहरु कानुनमन्त्री भानुभक्त ढकालको आश्वासनपछि केही समयका लागि पर्खेका हुन् । उनीहरुले मुलुकी अपराध संहितामा संशोधन प्रक्रिया अघि बढाउन शुक्रबारसम्मको समय दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, १५ भदौ । अदुवा निकासीमा व्यवसायी नेपालभित्रै दोहोरो करको मारमा पर्न थालेका छन् । जिल्ला समन्वय समिति झापाले इलाममा उत्पादित भई भारत निर्यात हुन लागेको अदुवामा निकासी कर लगाउन थालेपछि व्यवसायीले मारमा परेको गुनासो गरेका छन् । करप्रति व्यवसायीले संविधानको उल्लङ्घन भन्दै आपत्ति जनाएका छन् । ‘संविधानको धारा २३६ ले निकासी करसम्बन्धी स्पष्ट व्याख्या गरको छ’, नेउवा महासंघ प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले भने, ‘कृषि वस्तुको निर्यातमा भन्सार विन्दुमै जिससले निकासी कर लगाएर व्यवसायीलाई निरास बनाएको छ ।’इलामबाट अदुवा भए पनि इलामकै जिल्ला समन्वय समितिले निकासी कर लिएको छैन । उच्च अदालत विराटनगरको इलामस्थित इजलासले संविधानको धारा २३६ को…
काठमाडौँ, १४ भदौ । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताको हितमा काम गर्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गर्नुभएको छ । काङ्ग्रेसबाट जितिएका नगरपालिकाका प्रमुख तथा उपप्रमुखको सम्मानमा आज साँझ दिनुभएको रात्रीभोजमा उहाँले भन्नुभयो, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा कमजोर हुन्छ, त्यसैले पार्टी बलियो हुने गरी जनअपेक्षाअनुसार काम गर्नुहोस् ।” महामन्त्री कोइरालाले जनताले प्रत्यक्ष अनुभव हुने काम गरेमात्र काङ्ग्रेसप्रति जनताको विश्वास बढ्ने पनि बताउनुभयो । काङ्ग्रेसले मुलुकभर १९१ वटा नगरपालिका प्रमुख तथा उपप्रमुखमा जित हासिल गरेको थियो । सो अवसरमा काङ्ग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रमुख सचेतक बालकृष्ण…
बनियानी, १४ भदौ । झापाको कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट एक बालिकाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीय छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । बालिकालाई आज घरमा सुतिरहेका अवस्थामा गोमन सर्पले डसेको र उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाइएको छ । पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत् विद्यार्थी थिइन् । बालिकाको मृत्यु भएपछि गाउँले आजै घर छेऊको जंगलमा रहेका उक्त सर्पलाई मारेका थिए ।
कञ्चनपुर, १४ भदौ । भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा आज भारतमा लुटिएका छन् । बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन् । “सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भन्नुभयो, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ ।” बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उहाँ घर पुग्नु भएको छ । भारतमा मृत्यु कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ का करिब २२ वर्षीय रनि साउदको भारत…
काठमाडौँ, १४ भदौ । बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताउनुभएको छ । जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वेपत्ता पारिएका पीडित परिवार र कानूनी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गरेर आफूलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताउनुभयो । साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले समृद्ध मुलुक बनाउने अभियान पूरा गर्नका लागि आफूहरुलाई न्याय दिनुपर्नेमा जोड दिदैं ‘‘हाम्रा आफन्तको अवस्था अझै अज्ञात रहेको छ, पीडितको मनमा खुशी छैन, जबसम्म हामीले न्याय पाउँदैनौँ तबसम्म मुलुकमा समृद्धि र दिगो विकास हुन सक्दैन’’ भन्नुभयो । ओखलढुङ्गाका एकराज…
ताप्लेजुङ, १४ भदौ । रेड स्टार झापा ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको फाइनलमा पुगेको छ । टाइबेकरमा ४–३ गोल अन्तरले राष्ट्रिय जागृति क्लब इटहरीलाई हराउँदै रेड स्टार झापा फाइनलमा पुगेको हो । निर्धारित र अतिरिक्त समयमासमेत १÷१ गोलको बराबरी भएपछि खेल टाइबेकरमा धकेलिएको थियो । रेड स्टारका लागि पदम लामा, विवेक पौडेल, भुषण लिम्बू र कर्ण लिम्बूले टाइबेकरमा गोल गरेका थिए । राष्ट्रिय जागृति क्लब इटहरीका लागि भने खेल क्याप्टेन रमेश राजवंशी, उमेश कार्की र रोमन लिम्बूले गोल गरे । यसअघि निर्धारित समयको छैटौँ मिनेटमा राष्ट्रिय जागृति क्लब इटहरीका लागि तीर्थ बस्नेतले गोल गरेका थिए भने दोस्रो हाफको ३९औँ मिनेटमा रेड…
विराटनगर, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताउनुभएको छ । प्रदेश नं १ स्तरीय ‘हिन्दूराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को विराटनगरमा आज शुभारम्भ गर्दै अध्यक्ष थापाले कुनै राजनीतिक क्रान्ति तथा आन्दोलनले नभई केही दलका नेताले व्यक्तिगत स्वार्थसिद्ध गर्न रातारात हिन्दूराष्ट्र हटाएर धर्म निरपेक्ष बनाएको आरोप लगाउनुभयो । हिन्दूराष्ट्र र सनातन धर्म नेपालीको पहिचान, एकताको आधार तथा राष्ट्रिय अस्तित्वको आधारस्तम्भ भएको उल्लेख गर्दै अध्यक्ष थापाले केन्द्रबाट शुरु भएको हिन्दूराष्ट्र पुनःस्थापना जनजागरण अभियान प्रदेश र जिल्ला हुँदै ७५३ वटै स्थानीय निकायमा सञ्चालन हुने बताउनुभयो । उहाँले राप्रपाकै नेतृत्वमा आन्दोलनले सफलता प्राप्त गरी हिन्दूराष्ट्र…
काठमाडौँ, १४ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गठनलाई दक्षिणपूर्व र दक्षिण एशियालाई जोड्ने सेतु बनाउनुपर्ने बताउनुभएको छ । चौथो बिम्स्टेक शिखर सम्मेलनको आज आयोजित विशेष समारोहमा शुभारम्भ गर्दै उहाँले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई बुद्ध र सगरमाथाको देशमा न्यानो अभिवादनका साथ स्वागत गर्नुभयो । विश्वको कूल जनसङ्ख्याको २२ प्रतिशत जनसङ्ख्याको प्रतिनिधित्व गर्ने बङ्गालको खाडी क्षेत्रका राष्ट्रका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्त, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएको बताउनुभयो । सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रमा समृद्ध प्राकृतिक सम्पदा र क्रियाशील जनसङ्ख्याबाट…