
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २७ मंसिर । एक वर्षअघि ललितपुरको गोदाजरी –१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रहरीले बुधवार गोदावरीमै पक्राउ गरेको हो । निर्मला पन्तको हत्या प्रकरणमा जस्तै यो घटनाको अनुसन्धानमा पनि प्रहरीले लापरबाही गरेको छ । बलात्कारपछि एक सातासम्म पीडित युवती अस्पतालको आइसियुमा बेहोस थिइन् । त्यसवेलामा प्रहरीले चासो नदिँदा महत्वपूर्ण प्रमाण नष्ट भइसकेका थिए । प्रहरी अनुसन्धान चलिरहेका वेला अदालतले आरोपीहरुलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । पछि डिएनएको रिपोर्ट अस्पष्ट आएको प्रहरी अधिकारीहरु बताउँछन् । आजको…
सिन्धुलीपाल्चोक, २७ मंसिर । सिन्धुलीपाल्चोक जिल्ला अदालतले बृद्ध हजुरआमालाई खान लाउन नदिई कुटपिट गरेको कसुरमा नाति र नातिनि बुहारीलाई कैद, जरिवाना र क्षतिपुर्ति सजायको फैसला सुनाएको छ । जिल्ला न्यायधीश टीकाराम आचार्यको इजलासले चौतारा साँगाचोकगढी नगरपालिका १२ साँगाचोकका ३० बर्षीय विक्रम गिरी र उनकी श्रीमती ३५ बर्षीया विष्णु गिरीलाई घरेलु हिंसा मुद्धामा जनही दुई महिना कैद र २० हजार रुपैयाँ जरिवना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार दुवैले हजुरआमार्ला ५० हजार रुपैयाँको दरले क्षतिपुर्तिसमेत दिनुपर्ने छ, अदालतका स्रेस्तादार लेखनाथ पौडेलले भने, आफुलाई नाति तथा नातिनी बुहारीले खान लाउन नदिने, हेला तथा कुटपिट गर्ने गरेको भन्दै ७८ बर्षीया राधाकुमारी गिरीले…
काठमाडौँ, २७ मंसिर । मुलुक विखण्डनको अजेन्डा बोक्ने सिके राउत र विध्वंस्तामक कार्यमा संलग्न भएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रति सरकार कडा देखिएको छ । राजनीतिक आवरणमा छाड्न नमिल्ने भन्दै धमाधम पक्राउ र मुद्धा चलाउन थालेपछि मुलुकका शान्ति र अमनचयन कामय भएको सरकारको निष्कर्ष रहेको छ । विगतमा कमजोर मुद्धा बनाएर अदालतमा लाने र बन्दी प्रत्यक्षीकरण छुट्दै आएका राउत पछिल्लोपटक हिरासतमा फर्किनु परेको छ भने उनका ९४ जना कार्यकर्ता पक्राउ गरी अनुसन्धानमा राखिएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौँ, २७ मंसिर । सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले आफ्नो प्रतिनिधित्व र सहमतिबिना लागू गरे मान्य नहुने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
गणेश अर्याल प्रदेश–१ का लागि कुनै नौलो नाम होइन । ३३ वर्षीय युवा अर्याल झापाको बिर्तामोड नगरपालिकाका कार्यरत इन्जिनियर हुन् । पाँचथरमा जन्मी, हुर्केका अर्यालले नेपाल इन्जिनिययरिङ पुलचोक कलेजबाट बिइ र मास्टर इस्टक्चरबाट गरेका छन् । अर्यालले बिर्तामोड नगरपालिकामा प्रविधिमैत्री बनाउन अनलाइन प्रणालीबाट घर नक्साको इजाजत दिने कार्य सुरु गरेसँगै स्थानीय क्षेत्रमा लोकप्रिय मानिएका छन् । नेपाल इन्जिनियर्स एशोसियशन (नेइए) को ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहले बाजी मार्ने पक्कापक्की भएको दाबी गर्दै आएको छ । इन्जिनियहरुले चुनावी प्रचारलाई तिव्रता दिएसँगै प्रगतिशिल समूहको जित सुनिश्चित भएको प्रगतिशिल समूहले दाबी गरेका हुन् । नेपाल इन्जिनियर्स एशोसियशन केन्द्रमा अहिले ३२…
