झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सान नेपाल गौरादह, १ पुस । नेपाल आइडल सिजन २ मा भाग लिएका प्रतिस्पर्धीहरुलाई हराउदै अस्मिता अधिकारी उत्कृष्ट ४ मा पर्न सफल भएकी छिन् । झापा जिल्लाको दक्षिण पश्चिम भागमा रहेको कमल गाउँपालिका वार्ड नं. ७ मा वाल्यकाल बिताएकी अस्मिता अधिकारीको विजय यात्रा कायमै रहेको छ । वाल्यकाल देखिनै सुमधुर स्वरकी धनि अस्मिता अधिकारीले गायन क्षेत्रमा उत्कृष्ट कला पर्दशन गर्दै आएकी छिन् । गायन क्षेत्रमा प्रतिस्पर्धीहरुलाई पछि पार्दै उत्कृष्ट ४ मा प्रवेश गर्न सफल भएकी छिन् । मंंसिर २७ गते साँझ उनले नेपाल आइडलमा गाएको गित निकै चर्चित वन्न पुग्यो । आइडलमा भोटिङ गर्न सुरु भए संगै जनलहर तिब्र रुपमा…

Read More

बेझाड (पाल्पा), १ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताउनुभएको छ । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उहाँको भनाइ थियो । पाल्पाको रामपुरमा आज रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्नुहुदै अध्यक्ष प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले यस विद्यालयमा सबैको माग आङ्गिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने बचन दिनुभयो । अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल…

Read More

काठमाडौं, १ पुस । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलन गर्ने भएको हो । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीलेउ राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे । अध्यक्ष किरातीले पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशनको तयारी गरेको र महाअधिबेशनका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।

Read More

विराटनगर, १ पुस । श्री तारिणीप्रसाद कोइराला सञ्चारग्रामलाई कला, संस्कृति, सङ्गीत, साहित्य र सञ्चारको संरक्षण, सम्वद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकास गरिने भएको छ । विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चारग्रामका विषयमा रेडियो नेपालद्वारा आज  आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश नं १ को प्रशारण इकाइ पनि रहने बताउनुभयो । सञ्चारकर्मीको तालीम, ध्वनी रेकर्डिङ जस्ता थुप्रै कार्य सञ्चालन हुने यो ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्ने छ । सञ्चारग्रामका लागि विराटनगर महानगरपालिकाले उपलब्ध गराएको छ कठ्ठा १८ धुर जग्गामा चार तले स्टिलको अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । कूल…

Read More

काठमाडौँ, १ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ । स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताउनुभयो । निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या समाधान हुने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिनुभयो । मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या समाधानका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी…

Read More

२०१८ वर्ष हिन्दी फिल्म उद्योगका लागि राम्रो रह्यो । हरेक महिना एक न एक १०० करोडको फिल्म रिलिज भए । यो वर्ष ११२ वटा हिन्दी फिल्म रिलिज भए । र सिम्बा र जिरो पनि रिलिज हुने तयारीमा छन् । यी दुई फिल्म यो वर्षका अन्तिम ठूला फिल्म हुन् । जनवरीमा ८ फिल्म रिलिज भएका थिए । १९२१, कलाकंदी, मुक्केबाज, माय बर्थडे संग, भोड्का डायरीज, निर्दोष, यूनीयर लिडर र पद्मावत जनवरीमा रिलिज भएका थिए । फेब्रुअरीमा वे इन्डियाका शेक्सपीयर, प्याडमेन, लव पर स्क्वेर फुट, अय्यारी, कुछ भीगे अल्फाज, जाने क्यूँ दे रायोँ, सोनू के टीटू की स्वीटी, वेलकम टू न्यूयोर्क र…

Read More

काठमाडौं, १ पुस । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाएका छन् । दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने पनि स्पष्ट पारे । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोडन् नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई…

Read More

काठमाडौँ, १ पुस । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी…

Read More

बनियानी, १ पुस । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । सर्वपक्षीय बैठकपछि निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो । निर्णय कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

Read More

काठमाडौँ, १ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ । यसको क्षमता छ –१८ जनाको । घुस लिने कर्मचारी बढेपछि यो ‘हाउसफुल’ छ । यहाँ अहिले ३३ जना छन् । विगतको तुलनामा यो संख्या अत्याधिक हो । पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’ लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Read More