
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, ३ पुस । भदौ १ गतेबाट लागू भएको अपराध संहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी वकिलहरुको राष्ट्रिय भेला हुने भएको छ । नयाँ अपराध संहिताको कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यले यही पुस ८ गते काठमाडौँमा भेला आयोजना गर्न लागिएको झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा ल्याइएको उक्त संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला आयोजना हुन हुनलागेको हो । उहाँका अनुसार भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । “भेलाबाट सरकारी वकिलको क्षमता अभिवृद्धि हुने विश्वास छ,” न्यायाधिवक्ता पन्तले भन्नुभयो, “यसले वस्तुनिष्ठ न्याय सम्पादन गर्न सहज बनाउने छ ।” भेलामा देशभरका चारसय सरकारी वकिलका…
चिप्लेढुङ्गा, ३ पुस । पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ । प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसँग स्वीकृति माग गर्ने निर्णय गरेको छ । काठमाडौंँपछि धेरै पर्यटक पोखरामा भित्रिने गरेको बताइएको छ । यसैगरी प्रदेशमा अन्तरराष्ट्रिय खेल मैदान बनाउन चाइना रेलवे १४ औँ ब्युरो ग्रुप लिमिटेडले आशय…
सन्तोष शर्मा बनियानी, ३ पुस । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताउनुभयो । “पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।” आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उहाँले बताउनुभयो । नेपाल कुखुरापालक सङ्घ…
काठमाडौँ,३ पुस । सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ । खेलको तेस्रो मिनेटमा आशिष लामाले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । एपिएफका युवराज खड्काको पासमा लामाले गोल गरेका थिए ।त्यस्तै खेलेको पहिलो हाफको १२ औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । उनले श्याम नेपालीको पासमा हेडिङ मार्फत गोल गरेका थिए । खेलको पहिलो…
बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको के ख्याल गर्नु मस्ती गर्ने हो भन्ने पनि लाग्न सक्छ । तर बाटो हिँड्दा होस् वा कतै बस्दा के भैरहेको भन्ने थाहा पाउनुपर्छ । आफ्नो वरिपरि के भैरहेको छ भन्ने थाहा नहुँदा दुर्घटनामा पर्ने संभावना रहन्छ । त्यो गाडी दुर्घटना पनि हुन सक्छ, अरु हिंसा सम्बन्धी दुर्घटना पनि हुन सक्छ । त्यसैले हिँड्दा ख्याल गर्नुहोस्, कोही व्यक्ति तपाईको पछि लागेको त छैन ? साना…
काठमाडौं, ३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले पार्टीलाई राजनीतिक, वैचारिक र सांगठनिक रुपमा एकतावद्ध बनाउन पार्टी नेतृत्वसँग माग गरेका छन् । केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको मंगलबारको बैठकमा पनि नेताहरुले पार्टीका सबै निकायहरुको एकीकरणको काम सम्पन्न गर्न ढिलाई भएकोमा पार्टी नेतृत्वको आलोचना पनि गरेका थिए । उनीहरुले सरकारले जनअपेक्षाअनुसार पनि काम गर्न नसकेको भन्दै गुनासो पनि गरे । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकमा पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि मंगलबारको बैठकमा ८ जना नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रममा पार्टीलाई वैचारिक, राजनीतिक तथा सांगठनिक रुपले पनि एकतावद्ध बनाउन ढिलाई नगर्न नेतृत्वको गम्भीर ध्यानाकर्षण…
धनुषा, ३ पुस । गणेशमान चारनाथ नगरपालिका ५ सढियामा सात वर्षीया बालिकामाथि बलात्कार भएको छ । घरमै रहेकी बालिकालाई सोमबार राति १० बजे स्थानीय २५ वर्षका रोशन बस्नेतले चकलेट दिने बहानामा घरबाट पर उखुघारीमा लागि बलात्कार गरेको प्रहरीले जनाएको छ । बालत्कृत बालिकाको अवस्था गम्भीर भएपछि स्थानीय स्तरमा उपचार सम्भव नहुँदा थप उपचारको लागि राति नै वीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । उहाँका अनुसार बलात्कार गर्ने युवक बस्नेतलाई राति नै पक्राउ गरी मेडिकल परीक्षणको लागि बालिकासँगै धरान पठाइएको छ । यसरी भयो घटना स्थानीयका अनुसार बलात्कृत बालिकाकी आमा दृष्टिविहीन…
‘कागजपत्र’को निर्माण टिमले यो चलचित्रको प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र चैत्रको ८ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति तय गर्दै यसको फस्टलुक पनि सार्वजनिक गरिएको हो । चलचित्रको सार्वजनिक पोष्टरमा मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई स्थान दिइएको छ । इपी इजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्रलाई अपिल बिष्टले लेखन तथा निर्देशन गरेका हुन् । सामाजिक कथामा तयार भएको यो चलचित्रले दर्शकलाई मनोरञ्जन दिने निर्देशक बिष्टले बताए । निर्देशक बिष्टको डेब्यू चलचित्र बक्स अफिसमा असफल भएकाले पनि उनका लागि ‘कागजपत्र’ विशेष छ ।
काठमाडौं, ३ पुस । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि आज ललितपुर प्याट्रिएटस र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुँदैछ । टियु क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहेका छन् । ललितपुर लिग चरणमा शीर्ष स्थानमा रहँदा लिगको दोस्रो स्थानमा रहँदै काठमाडौंले क्वालिफायर्स राउण्डमा स्थान बनाएको थियो । लिग चरणको खेलमा भने ललितपुरले काठमाडौंलाई १० विकेटले पराजित गरेको थियो । यही जितलाई निरन्तरता दिने लक्ष्यमा ललितपुर छ । काठमाडौं भने हारको बदला लिने दाउमा रहेको छ । यो राउण्डमा जित्ने टिम फाइनल प्रवेश गर्ने छ भने पराजित टिमले…
काठमाडौं, ३ पुस । पूर्व प्रधानमन्त्री डा. तुल्सी गिरीको निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पिडित गिरीको आफ्नै निवास बुढालिकण्ठमा निधन भएको हो । ९३ वर्षका गिरी राजाको शाषनको समयमा मन्त्रीपरिषदको उपाध्यक्ष समेत बनेका थिए । नेपाली कांग्रेसबाट राजनीति सूरु गरेक गिरी राजा महेन्द्रसँग सम्बन्ध बनाई पंचायत प्रवेश गरेका थिए । पंचायती व्यवस्थाका हार्डलाईनरका रुपमा चिनिएका गिरी ०३६ सालमा राजा महेन्द्रले गराएको जनमत संग्रहमा असहमति राख्दै ज्ञानेन्द्रले सत्ता हातमा नलिएसम्म श्रीलंका बसे । २ छोरा र २ छोरीका पिता गिरी जिवनभर पंच भएर बाँचे ।