भद्रपुर, २६ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टा बस टर्मिनल परिसरमा निर्माण गर्न लागिएको ‘वाटर फाउण्टेन’ पार्कको आज शिलान्यास गरिएको छ । बसपार्क सौन्दर्यकरणअन्तर्गत मेचीनगर–६ नम्बर वडाको रु १५ लाख , काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको रु चार लाख ५० हजार र जनसहभागिताबाट रु दुई लाख १६ हजारको आर्थिक सहयोगमा रु २१ लाखको लागतमा वाटर फाउण्टेन पार्क निर्माण हुन लागेको हो । आगामी दुई महीनाभित्र उपभोक्ता समितिमार्फत निर्माण कार्य सम्पन्न हुने पार्कमा पानीका फोहोरा, बगैँचा तथा लाइटिङको व्यवस्था गरिने समितिका अध्यक्ष राजु कार्कीले बताउनुभयो । पार्कको शिलान्यास सोही वडाका वडाध्यक्ष ललित तामाङले गर्नुभएको थियो । उहाँले पूर्वी नाका काँकडभिट्टाबाट…
मङ्गलबारे, २६ मङ्सिर । इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । सलकपुर खानेपानी तथा सरसफाइ योजनामा कार्यरत योञ्जनको कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लािग निकै लाभदायी मानिन्छ । केराको प्र्रा्चिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो । यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ सय देशमा उत्पादन हुन्छ र केराको रुख फाइबर बनाउन प्रयोग गरिन्छ भने फल वाइन बनाउन पनि प्र्रयोग गरिन्छ । कतै–कतै गहना बनाउन पनि प्रयोग गरिन्छ । पोषक तत्वको भण्डार: यसमा भिटामिन र खनिज प्रच्ुर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड…
बलिउडमा बेलाबेलामा दक्षिण भारतीइ फिल्मका हिरोइनहरु आउने गर्छन् । तापसी पन्नु, इलियाना डिक्रुज, असिन, भूमिका चावला, काजल अग्रवाल जस्ता हिरोइनहरु बलिउडमा आइसकेका छन् । यी हिरोइनहरु केही सफल रहे केही असफल भए । केही बलिउडबाट डेब्यू गरेका हिरोइन साउथमा गएर हिट भए । अहिले ६ दक्षिण भारतीय हिरोइन बलिउड भित्रिने तयारीमा छन् । आउनुहोस् जानौं को–को आउँदैछन् बलिउडमा ? १. नित्या मेननः निर्देशक आर बाल्की अन्तरिक्षको कथामा आधारित फिल्म मिशन मंगल बनाउँदैछन् । फिल्ममा अक्षय कुमार मुख्य भूमिकामा देखिँदैछन् । यो फिल्ममा शरमन जोशी, तापसी पन्नु, किर्ति कुल्हरी, विद्या बालन, सोनाक्षी सिन्हाको पनि अहम रोल हुनेछ । यही फिल्मबाट दक्षिण…
काठमाडौं, २६ मंसिर । प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न बुधबार विहान नौ बजे बोलाइएको संवैधानिक परिषदको बैठक प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि बस्न सकेन। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण अगामी पुस १७ गते अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले बुधबार विहान परिषदको बैठक बोलाएका थिए। तर कुनै जानकारी नदिइ एक्कासी बैठक बोलाएको भन्दै प्रतिपक्ष दलका नेता देउवा बैठकमा सहभागी नभएपछि परिषदको बैठक बस्न नसकेको हो। बैठक बिहीबार विहान नौ बजे बस्ने गरी सारिएको हो। यसअघि मंगलबार ११ बजेलाई बोलाइएको बैठक मंगलबार साँझ ५ बजे बस्ने गरे स्थगित गरिएको थियो. तर कार्यव्यवस्तताका कारण…